काठमाडाैं, १९ जेठ – नेपाल सगरमाथाको देश। हामीले गर्व गर्ने गरेको विषय हो यो। यससँगै हामीले गर्व गर्ने गरेको अर्को विषय पनि हो, हाम्रो नेपाल एक यस्तो देश, हिमाल आरोहीहरुको देश। यो गर्वको श्रृंखला पछिल्लो समय नेपाली खेलकुदसँग पनि जोडीएको छ। यो सफलता र विरताका कथा नेपाली खेलकुदसँग पनि जोडीएको छ।
यस क्रममा केही नामहरु जोडीए, जो वालक्लाइम्बीङ्गसँग पनि जोडीए। आरोही आङ्ग ग्यालेल्जेन शेर्पा हिमाल आरोहण र यससँग समबन्धीत थुप्रै सस्थामा आबद्ध भए पछि केही क्लाइम्बिीङ्गका प्रतियोगितामा पनि सफलता पाउन सफल भए। राष्ट्रिय ओपन मिडिया वाल क्लाइम्बिङ्ग प्रतियोगिता, तेश्रो राष्ट्रिय खुल्ला क्लाइम्बिङ्ग र चौथो राष्ट्रिय खुल्ला क्लाइम्बिङ्गका उपाधि यात्रा उनका जिवनका प्रमुख पाटा हुन्।
"एक्सपीडीसन" को हकमा ८ हजार मिटरभन्दा माथिको हिमाल आरोहण गर्ने क्रममा उनले २०१० मा ८१६३ मिटरको माउन्ट मनास्लुको एक्सपीडीसन गरेका थिए। २०१४ मा ८२०१ मिटरको माउन्ट चोयु एक्सपीडीसन पुरा गरे। जुन उनको चौथो आरोहण थियो। सन् २०१२ मा ८५१६ मिटरको माउन्ट ल्होत्से आरोहण गरेका थिए।
उचाइमा ६८१२ मिटर भए पनि प्राबीधीक रुपले कठिन मानीने माउन्ट अबादालम उनले २०१३ मा पुरा गर्दै तेश्रो पटक यो सफलता पाए। उनले सन् २००९ मा बरुण सि एक्सपीडीसन पनि पुरा गरेका थिए। संसारको सबैभन्दा माथिल्लो उचाइ सगरमाथाको टाकुरोमा उनी तीन पटक एक्सपीडीसन गरे।
जुन उनले सन् २०११,०१२ र ०१३ मा पुरा गरेका थिए। यी समिटरका अन्य समिटका कथा पनि छन्। आइज्लयान्ड पिक(६१६० मि) २५ पटक, मेरा पिक (६६५४ मि) २४ पटक, याला पिक (५५०० मि) चार पटक ,लाबुचे पिक(६१६०मि), ५ पटक र चुलु फार इस्ट(६५८४ मि) ६ पटकको समिट उनको महत्वपूर्ण सफलता हो।
प्राविधिक रुपले कठिन मानीने पिसाङ्ग पिक(६०९१ मि) ६ पटक,माउन्ट ब्ल्यान्क (४८१०मि) दुर्इ पटक र माउन्ट कोरिन्डे कोराबीस (३७१५ मि) उनका महत्वपूर्ण सफलता हुन्। लामो खेल र पर्वतारोहण जोड्न चाहने शेर्पाले थुप्रै उद्धार गर्दै मानबीय सम्बेदनाको सवालमा आफूलाई अग्रणी राखेका छन्।
ताप्लेजुङ्गमा भएको डब्लुडब्लु एफको हेलीकोप्टर दान दुर्घटना, १९ पटकका सगरमाथा आरोही छेवाङ्ग निमा शेर्पालाई खोज्ने क्रममा र सन् २०११ को स्प्रिङ्ग सिजनमा तीन पटक सगरमाथामा खोजी गर्ने क्रममा उनको भुमिका त्यत्तिकै रहेको थियो। त्यसको दुइ बर्ष पछि ६० मिटर हिउ भासिदा उनले उद्धार कार्यमा त्यत्तिकै सहयोग गरेका थिए।
