Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Hotel Nova Nook Hotel Nova Nook
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
कर्पोरेट खेलकुद
  • Home
  • कर्पोरेट खेलकुद
  • मुकेश र राजपुरालाई कान्तिपुर हाफ म्याराथनको उपाधि
मुकेश र राजपुरालाई कान्तिपुर हाफ म्याराथनको उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2080-2-6
Chelsea World School Chelsea World School

काठमाडौं । त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले शनिबार राजधानीमा आयोजित नवौं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि जितेका छन् । ‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित भएको कान्तिपुर हाफ म्याराथन जित्न मुकेशले १ घन्टा ६ मिनेट ४५ सेकेन्ड लगाएका थिए । उनी पहिलोपल्ट विजेता भएका हुन् ।

थापाथलीस्थित कान्तिपुरको मुख्यालय सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको कान्तिपुर हाफ म्याराथन दौड माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क आएर टुंगिएको थियो ।

आर्मीकै राजन रोकाय दोस्रो भए । उनले १ घन्टा ७ मिनेट ५५ सेकेन्ड लगाए । बागलुङ घर भई भारतीय सेनामा कार्यरत तीर्थ पुन तेस्रो भए । उनले १ घन्टा ९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेका थिए । पुरुषतर्फ आर्मीको वर्चस्व हुँदा खड्काबहादुर खड्काले १ घन्टा ९ मिनेट २९ सेकेन्ड र गजेन्द्र राईले १ घन्टा १० मिनेट ५२ सेकेन्डबाट क्रमशः चौथो र पाँचौं भए । गत वर्ष एपीएफका गोपीचन्द्र पार्कीले उपाधि जितेका थिए ।

महिलातर्फ राजपुराले उपाधि रक्षा गरिन् । गत वर्षकी विजेता पुलिसकी राजपुरा १ घन्टा १९ मिनेट १६ सेकेन्डबाट विजेता भएकी हुन् । उनले गत वर्ष १ घन्टा १९ मिनेट ६ सेकेन्ड लगाएकी थिइन् । पुलिसकै राममाया बुढा दोस्रो भइन् । उनले १ घन्टा २३ मिनेट ०७ सेकेन्ड लगाइन् । एपीएफकी पुष्पा भण्डारी १ घन्टा २४ मिनेट ३१ सेकेन्डबाट तेस्रो, पूर्णराज्य लक्ष्मी न्यौपाने १ घन्टा २६ मिनेट २३ सेकेन्डबाट चौथो र गीता बिक १ घन्टा २९ मिनेट ३६ सेकेन्डबाट पाँचौं भए । हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले जनही १ लाख पाउने पुरस्कार पाए । दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौं हुनेले ५ हजार पाएका छन् ।

ह्विलचेयर दौड (३ किमि)

कान्तिपुर हाफ म्याराथनअन्तर्गत रमेश खत्रीले ह्विलचियरतर्फ उपाधि जितेका छन् । ३ किलोमिटर दुरी उनले ७ मिनेट २६.७४ सेकेन्डमा पार थिए । थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्सको कार्यलय अगाडिबाट सुरु भएको ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगिएको थियो । दान थिङ दोस्रो भए । गत वर्ष तेस्रो भएका उनले ७ मिनेट ३५ सेकेन्ड लगाए । उनी आर्मीका बास्केटबल खेलाडी हुन् । रामकाजी मिजार तेस्रो भए । उनले ८ मिनेट ५२.८४ सेकेन्डबाट दौड पूरा गरे ।

महिलातर्फ ऐश्वर्या कुमाल विजेता भइन् । उनले १० मिनेट ९.७८ सेकेन्डमा दौड पुरा गरिन् । पूर्वविजेता यामकुमारी झाँक्रीमगर दोस्रो र पेमा छोक्पा गुरुङ तेस्रो भए । यामकुमारीले १० मिनेट ५१.०७ सेकेन्ड र पेमाले ११ मिनेट २५.१० सेकेन्डमा दौड पुरा गरेका थिए । ह्विलचेयरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।

कर्पोरेट रन (५ किमि)

विकेश घिमिरे र सुनिता महर्जन कर्पोरेट रनतर्फ विजेता बने । ५ किलोमिटर दूरी विकेशले १४ मिनेट ३६.३ सेकेन्डमा पूरा गरेका हुन् । सुनीताले २३ मिनेट २३.९० सेकेन्डमा पूरा गरिन् ।

पुरुषतर्फ १४ मिनेट ४६.७ सेकेन्डबाट विकास पोखरेल दोस्रो भए र १५ मिनेट ००.६ सेकेन्डबाट अनिश लामा गुरुङ तेस्रो भए । महिलातर्फ विनिता महर्जनले २३ मिनेट ३०.२९ सेकेन्डबाट दोस्रो र एलिना श्रेष्ठले २६ मिनेट ०७.४९ सेकेन्डबाट तेस्रो भए ।

