काठमाडाैं, १९ जेट – क्रिकेट खेलको प्रारम्भ इंग्ल्याण्डमा भएको विश्वास रहेको छ। इतिहासअनुसार इ.सं. १३०० तिर यो त्यहाँका भेडा गोठालाहरुका माझ अत्यन्त लोकप्रिय थियो। आफ्ना भेडाहरु चर्न व्यस्त रहेका बेलामा गोठालाहरु समय कटाउन यो खेल गर्थे।
तर, पछि आएर १८अाैं शताब्दीमा उच्च वर्गका मानिसले यो खेल खेल्न थाले १७६० मा Hambledon Clubले ब्याटिङ र बलिङको प्रविधिको विकास गर्यो। यो क्लबले खेलका नियमहरु पनि लागु गर्यो। तर, आधुनिक क्रिकेटको ताजा विकासको श्रेय Marylebone Cricket Club लाई जान्छ।
यसले सन् १८३५ मा नयाँ नियम लागु गर्यो। १८६० सम्म Underam browling लाई स्वीकृति प्रदान गर्यो। त्यसैताका खेल खेलिने पिच (Pitch) विकास भयो। र, विकेटको तयारी तथा सुरक्षामा हेरविचार गरियो। यसरी खेलका नियमहरु लागु भइसकेपछि इंग्ल्याण्डमै क्लबहरुबीच त्रिकेट खेल्न थालियो। १८७७ देखि अष्ट्रेलिया र इंग्ल्याण्डले एक–आपसमा टेस्ट म्याच खेल्दै क्रिकेटको विकासमा योगदान दिए।
मार्च १८७७ मा इंग्ल्याण्ड र अष्ट्रेलियाबीच अधीनस्त रहेका देशहरुलाई मात्र सदस्यता प्रदान गरिने मनसायले खोलिएको 'International Criket Conference मा क्रिकेट विश्वभर लोकप्रिय हुन थालेपछि बाहिरका देशलाई पनि सदस्यता प्रदान गर्न थालिएपछि सो संस्थालाई १९५६ मा international cricket conference नामकरण गरियो। सन् १९७१ मा एक दिवसीय क्रिकेटको पनि जन्म भएपछि क्रिकेट झने लोकप्रिय हुँदैछ।
क्रिकेट कसरी खेलिन्छ?
क्रिकेट एघार जना खेलाडी रहेका दुई टिमबीच खेलिन्छ। दुईमध्ये एउटा टोलीले पहिलो ब्याटिङ गर्छ। बलिङ र ब्याटिङमा दुई प्रकारको क्रिकेट खेलमा दुवै प्रकारले पालो गरिन्छ। पुरानो ढाँचाको टेस्ट श्रृङ्खला खेलमा ५ दिन लगातार २ टिमले खेल्दछन्। निश्चित दिनसम्म एउटा टीमले ब्याटिङ गर्छ।
त्यसपछि अर्काे दिमलाई ब्याटिङ गर्न आमन्त्रण गर्छ। अर्काे टीमले स्कोरलाई पछ्याउन ब्याटिङ गर्छ तर एक दिनमा ९० अोभरभन्दा बढी खेलिँदैन। एकदिवसीय नयाँ खेलमा पहिले ५० ओभर एउटा टीमले ब्याटिङ गर्छ भने अर्काे ५० ओभरसम्म अर्काे टीमले ब्याटिङ गर्छ। एउटाले ब्याटिङ गर्दाअर्काेले बलिङ पालैसँग गर्दछन्।
ब्याटिङ गर्ने टिमका दुईजना ब्याट (मुङ्ग्रो) लिएर बसेका खेलाडी मात्र मैदान मा बस्न पाउँदछन्। उनीहरुको काम बल फ्याक्ने टोलीले फ्याँकेको बलले विकेटमा छुन नदिनु र बललाई मैदानमा हुतयाएका बेला एक विकेटबाट अर्काे विकेटसम्म दौडेर र सङख्या बढाउनु हो। ब्याट ३ फिट लामो साढे ४ इन्च चौडा काठको चिल्लो र सुन्दर मुङग्रो हुन्छ।
