Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विचार/अन्तर्वार्ता
  • Home
  • विचार/अन्तर्वार्ता
  • साग गेमको लागि भारत र पाकिस्तानलाई मनाएरै छोड्छौं : सदस्य–सचिव
2076-04-19 साग गेमको लागि भारत र पाकिस्तानलाई मनाएरै छोड्छौं : सदस्य–सचिव
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-04-19
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

नेपालमा १३औँ साग खेलको तोकिएको समय नै तीन पटक सरिसकेको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने १२औँ साग खेल भारतमा भएको थियो भने अहिले नेपालमा हुन लागेको अफगानिस्तानसहित आठ वटा देशका करिब एक हजार खेलाडीले २७ विधाका लागि प्रतिस्पर्धा गर्ने १३औँ साग खेल हुने/नहुनेमा चौतर्फि आशंका गरिँदै आइएको छ । गोल्डेनगेट कलेजका सञ्चालक तथा निजी विद्यालयको छाता संगठन हिसानका अध्यक्षसमेत रहेका रमेश सिलवाल भर्खरै मात्रै राष्ट्रिय खेलकुद परिषद्(राखेप)को सदस्य सचिवमा नियुक्त भएका हुन् । नियुक्त भए लगत्तै उनले नजिकिदै गरेको नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) तोकिएकै समयमा हुने दाबी गर्दै आएका छन् । आगामी डिसेम्बर १ देखि १० सम्म हुने यो खेल राखेपको १८औँ सदस्य सचिव बनेका सिलवालले सोहि समयमा हुने गरी तयारी भइरहेको बताएका छन् । सोहि विषयलाई लिएर उनै सदस्य सचिव सिलवालसँग नेपाल खेलकुद मञ्च मासिक पत्रिकाले गरेको छोटो कुराकानीः—

 तपाईंले यो चार महिनाको अवधिभित्रै साग खेल गरेरै छोड्छु भन्नु भएको छ, हुन्छ त ?

यसमा शंका छैन । हामीले तीन चोटी साग गेम सारिसक्यौं, अब चौथो चोटी सार्नु हुँदैन । किनभने यो राष्ट्रको इज्जत, प्रतिष्ठासँग गासिएको विषय वस्तु हो । त्यसैले यसमा अब हामीले क्यालेन्डर बनाएर काम गर्छौ र गर्न शुरु गरिसकेका छौं । साग गेमका लागि मूल चुनौती भनेको हाम्रो पूर्वाधार निर्माणलाई चुस्त दुरुस्त राख्ने र खेलाडीहरुलाई तयार बनाउने हो । खेलाडीहरुलाई तयार बनाउने कामको शुरुवात भइसकेको छ, कोचिङ्गहरुको पहिलो फेज सकिइसकेको छ । जस्तोः इन्डिभिज्यूएल २७ मध्ये १९ वटा गेमको भइराखेको छ, बाँकी आठ गेमको यहि साउनको पहिलो हप्ताबाट शुरु हुन्छ । साग खेल सम्बन्धमा हामीले संघ, कोच, संघका अध्यक्ष, महासचिव र चिफ कोचसँग बसेर सामुहिक रुपमा छलफल गरेका छौं । अब हामी व्यक्तिगत संघहरुसँग बसेर एउटा योजना बनाएर यसलाई कार्यान्वयनमा लैजान्छौं । समस्या भनेको आधारभूत संरचनाहरु पूरा गर्नेमा हो । झट्ट हेर्दा चार महिना थोरै समय छ । वर्षा, दशैं, तिहार आदि इत्यादि छ हुन्छ, तर रातदिन गरेर भएपनि हामीले त्यसलाई पूरा गर्छौ ।

 त्यसो भए सागको लागि आधारभूत संरचनाको काम शुरु भइसकेको छ ?

भैसकेको छ, क्यालेण्डर बनाएर काम शुरु भएको छ । कात्तिक १५ गतेसम्ममा आधारभूत संरचनाका काम गरिसक्ने मेरो लक्ष्य छ । अर्को भनेको व्यवस्थापन हो, तर खेलकुदको लागि आधारभूत संरचना नै बनेन भने त अरु पार्ट हेरेर केहि महत्व भएन ।


 तपाईंले आफ्नो चार वर्षे कार्यकालमा खेल क्षेत्रमा के के गर्ने सोच बनाउनु भएको छ ?