कलेज रन (७ किमि)

पुकारजंग बस्नेत र सुसन कार्कीले कान्तिपुर हाफ म्याराथनको कलेज रन जितेका छन् । ७ किलोमिटर दूरी पुकारले २४ मिनेट ४७ सेकेन्डमा पूरा गरे । सुसनले निर्धारित दूरी २७ मिनेट २९.५६ सेकेन्डमा पूरा गरिन् । पुरुषतर्फ २४ मिनेट ५३ सेकेन्डबाट रिम बुढामगर दोस्रो र २५ मिनेट ३० सेकेन्डबाट समिप थुलुङ राई तेस्रो भए । महिलातर्फ निशम हाङ सुब्बाले ३१ मिनेट ०७.५० सेकेन्डबाट दोस्रो र मिनिशा पन्तले ३२ मिनेट १८.४२ सेकेन्डबाट तेस्रो भए । कलेज रनतर्फ पहिलो दोस्रो र तेस्रो हुनेले केएफसीबाट फुड गिफ्ट भौचर पाए भने कर्पोरेटतर्फ विजेतालाई केएफसी र ह्याम्स हस्पिटलको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

प्रतियोगितामा कलेज रन पहिलो पटक राखिएको आयोजकले जनाएको छ । यसमा १८ वर्षमाथिका विद्यार्थीले दौडिएका थिए । नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा वार्षिक क्यालेन्डरमा हुँदै आएको छ ।

सिटी म्याराथनको अवधारणामा भइरहेको कान्तिपुर हाफ म्याराथनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । प्रधानमन्त्री दाहालले सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै कर्पोरेट क्षेत्रबाट विभिन्न उद्देश्यमा जनचेतना जगाउँदै खेलकुद प्रतियोगिता हुनुले सकारात्मक रहेको बताए । यसपालि कान्तिपुर हाफ म्याराथनमा ४ हजारभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको थियो ।

कान्तिपुर हाफ म्याराथनको प्रमुख प्रायोजकमा ग्लोबल आईएमई बैंक रहेको थियो । यस्तै, सिटिजन लाइफ इन्स्योरेन्स, एपेक्स मेडिकल एन्ड इन्जिनियरिङ, केएफसी चिकेन, पिज्जा हट, होन्डा मोटरसाइकल, एनटीएनसी, नेपाल खाद्य संस्था, गमला घर, वेलडन एडभरटाइजिङ, हाम्रो बजार डटकम, ह्याम्स हस्पिटल पार्टनरका रूपमा रहेका थिए ।


प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १७:०५
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप कर्पोरेट खेलकुद
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने शनिबार, साउन ११, २०८२
कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर
कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर मंगलबार, असार १७, २०८२
सर्वाधिक पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप भोलिदेखि
सर्वाधिक पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप भोलिदेखि आइतबार, असार १, २०८२
हाप्किडो संघ र नेशनल हस्पिटलबीच सम्झौता
हाप्किडो संघ र नेशनल हस्पिटलबीच सम्झौता बुधबार, वैशाख २४, २०८२
शाइन रेसुङ्गा रन फागुनमा हुने
शाइन रेसुङ्गा रन फागुनमा हुने शनिबार, माघ २६, २०८१
खेलकुद आयोजनाका लागि चेम्बरसँग सहकार्य
खेलकुद आयोजनाका लागि चेम्बरसँग सहकार्य बुधबार, माघ २३, २०८१
कबड्डी लिगको लागि टाइटल स्पोन्सरको रुपमा केबी साम
कबड्डी लिगको लागि टाइटल स्पोन्सरको रुपमा केबी साम बिहीबार, माघ ३, २०८१
Navodit College Navodit College
ताजा समाचार
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी खेलकुद मञ्‍च
नेपाली टोलीले जित्यो डाना कप फुटबलको उपाधि
नेपाली टोलीले जित्यो डाना कप फुटबलको उपाधि खेलकुद मञ्‍च
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध खेलकुद मञ्‍च
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ, साउन १६ गते प्रतिस्पर्धा गर्ने
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ, साउन १६ गते प्रतिस्पर्धा गर्ने खेलकुद मञ्‍च
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने खेलकुद मञ्‍च
Notice
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
कराते टोली श्रीलंका प्रस्थान
कराते टोली श्रीलंका प्रस्थान
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ, साउन १६ गते प्रतिस्पर्धा गर्ने
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ, साउन १६ गते प्रतिस्पर्धा गर्ने आइतबार, साउन १२, २०८२
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध आइतबार, साउन १२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्