यसरी पुरै ११ जना खेलाडी आउट नहुन्जेल ब्याटिङ गर्नेले ब्याटिङ गरेर रन संख्या बढाइरहन सक्छ। २२ यार्ड अर्थात् २२ गजको
दुरीमा दुईतिर दुइटा विकेट गाडिएका हुन्छन। प्रत्येक विकेटमा ३ वटा स्टम्स अर्थात् २२ गजको दुरीमा दुईतिर दुइटा विकेट गाडिए दुइटा विकेट गाडिएका हुन्छन्।
प्रत्येक विकेटमा ३ वटा स्टम्स अर्थात् लाैरा हुन्छन्। तिनमाथि दुईवटा स–साना बेल अर्थात् बियो राखिएका हुन्छन्। जब बल फ्याँक्नेले ती लौरामा बल ठोक्काउाछ त्यस बेला ब्याट समाउने आउट हुन्छ। अर्काे टीमले बल फ्याक्छ। यो सानो भकुण्डोजस्तो बलको तौल ५ अाैसतको हुन्छ।
बल फ्यााँकेर विकेटमा छुवाउन खोज्ने टीमका ११ जना खेलाडी सब मैदानभित्र बस्छन्। उनीहरुमध्ये केहीको काम पालैपालो बल फ्याँक्ने र बाँकीको फ्याँकेको बल ब्याट्स म्यानले हुत्याएर मैदान बाहिर पुर्याई एकै पटक ६ वा ४ रन पार्न खोज्दा त्यसलाई समातेर रन बढाउन नदिने हो। यसरी बल फाल्ने निश्चित पटकको गन्तीलाई ‘ओभर’ भनिन्छ।
एउटा टीमले ५० ओभरसम्म ब्याटिङ गर्छ भने अर्काे टीमले ५० अोभरसम्म बल फाल्छ। फेरि ५० ओभरपछि अर्काे टीम ब्याटिङ गर्न बस्छ। र, फिल्डिङ गर्न मैदानमा जम्मा हुन्छन्। जब कुनै खेलाडीले ६ पटकसम्मविकेट छुवाउन बल फाल्छ अनि ‘एक ओभर’ हुन्छ। यसरी ३०० पटक बलले विकेटमा हानेपछि ५० आभर हुन्छ।
आजभोली प्रचलित बलले विकेटमा हानेपछि ५० ओभर हुन्छ। आजभोली प्रचलित एक दिने खेलमा एउटा टीमले ३०० पटक र अर्काे टीमले ३०० पटक गरी जम्मा ६०० पटकसम्म बल हान्छन्। टीमका खेलाडीले मैदानमा ब्याटिङ पर हुत्याएर ब्याट्स म्यानहरुले एक विकेटबाट अर्काे विकेटसम्म दौडिएपछि एक रन कमाइ हुन्छ।
रनको कमाई ब्याटिङ गरेको बेला हुन्छ। जब बलिङ गर्ने टीमका खेलाडीले मैदानमा ब्याटिङ पर हुत्याएर ब्याट्स म्यानहरुले एक विकेटबाट अर्काे विकेटसम्म दौडिएछि एक रन कमाइ हुन्छ। ५० ओभर अर्थात ३०० पटकसम्म बल हान्दा त्यसलाई जति पर हुत्याएर जति धेरै पटक रन लिन सक्यो उसैको खेलमा बिजयी हुन्छ।
क्रिकेट खेलमा बुझ्नुपर्ने अर्काे कुरा रन हो। रन अर्थात् दौड संख्या जसको बढी हुन्छ, उसैले खेल जित्छ। रन यो खेलको कमाई हो। रनको कमाई ब्याटिङ गरेको बेला हुन्छ। जब बलिङ गर्ने अथवा विपक्षी टीमलाई स्कोर पछ्याउदैँ गर्दा सबै खेलाडी आउट गराएर वा सम्पुर्ण रन पार गर्न नदिएर जितिन्छ।
यसैले बलिङ गर्नेहरु ब्याट्स म्यानहरुलाई धेरै पटक रन लिन दिन चाहँदैन। तर, ब्याट्स म्यानहरु धेरै विकेटदेखि विकेटसम्म पालैपालो दौडेर धेरैभन्दा धेरै रन कमाउन चाहन्छन्। यसैबारे तल चर्चा गरिएको छ। ब्याटिङः ब्याटिङ गर्नका लागि एउटा टीमका दुई खेलाडी दुईवटा विकेटमा रहन्छन्।