तत्काल गर्ने काम दुई वटा छन् । सागको तयारी र सागलाई भव्यताका साथ सफलतापूर्वक सम्पन्न गर्ने । अर्को, नवौं राष्ट्रिय खेलकुदको तयारी हो । यि प्रतियोगिताको मूलतः तयारी तत्कालै गर्नुपर्ने मेरो काम हो । नवौं राष्ट्रिय खेलकुद हामीले गण्डकी प्रदेशमा गर्ने भनेका छौं । त्यही अनुसार आधारभूत संरचनाहरु अहिलेदेखि गर्छौ । मैले भनेको छु, अब नवौं राष्ट्रिय खेलकुद गर्नुभन्दा तीन महिना अगाडि सम्पूर्ण आधारभूत संरचनाहरु तयार भएको हुनुपर्छ । भोलि गेम हुँदैछ अथवा भोलि उद्घाटन समारोह हुँदैछ तर आजसम्म नटबल्टु कसिरहेको अवस्था छ भन्ने किसिमको काम मेरो कार्यकालमा हुँदैन । मर्मत सम्भार लगायतका काम शुरुमै गर्नुपर्छ र पूरा हुन्छ पनि । खेलकुदसँग सम्बन्धित विषयमा धेरै गर्न बाँकी छ । खेलाडी, खेल, प्रशिक्षकहरुलाई अथवा खेलकुद क्षेत्रमा लागेका चाहे कर्मचारीहरु हुन् या खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु उनीहरुको सम्मान कसरी बढाउने, खेलकुदलाई उत्पादक क्षेत्र कसरी बनाउने भन्ने चुनौतीलाई समाधान गर्ने छु । अहिले हाम्रो खेलाडी, प्रशिक्षकहरुमा जुन किसिमको उर्जा हुनुपर्ने, त्यो उर्जा छैन । धेरैजसोलाई मेरो जिन्दगी खेल क्षेत्रमा लागेर बिग्रियो, डुबे, खेल खेल्नु हुन्न भन्ने छ । त्यस्तो परिस्थितिको अन्त्य गर्ने छु ।

 खेलाडीहरु संघ संगठनप्रति नै पनि रुष्ठ भएको देखिन्छ, यस्तो परिस्थितिको समाधान कसरी गर्नु हुन्छ ?

यसलाई हामीले उत्साजनक बनाउनु पर्छ । संघ संस्थाहरुसँग पनि तपाईंहरुले तीन वर्षमा के गर्नु भयो, आगामी वर्षका क्यालेण्डर ल्याउनुस भनेर मागेको छु । काम नगर्ने संघ संस्थाहरुलाई किन राख्ने ? काम जसले गर्छु भन्छ त्यसलाई स्वागत गर्ने हो, जसले कामै गर्दैन अथवा मात्रै अध्यक्ष, महासचिव वा विभिन्न पदमा बस्छ, वर्षमा एउटै पनि प्रतियोगिता गर्दैन, एउटै अफिसियल निर्माण गर्दैन, निर्माण गरेको रेफ्रि, एम्पायर लगायतलाई पनि कार्यक्षेत्रमा पठाउन सक्दैन, कोचहरु डिष्ट्रिब्युसन गर्न सक्दैन भने त्यसको के अर्थ रह्यो ? त्यसैले यस्ता किसिमका संस्थालाई राखेर काम छैन ।

 त्यसोभए खेलकुद क्षेत्रका संघ संगठनहरुको काम गराई राम्रो छैन, तपाईको विचारमा ?

मैले सबैको राम्रो छैन, भनिन् । अधिकांशको चाहिँ काम गराई राम्रो छैन । एउटा क्रियाशिल संघहरु छ भने अर्को झोले छ । कत्तिको अफिस कहाँ छ, भन्ने कुरा पनि थाहा छैन । कत्तिको सम्पर्क कार्यालय पनि छैन । यस्तो अवस्था छ, जसको समाधान गर्नुपर्छ र गर्छु ।

 कतिपय खेलाडीहरुमा खेलकुदप्रति नै निराशापन छाएको देखिन्छ, त्यसको समाधान कसरी गर्नुहुन्छ ?