अनी गत बर्ष भुकम्प जादा सगरमाथा र लाङ्गटाङ्ग दुवै स्थानमा उद्धार कार्यमा उनी त्यत्तिकै सक्रिय रहेका थिए। रुट सेटरको रुपमा दाश्रो पार्क योंग स्योंग ओपन क्लाइम्बिङ्ग कम्पीटीसन, नेपाल हिमालय एडभान्चर एन्ड ट्रेनिङ्ग सेन्टर र क्लाइम्बमान्डु टुमा उनी रुट सेटर थिए।
सन् २०१३ र २०१४ मा एस्ट्रीक क्लाइम्बिङ्ग वाल, दोश्रो अन्तरकलेज स्पोर्ट्स क्लाइम्बिङ्ग कम्पीटीसन र चोयुमा सर्टीफाइड रुट सेटर हुनु उनका थप विशेष रहे। यी यावत सफलता, मानबीय उद्धार र सृजनात्मक कार्यका लागि उनले थुप्रै स्थानबाट प्रशंसा र पुरस्कार पनि पाए। सन् २०११ मा तीन पटक एभरेस्ट एक्सपीडीसनमा गरीएको उद्धार कार्यका नायक आङ्ग ग्याल्जेन शेर्पालाई सोही बर्ष एनएनएमजीए अवार्ड प्रदान गरियो।
त्यसको दुइ बर्ष पछि उनी गाइड अफ द इयर हुन सफल भए। उनको जीवनको एउटा पाटो हिमाल हो। हिमालमा कसरी बस्ने र बाँच्ने भन्ने विषयमा उनी ज्ञाता बने। यसैलाई लिपीबद्ध गर्दै त्यो ज्ञान बाड्ने योजना उनले बनाए। “टेक्नीकल ट्रेनिङ्ग म्यानुएल फर माउन्टेन प्रोफेसन” पठनीय छ।
वर्ल्ड माउन्टेन जीयोग्राफीका लागि उनले गरेको मिहेनत अर्को सराहनीय काम हो। ग्लोबल वार्नीङ्ग र फस्ट एडको सचेतनको बारे उनको भूमिका त्यत्तिकै अतुलनीय छँदैछ। उनको यो बहादुरीको कथा त्यत्तिकै लेखिएको होइन। यसका लागि आफूलाई योग्य बनाउन पनि उनले थुप्रै मिहनेत गरेका छन्।
सन् २००८ मा दुर्इ दिने हिल वाकीङ्ग कोर्षबाट उनको यो यात्रा शुरु भएको थियो। त्यस पछि ३० दिने बेसीक माउन्टेनियरिङ्ग कोर्ष, रक लेभल वान कोर्ष र हाइ माउन्टेन रेस्क्यु कोर्षले उनको दक्षतामा धेरै नै बृद्धी भयो। लाइसन्स अफीस, फ्रान्सबाट बेसीक स्की कोर्ष र च्याम्पीयेनीक्स फ्रान्सले उनको क्षमता अझ निखारियो। गाइड, रेस्क्यु र आरोहणका विश्व ब्यापी प्रशिक्षण पछि उनीमा यो निखारता आएको हो।
वि.स. २०३९ मा सोलुखुम्बुमा जन्मीएका यी बहादुरको यो दक्षतामा भाषिक ज्ञान पनि त्यत्तिकै महत्वपूर्ण रह्यो। नेपाली र शेर्पा त यीनले जन्मजात नै जान्ने भए। अमेरिकन इंग्लिस, जापनी र फ्रेन्चको विशेष प्रशिक्षण प्राप्त यी युवा त्तिबेतीयन भाषामा समेत पोख्त छन्। यी बहादुर नेपालीमा अहिले पलाएको खेल मोह धेरैका लागि प्रेरणाको श्रोत बन्न सक्ने छ।