काठमाडौं । ‘सम्पदा जोगाऔं, स्वास्थ्यका लागि दौडौं’, भन्ने नाराका साथ नेपालकै प्रतिक्षित काठमाडौं म्याराथन-२०२५ आगामी नोभेम्बर १ मा आयोजना हुँदैछ । विद्यालयका विद्यार्थी, अनुभवी खेलाडी, शिक्षक, बैंकका कर्मचारी, व्यवसायी, रेस्टुरेन्टका कर्मचारीदेखि कम्पनीका सिईओसम्मको लागी काठमाडौं म्याराथनले सबै उमेर समूह र पेशालाई एउटै मञ्चमा काठमाडौं म्याराथन ल्याउने छ ।
यो केवल दौड मात्र होइन, प्रत्येक पुस्तालाई खेलकुद, स्वास्थ्य,अनुशासन र एकताको सन्देश दिने अभियान रहेको छ । साना बालबालिकाहरू परिवारसँगै सहभागी हुन सक्नेछन् । ४० वर्षमाथि सहभागिका लागि मास्टर क्लास विधामा (४०+, ५०+ ६०+) समेत व्यवस्था गरिएको छ । विद्यालयका विद्यार्थीहरूको लागि ३ किमी स्कुल रन, सर्वसाधारणका लागि ३ किमी ओपन रन, ५ किमी ओपन रन र १० किमी ओपन रन उपलब्ध छ ।
कर्पोरेट तथा अन्य समूहहरूको लागि ग्रुप रनको पनि व्यवस्था गरिएको छ । यस वर्षको म्याराथनमा एक हजार जना सहभागीहरूले दर्ता गरिसकेका छन्, तर दर्ता अझै खुला रहेको छ । यस ऐतिहासिक अवसरमा प्रत्येक नेपाली नागरिक, कम्पनी र विद्यालयहरूलाई अगाडि आउन र समर्थन गर्न काठमाडौं म्याराथन टिमले अनुरोध गरेको छ ।