काठमाडौं । गेटवे कलेज अफ हस्पिटालिटि म्यानेजमेन्टकाे आयोजना एबं काठमाडौँ जिल्ला भलीबल संघकाे सहकार्यमा बुढानिलकण्ठ नगरपालिका एबं कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायीक तथा संस्थागत विद्यालयहरूलाई भलीबल वितरण गरिएको छ । बसुन्धारास्थित ‘गेटवे कलेजमा’ एक कार्यक्रमका बिच विद्यालयहरूलाई भलिबल बितरण गरेको हो ।
कार्यक्रममा काठमाडौँ जिल्ला भलीबल संघका अध्यक्ष सुदर्शन जमकटेल, राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष शिव कोइराला तथा आयोजक गेटवे कलेज अफ हस्पिटालिटि म्यानेजमेन्टका संस्थापक अध्यक्ष सुरेश के.सि. लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बुढानिलकण्ठ र कागेश्वरी मनहरा नगरपालिकाका ६ सामुदायिक बिद्यालयका शिक्षक र खेलाडीहरुको उपस्थिति रहेको थियो । आयोजक गेटवे कलेजले बिद्यालय विद्यार्थीहरुको खेल्ने उजागरलाई उत्प्रेरित गर्नको लागि भलिबल वितरण कार्यक्रम राखेको बताएका थिए ।
कार्यक्रममा आयोजक कलेजका अध्यक्ष सुरेश के.सिले नेपालको राष्ट्रिय खेल भलिबलको बिकास, विस्तारको लागि गेटवे कलेज सधैँ तयार रहेको बताए । अध्यक्ष के.सि.ले कलेज सधैं भलिबल विकासका कार्यक्रमका लागि तयार रहेको तथा सरकारी र सामुदायिक विद्यालयमा समानता हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि राखेपका उपाध्यक्ष शिव कोइराला 'ज्वाला'ले बिद्यालयहरुले खेलकुद क्रियाकलापलाई बढाउदै लगे नेपाले बिश्वभरी नयाँ रेकर्ड कायम गर्ने बिश्वास दिलाउनु भयो । ज्वालाले बिद्यालयहरु खेलकुदमा नलाग्दासम्म देशले खेलकुदमा बिकास गर्न नसक्ने धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममा काठमाडौँ जिल्ला भलीबल संघका अध्यक्ष सुदर्शन जमकटेलले उपस्थित भएका सम्पूर्ण प्रिन्सिपल, विद्यार्थी, शिक्षक र खेलाडीरूलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दैजाने प्रतिवद्धता व्यक्त गरेका थिए ।