खेलाडीहरुमा उर्जा थप्नुपर्ने यो मेरो कार्यकालको चुनौती हो, जुन चुनौतीलाई सफल बनाएरै छोड्छु । खेल क्षेत्रमा ऊर्जा थप्नु पर्ने, खेलमा लागेका मान्छेहरुको सामाजिक प्रतिष्ठा हुनुपर्ने, उनीहरुलाई समाजले सम्मान प्रकट गर्नुपर्ने स्थिति सिर्जना गर्नुपर्ने लगायतका कुराहरु छन् । यसको लागि छुट्टै पहल गर्नुपर्छ र गर्छु । खेललाई राष्ट्रिय खेलकुद परिषद्ले मात्रै गरेर हुँदैन । संघको भूमिका पनि महत्वपूर्ण हुन्छ, उसले स्थानीय निकाय, प्रदेश र संघ संस्थासँग कसरी समन्वय गर्छ, भन्ने कुराहरु पनि महत्वपूर्ण छन् । यसलाई गरेर खेलकुदको माहोल बनाउनु पर्छ । नेपाल अर्थात विश्वलाई नै हेर्ने हो भने, जहाँ खेलको माहोल छ, त्यो खेलले गति लिएकै छ । तर, खेलको माहोल छैन भने त्यसले गति लिदैन । हामीले खेलको माहोल सिर्जना गर्न सक्नुपर्छ । राष्ट्रिय प्रतियोगिताले पनि माहोल सिर्जना गर्न सक्नुपर्छ । खेलेर प्रथम, दोस्रो, तेस्रो भएर मात्रै पुग्दैन, त्यहाँ दर्शक कति थिए, कति मान्छेको सहभागिता थियो, स्थानीय क्षेत्रको कत्तिको रुची छ भन्ने हुनु पर्यो । फुटबल, भलिबल, क्रिकेट जस्तो गेममा त तालि पिट्ने मान्छे छैन भने अन्य गेमको हालत के होला ? त्यसैले स्थानीयस्तरदेखि नै खेलकुदलाई उत्साहजनक बनाउनु पर्छ ।

 तपाईको कार्यकालमा खेलकुद क्षेत्र सुध्रिन्छ त ?

मैले काम गरेको भर्खर केहि दिन मात्रै हुँदैछ । यि दिनहरुमा मैले दिनको १८ घण्टा काम गरेको छु । मेरो १८ घण्टाको रिजल्टमा हरेक दिन एउटा न एउटा नयाँ काम भइराखेको छ । अहिले भर्खर आउदा त हरेक दिन नयाँ काम गरिराखेको छु भने दुई चार दिनपछि त मलाई पनि धेरै जानकारी होला । बढिभन्दा बढि नै व्यवस्थित गर्न सकुला । असार मसान्तको बेलामा नियुक्ति भएको छु, मैले बजेट, आर्थिक लगायतका कुराहरु समेत हेर्नुपर्ने हुन्छ । यस्तो बेलामा त मैले यति धेरै काम गरिराखेको छु भने जुन बेलामा अलिकति थोरै स्वतन्त्रता पाउछु त्यस बेला पक्कै खेलक्षेत्रमा धेरै गर्छु । म आराम र जागिर खानको निम्ति यहाँ आएको होइन । आराम गर्न र जागीर खान यहाँ नआएको हुनाले मेरो स्पिडमा हिड्ने टिम बनाउछु । हिड्न सक्दैनौ, कुद्न सक्दैनौ भने तिमी बिदा लेउ अर्को मान्छे राख्छु भन्छु नि ।

 साग खेलको लागि पोखराको स्टेडियमको मर्मत सम्भार नै सकिदैन भनिदैछ नि ?

हैन, त्यो तपाईंहरुले अनुमान नगर्नु न । म आफै पोखरा गएर, हेरेर आएको छु । त्यसको मिटिङ्ग केन्द्रमा हुँदैछ । एकएक दिन त्यहाँ के के गर्छौ, त्यसको विवरण लिएर आउ भनेको छु । र, मैले मोबाइल एप्समार्फत इनक्वारी गरिराखेको छु । त्यहाँ स्टिल स्टक्चरबाट काम भइराखेको छ, स्टिल स्टक्चरको काम गर्न त वर्षाले रोक्न सक्दैन । जहाँ इच्छा त्यहाँ उपाय हुन्छ, त्यसैले त्यहाँ स्टिल स्टक्चरअनुसारको काम गरिराखेका छौं । वर्षालगायतका समस्याले काम भने रोकिनेवाला छैन ।

 भारत र पाकिस्तानको कारणले साग नहुने हो कि भन्ने पनि छ, वास्तविकता के हो ?