तिनीहरुले उदेश्य बललाई ब्याटले हानेर त्यो बल पुनः पीचमा आउनु भन्दा अगाडि एक विकेटबाट अर्काे विकेटसम्म पुग्नु हो। यसो गर्दा बललाई ब्याटले हानेपछि अर्काे खेलाडि पनि दगुर्नुपर्छ। यसो गरेमा एक रन बन्दछ। तर, ब्याट्स म्यानले बललाई ब्याटले बललाई हानेपछि अर्काे खेलाडी पनि गर्नुपर्छ।
यसो गरेमा एक रन बन्दछ, तर ब्याट्स म्यनले बललाई हानेर मैदानको एउटा निश्चित रेखा पार गराएमा चार रन प्राप्त हुन्छ र बल हावामा उडेर भुईलाई नछोई रेखा पार भएमा ६ रन प्राप्त हुन्छ। यस्तो बेला दौडीएर रन लिनु पर्दैन। यदि ब्याट्स म्यान रन लिने बेलामा पुग्नुपर्ने विकेटको निश्चित रेखासम्म नपुगी फिल्ड (मैदानमा बस्ने विपक्षी खेलाडी) ले हिर्काएको बलले स्टम्पमा लाग्न गएमा सो ब्याट्स म्यान
अन्य तरिकाबाट पनि आउट हुन्छन्।
यदि बलिङ गरेको बल सिधै विकेटमा लागेमा ऊ आउट हुन्छ। यसलाई bowled आउट भनिन्छ। यदि उसले निश्चित रेखाभन्दा बाहिर गई ब्याटिङ गर्न खोज्दा बल उ बाट छुटेर विकेट किपरले उसको विकेट झरेमा Stumped Out हुन्छ। यदि कुनै कारण ब्याट्स म्यानले आफ्नो विकेट छोइ सो झरेमा HIT Wicket हुन्छ।
यदि उसले हानेको बल वरपर छरिएका फिल्डरले समातेमा उ caught आउट हुन्छ। यदि रन लिँदा लिँदै निश्चित रेखासम्म नपुगी विकेटमा Run Out हुन पुग्छ। यदि बलिङ गर्दा बलले विकेटलाई लाग्नुपर्नेमा सो बलले ब्याट्स म्यानको खुट्टामा लाग्दा बलले कुन दिशा लिएको छ अथवा बललाई कहाँ लगाउन खेजिएको थियो सो हेरेर Leg-before Wicket दिइन्छ। ब्याट्स म्यानले विभिन्न तरिकाबाट ब्याटिङ गर्छन्।
फरवार्ड प्लेइङमा (Forward Playing) मा ब्याट्स म्यानले विभिन्न तरिकाबाट ब्याटिङ गर्दछन्। व्याक डिफेन्स प्लेइङ (Back Defence Playing) मा ब्याट्स म्यानले आफ्नो सबै भार दायाँ खुट्टामा पार्छन् जुन विकेटतिर हुन्छ, अगाडिको खुट्टा खाली सन्तुलनको लागी जमिनमा राखिन्छ र बल रोक्ने गरिन्छ।
बलिङः बलिङको मुख्य उदेश्य नै ब्याट्स म्यानलाई आउट गर्नु हो। बलरले विभिन्न प्रकारको बलिङ गरी व्याट्स म्यानलाई आउट गर्न सक्छ। मुख्यतया बलरले निम्न तीन किसिमको बलिङ गर्छन्–फास्ट बलिङ, मिडियम पेस बलिङ, स्पीन बलिङ।
फिल्डिङः फिल्डिङ गर्ने पक्षले गर्छ। टीममा एक ओभरमा एक जनाले बलिङ गर्छ र अरुले फिल्डिङ गर्छन्। फिल्डरहरुको मुख्य उदेश्य ब्याट्स म्यानले हानेको बल रोकेर उसलाई रन लिनबाट रोक्नु हो। एउटा छिटो–छरितो फिल्डरले आफ्नो जुक्ति साथै फुर्तिलो ब्याट्स म्यानलाई आउट गर्ने कोसिस गर्छ।
