काठमाडौं १५ असार- प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा आर्मीकी सुमित्रा बिक र एपीएप्ःकी नन्जा बुढामगर सेमिफाईालमा प्रबेश गरेका छन्।
प्रतियोगिताको तेश्रो दिन महिला ४८ केजीको क्वाटरफाईनल खेलमा सुमित्राले झापाकी रोशिना लिम्बुलाई तथा नन्जाले नक्शालकी सुस्मा तामाङलाई हराउदै सेमिफाईनलमा स्थान पक्का गरेका छन्।
४८ केजी तौल समूहमा अल्फाकी बिमला थापामगरले बाकेकी रिता दरलालाई तथा एपीएफकी साबित्री तामाङले भक्तपुरकी अस्मिता दुवाललाई हराउदै सेमिफाइनलमा स्थान बनाका छन्।
महिला ५१ केजी तौलसमूहमा आर्मीकी आरती तामाङ,गिताकुमारी थापा,एपीएफकी माला राई र मकवानपुरकी सन्जुमाया थिङले सेमिफाईनलमा स्थान बनाएका हुन।
महिला ५४ केजीमा आर्मीकी मिनु गुरुङ र एपीएफकी निता गोसाईले अन्तिम चारमा स्थान बनाएका छन्।
त्यस्तै महिला ५७ केजीमा नक्शालकी कुसुम तामाङले सेमिफाईनलमा स्थान बनाईन्।महिला ६४ केजीतर्फ आर्मीकी बिनिता थापामगरले सेमिफाईनलको यात्रा तय गरिन् ।
लैनचौरस्थित राष्ट्रिय टेवलटेनिस प्रशिक्षण केन्द्रको हलमा जारी प्रतियोगिताको पुरुष ४९ केजीमा आर्मीका शुशिल थापा,एपीएफका आस तामाङ,प्रदिप महर्जन र कास्कीका बिष्णु गौतम सेमिफाईनलमा प्रबेश गरेका छन्।
पुरुष ५२ केजीमा चितवानका ओम परियार,आर्मीका बिकास राई,डोलबहादुर चौधरी र एपीएफका बिकास परियारले अन्तिम चारमा स्थान बनाए । पुरुष ५६ केजीमा झापाका जितेन्द्र राई,सुरेन्द्र राई,कास्कीका दिनेश बानिया र एपीएफका पुरन राईले सेमिफाईनलमा स्थान पक्का गरेका छन्।
पुरुष ६० केजीमा कन्चनपुरका रामवहादुर थापा,झापाका प्रकाश लिम्बु इजम,आर्मीका दानवहादुर दलामी र नक्शालकी किशोर शर्माले सेमिफाईनलमा स्थान बनाएका छन्।
पुरुष ६४ केजीमा आर्मीका नरेश थापा,बुद्धिसगर गुरुङ,एपीएफका सोनम कार्की र झापाका अभिनय राईले अन्तिम चारमा स्थान पक्का गरेका छन्।
पुरुष ६९ केजीमा आर्मीका रबि सुनार,सन्जित ब्यान्जु,काठमाण्डौका सरियान्स प्रजापति र कास्कीका हेमराज राउतले सेमिफाईनलमा स्थान बनाएका छन्।
पुरुष ७५ केजीमा बानुजका कौशलजंग थापा,आर्मीका लाल आलेमागर,किरणराज शाही र झापाका प्रेम गुरुङले सेमिफाईलमा स्थान बनाएका छन्।
पुरुष ८१ केजीमा कास्कीका दिपक सुनुवार,टिकाथलीका रबिन्द्र धिमिरे र आर्मीका भुपेन्द्र सिंहले अन्तिम चारमा स्थान पक्का गरेका छन् ।