हामीले सबैलाई निमन्त्रणा गरेका छौं, साग खेलको लागि । श्रीलंका, बंगलादेश, भुटान, मालदिभ्सबाट कनफरमेशन आइसकेको छ । अरुलाई चिठीपत्र गएको छ । पाकिस्तान र भारत चाहिँ बाँकी छ । खेलकुद क्षेत्र राजनीतिको क्षेत्र होइन भनि हामीले उहाँहरुलाई पनि आग्रह गरेका छौं । राजनीति बिग्रियो भने त खेलकुदले मिलाउछ भने अब हेरौं न, उहाँहरुको प्रतिक्रिया के आउछ । हामीले उहाँहरुलाई सु–सूचित गरिसकेका छौं । अप्रत्यक्ष रुपमा भनिसकेका छौं र प्रत्यक्ष रुपमा चिठ्ठी पनि दिएका छौं । ज–जसले सहमति जनाउनु भएको छ, त्यो सकिइहाल्यो । र, यदि कुनै देशले साग गेम खेल्ने सहमति जनाउनु भएन भने हामी त्यहाँ जान्छौं, सागमा यस्तो चिज छ, तपाईहरुको सहभागिता हुनुपर्छ भन्छौं । हुनत अहिलेसम्म सागमा सहभागिता जनाउदिन भनेर कसैले भन्नु भएको छैन । नेपालसहित पाँच वटा देशले त प्रतिबद्धता जनाइसक्नु भएको छ । यदि भारत र पाकिस्तानबाट प्रतिक्रिया आएन भने राजनीतिक तबरबाट भएपनि कुरा गरौला । हामीले भ्याससम्म समाधान निकाल्ने प्रयास गर्छौ यदि भएन भने राजनीतिक स्तरबाट पनि जाउला । आवश्यकता अनुसार नेपाल र भारत अथवा पाकिस्तानका प्रधानमन्त्री–प्रधानमन्त्री अथवा खेलकुदमन्त्री–खेलकुदमन्त्री कुरा गरौला । यस्ता पहल त हामीले गर्छौ नि । हामीले अरुले के गर्छन भन्ने आधारमा हाम्रो तयारी छोड्नु हुँदैन । अर्कोतिर यदि दुई वटा देश नआउने नै भए र अरु देश पनि नआउने भए रे । नआउने भए पनि आधारभूत संरचनाहरु तयारी गरेर बिग्रिने चाहिँ के छ र ?

 बिग्रिने भत्किने भन्दा पनि साग गेम फेरि पनि चौथो चोटी सर्यो भन्दा नराम्रो सन्देश जाला नि त ?

बाह्य कारणको जिम्मा मैले लिन सक्दिन । भोलि गएर नयाँ परिस्थिति सिर्जना भयो अर्थात् बाढी पहिरो, भूकम्प जस्ता भीषण प्राकृतिक प्रकोप होला, त्यसको आधारमा अहिले अनुमान गर्न सक्ने कुरा भएन । अघिल्लो पटक साग गेम भएन । नेपालले जति प्रयत्न गरेपनि आउने राष्ट्र आइदिएनन्, नआइदिएको हुनाले साग भएन भन्ने भयो । त्यो राजनीतिक स्तरको कुरा भयो, त्यो मेरो कुरो भएन ।


प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  १८:०८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विचार/अन्तर्वार्ता
शारीरिक व्यायाममा सकारात्मक मानसिकताको चर्चा
शारीरिक व्यायाममा सकारात्मक मानसिकताको चर्चा शनिबार, कात्तिक ९, २०७६
विश्वबिख्यात एथलीटहरुमा समेत डिप्रेसनको लक्षण
विश्वबिख्यात एथलीटहरुमा समेत डिप्रेसनको लक्षण मंगलबार, भदौ २४, २०७६
खेलकुदमा राज्यको लगानी वृद्धि आवश्यक
खेलकुदमा राज्यको लगानी वृद्धि आवश्यक 2076-04-19
क्युकोशिन कराँते : अनुशासन र कडा प्रशिक्षणको दर्शन
क्युकोशिन कराँते : अनुशासन र कडा प्रशिक्षणको दर्शन 2076-04-19
म्याच फिक्सिङ्गको कानुनी जटिलता र चुनौती
म्याच फिक्सिङ्गको कानुनी जटिलता र चुनौती 2076-04-6
सुटिङ खेलबाट अन्तर्राष्ट्रिय मैदानमा नेपालले पदक जित्न भौतिक सामाग्री अपुगः ओलम्पिएन फुलमाया
सुटिङ खेलबाट अन्तर्राष्ट्रिय मैदानमा नेपालले पदक जित्न भौतिक सामाग्री अपुगः ओलम्पिएन फुलमाया मंगलबार, असोज २३, २०७५
Navodit College Navodit College
ताजा समाचार
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण खेलकुद मञ्‍च
चेल्सी वर्ल्डको दोहोरो जित
चेल्सी वर्ल्डको दोहोरो जित खेलकुद मञ्‍च
मातृभूमि कपमा काष्ठमण्डपको जित
मातृभूमि कपमा काष्ठमण्डपको जित खेलकुद मञ्‍च
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि खेलकुद मञ्‍च
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा
विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन सोमबार, मंसिर ३०, २०८२
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि सोमबार, मंसिर ३०, २०८२
मातृभूमि कपमा काष्ठमण्डपको जित
मातृभूमि कपमा काष्ठमण्डपको जित सोमबार, मंसिर ३०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्