यसको लागी उनीहरुको तीन किसिमको फिल्डङ गर्छन्– रचनात्मक, आक्रामक र नतिक फिल्डिङ। विकेट किपिङ (Wichket Keeping) विकेट किपरले विकेट किपिङको काम गर्छ। विकेट किपर विकेटको पछाडि बसी ब्याट्स आउट वा रन आउट गर्ने कोसिस गर्छ। विकेट किपरले हातमा एक प्रकारको ग्लोब लगाएको हुन्छ जसको मद्यतले बल समात्न सजिलो हुन्छ। उसले सुरक्षाका लागी राम्रो ग्लाब, हलुका जुत्ता, पेटको सुरक्षाका लागी राम्रो गार्ड इत्यादिको छनोट गर्नुपर्छ।
एक्ट्रा रनः क्रिकेटमा ब्याट्सम्यानले हानेको रन बाहेक अतिरिक्त रन पनि प्राप्त हुन्छ। यदि बलले ब्याट्सम्यानलाई नछोई अलिरि गएमा र ब्याट्सम्यानले रन लिएमा त्यसलाई वाइ (Bye) भनिन्छ। यदि यस्तो वाई बल खुट्टामा लागेर गएमा त्यसलाई लेग वाई दिइँदैन। यदि बलरले गरेको बल लेग साइड तिर बढी गएमा पनि रन प्राप्त हुन्छ।
यदि बलले विकेट विकेट भन्दा अगाडिबाट बलिङ गरेमा निश्चित रेखाभन्दा बाहिर टेकेर बलिङ गरेमा थ्रो गरेमा वा फिल्डरले कुनै गल्ती गरेको देखिएमा नो बलबाट रन प्राप्त हुन्छ। नो बलमा ब्याट्स म्यान स्टम्प वा रन आउट मात्र हुन्छ अन्य आउट हुँदैन र सो बल फेरि बलिङ गर्नुपर्छ। पोजिसनः ब्याट म्यानको पछाडि विकेट किपर बस्छ।
ब्याट्स म्यानको अगाडिपट्टि भागलाई अफ साइड (off Side) भनिन्छ। अफ साइड नजिक तर विकेटको पछाडिको भागलाई स्लिप (Slip) भनिन्छ। लेगा साइड पट्टि तर अलि परको पोजिसनलाई थर्डम्यान (Third Man) भनिन्छ। ब्याटकै लेभलमा बस्नलाइई प्वाइन्ट (Point) भनिन्छ।
ब्याटको अगाडि तर तल पट्टिको विकेटको लेभलमा केही पर बस्नेलाई मिड अफ (mid (off) र त्यसपछि बस्नेलाई लङअफ (Long Off) भनिनछ। साथै अन्य पोजिसनमा स्कवेयर लेग (Square Leg) डिप प्वाइन्ट (Deep Point) सर्ट लेग (short Leg), (Gully) इत्यादि हुन्छन्।
ओभरः एउटा बलरले एक पटकमा एक ओभर बलिङ गर्छ। एक ओभरमा जम्म ६ बल हुन्छ। यसपछि अर्काे बलरले बलिङ गर्छ। तर, एउटा बलरले बढीमा दर ओभरसम्म बलिङ गर्छ। तर, एउटा बलरले बढीमा दस ओभरसम्म बलिङ गर्न पाउँछ। तर टेस्ट म्याचमा चाहिँ कमसेकम तीस
ओभर जति बलिङ गर्छन्।
वाइड अथवा नो बल भएको अवस्थामा बलरले जति पटक अथवा नो बल भयो त्यति बलिङ फेरी त्यही ओभरमा गर्नुपर्छ। यसरी कहिलेकाहीँ बलरले एक ओभरमा ६ भन्दा बढी पटक बलिङ गर्छन्। एम्पायर (Umpire): क्रिकेट खेल सञ्चालन गर्न दुई जना एम्पायर रहन्छन् जसको निर्णय नै अन्तिम हुन्छ। साथै अप्ठेरो परिस्थितिमा मैदानमा रहेका एमपायले तेस्रो एम्पायर (T.V. Umpire) को सहायता लिन सक्छन्।