एजेन्सी, २० जेठ – यहि जुन १४ बाट रूसमा शुरु हुने खेलकुदको महामेला विश्वकप फुटबलको पूर्वसन्ध्यमा सबैले आफ्नो–आफ्नो धारणा सार्वजनिक गर्ने क्रम जारी रहेको छ। यसै विषयमा फिफाका उप महासचिव तथा निवर्तमान क्रोएशियाली लिजेण्ड खेलाडी ज्वोनिमिर बुबोनले आउँदो विश्वकपमा प्रयोग हुने भिडियो असिस्टण्ट रेफ्री अर्थात VAR रेफ्री, टिम तथा समस्त समर्थक वर्गका लागि फाइदा जनक हुने बताएका छन्।
बुबनले भने, "म यो विश्वकपको सन्दर्भमा पनि त्यतिकै उत्साहित छु, जति बेला सन् १९९८मा मैले मेरो राष्ट्रका लागि एतिहासिक विश्व कप खेलेको थिएँ। खेलमा हार अथवा जीत हुनु स्वभाविक कुरा हो। तर, प्रथम पटक विश्वकप खेल्नु मेरालागि निकै ठूलो कुरा हो।"
१९९८ विश्वकपमा पहिलो पटक सहभागी भएको र त्यसै संस्करणमा तेश्रो स्थान हासिल गरेको अस्वभाविक अनुभव बोकेका बुबोन भन्छन्, "अन्य खेलहरूमा जुन कुरा महसुस गर्न वा देख्न पाइँदैन त्यो कुरा फुटबलमा हुन्छ। सबै संसार विभिन्न कलर, आफ्नो टोली र खेलाडीहरूका लागि अविश्वसनीय श्रद्धाका साथमा विश्व एक मैदानमा समेटिन्छ।"
खेललाई अझ मर्यादित बनाउनका लागि VAR को सिद्धान्त विकास गरिएको बुबोन बताउँछन्। यस फिफा विश्वकपमा सबै कुराहरु स्टेडियमकै स्क्रिनहरूमा देखाइनेछ: फुटेज तथा सञ्चारका तर्क तथा कुराकानी पनि दर्शकले नियाल्न पाउने छन् र यो कुरा समर्थकका लागि विशेष अर्थनीय हुनेमा बुबोन विस्वश्त रहेका छन्।
VARका सबल पक्षहरुलाई इंगित गर्दै बुबोनले भने, "रेफ्रीहरु पनि मानिस नै हुन्, तिनीहरू केवल रेफ्री मात्र होइनन् र उनीहरुका आखाले पनि धोका खान सक्छ र खेलाडिहरुको नियमपालना र रक्षाका लागि हाम्रो धेरै वर्षको मिहेनत र लगानी रहेको छ। मानवबाट त्रुटीहरु हुन सक्छन्। र, त्यसैलाई हामी सम्भव भएसम्म मर्यादित र निष्पक्षका साथै निशन्देह पनि बनाउने निरन्तर प्रयासमा लागिरहेका छाैं। भिडियो असिस्टेण्ट रेफ्री पनि निष्पक्षताका साथै मर्यादित फुटबलको खोजी हो।"