काठमाडाैं । लोकप्रिय एवं उत्साहपूर्ण खेल मार्सल आर्ट नेपालमा पनि उत्साहका साथ खेल्ने गरिन्छ । नेपालमा पनि यसको निरन्तर विकास भइरहनुमा खेलाडीहरुको निरन्तर प्रयास र दर्शकहरुको खेलप्रतिको रुचिका साथै सद्भावको उल्लेखनीय देन रहेको छ ।
मार्सल आर्टको प्रारम्भ कहाँबाट र कहिले भयो भन्ने बारेमा किटानीका साथ भन्न सकिदैन । यद्यपि यो खेल बौद्ध धर्मावलम्बिहरु रहेको देशमा बढि लोकप्रिय भएकाले बौद्ध धर्मसँगै यसको उदय भएको अनुमान लगाउन सकिन्छ । केहि विद्वानहरुले यो खेल दक्षिण पश्चिम भारतको काचिपुरम् राज्यबाट प्रारम्भ भएको मानेका छन् । बुद्ध धर्म अनुयायी , बुद्ध धर्मका नाममा काचीपुरम् राज्यका राजकुमारको जंगली जनावरबाट बच्नका लागी तिनीहरुको स्वभावको अध्ययन पश्चात् उनीहरुसँग खाली हात लड्नका लागि यसको सहायता लिएका थिए ।
त्यसपछि बौद्ध धर्मका अनुयायीसँगै यो खेल चीनमा भित्रिएको मानिन्छ । चीनका शैगशान नामक शाओलिन मठको एक अभिलेखमा १ हजार ५ सय भिक्षुहरुलाई मार्सल प्रशिक्षण दिइएको कुरा उल्लेख गरिएको छ । प्रारम्भमा मार्सल आर्ट एकै किसिमको थियो तर समयको अन्तरालसँगै यो खेल विभिन्न देशमा भित्रियो र त्यहाँको सरकार र जनताको स्वभाव अनुसार फरक फरक रुप लिन पुग्यो । जसको उदाहरण स्वरुप चीनमा कम्फू , जापानमा कराँते , कोरियामा तेक्वान्दो , थाइल्याण्डमा थावोकी , बर्मामा बेंडो र फिलिपिन्समा कलीको नामले मार्सल आर्ट परिचित छ ।
सामान्यतया मार्सल आर्ट एउटा मनोरञ्जनात्मक खेल हो । चीन र जापानमा मार्सल आर्टका बारेमा जनतामा माझ सर्वेक्षण गरी यसको बारेमा ५ सय दर्शकहरुलाई सोध्दा २ सय ५० जनाले यो खेललाई खतरनाक र हिंसात्कम शैलीको खेल बताएका थिए भने ५० जनाले आत्म रक्षा र आत्मसंयम राख्ने आनन्ददायी खेलको रुपमा परिभाषित गरेका थिए ।
खेलको उद्गम स्थलको सर्वेक्षणबाट नै व्यक्तिपिच्छे फरक फरक प्रतिक्रिया पाएपछि मार्सल आर्टलाई एक अर्थमा परिभाषित गर्न मुस्किल रहेको विद्वानहरुले बताएका छन् । मार्सल आर्टकै विधामा पर्ने जुडो खेल आत्मसुरक्षाको असाधारण प्रविधि हो । प्रतिद्वन्दि माथी विजय प्राप्त गर्ने सरल उपायलाई जुडो शब्दले समेट्छ । आठाैँ शताब्दीकाे प्रारम्भमा जापानमा निहाेन शाेकी नामक मल्लयुद्ध कला लाेकप्रिय थियाे । यसमा हतियारकाे प्रयाेग पूर्णतः निषेध थियाे । तर यसकाे विपरीत याेराेइउ काेमाेयुची नामक मार्सलआर्टमा भने केही हतियार प्रयाेग गर्न पाइन्थ्याे । वास्तवमा त्यसबेला हतियारकाे प्रयाेग मार्सलआर्टकाे विरूद्ध मानिन्थ्याे ।
इसाका छैटौँ शताब्दीमा चीनमा बौद्ध सन्यासीहरु माथि घुमन्ते सैनिक वा डाँकाहरुले गर्ने गरेको अत्याचारबाट बच्नका लागि दारुका ताशी नामक एक भिक्षुले ५ सय इस्वीमा योग र मुस्टिक युद्धलाई एकीकृत गरेको कला पछि गएर त्यांग हांगको नामले प्रचलित खेलको आधुनिक नाम नै कराँते हो ।
कराँतेकाे शाब्दिक अर्थ ' खाली हात ' भन्ने हुन्छ । इतिहासकारहरुले कराँते जापानबाट उत्पत्ति भएकाेे मान्दछन् । उनीहरूका अनुसार इस्वी सन् १२०० देखि इस्वी सन् १५०० का बिचमा जापानमा शासक र शासित बिच धेरै संघर्ष द्वन्द्व चल्थ्याे । शासकहरूले आफ्नाे सुरक्षाका लागि ' समुराई ' नामक सुरक्षा गणहरू राखेका हुन्थे । तिनीहरू विभिन्न प्रकारका युद्ध कलामा निपुण हुन्थे । तत्कालिन शासकहरूमा यस्ता सुरक्षा गणहरूले उनीहरूकाे रक्षा गर्न सक्छन् भन्ने विश्वास थियाे ।
इस्वी सन् १४७० मा जापानीहरूले अकिनावा द्वीपमाथि कब्जा जमाउन सफल भए । त्यसपछि जापानीहरूले आफ्नाे सुरक्षामा चासाे देखाउँदै त्यहाँका बासिन्दाहरूलारई हातहतियार राख्न प्रतिबन्ध लगाए । आफ्नाे सुरक्षाका लागि आकिनावा महाद्वीपका बासिन्दालारई जापानीहरूले बिना हतियार युद्ध गर्ने कला सिकाए । जुन पछि गएर कराँतेकाे रूपमा परिणत हुन पुगेकाे भन्ने विश्वास इतिहासकारहरूकाे रहेकाे छ ।
कराँते पूर्वी एसियाकाे प्रसिद्ध र लाेकप्रिय खेल हाे । कराँते अहिले पूर्वी एसियामा मात्रै नभएर विश्वका हरेक मुलुकमा स्थापित भइसकेकाे छ । कराँतेका नयाँ प्रतिभाहरू उत्पादन गर्ने उद्देश्यले संसारभर अगण्य संख्यामा यसकाे प्रशिक्षण संस्थाहरू स्थापना भएका छन् । उत्पत्ति कालमा अाेकिनावा भन्ने ठाउँमा मात्र सीमित कराँते सत्राैँ शताब्दीमा जापानमा पनि पुग्न सफल भयाे । जापानमा यस खेलमा थुप्रै नयाँ कलाहरू थपिए भन्ने विश्वास गरिन्छ । कराँते अक्रामक खेल हाे । बिना हतियार अफ्नाे प्रतिद्वन्द्वीलारई लडाउन सकिने भएकाले याे खेल लाेकप्रिय बन्न पुग्याे । कराँते कलामा निपूण व्यक्तिले शारीरिक रूपमा आफु भन्दा निकै बलिया प्रतिस्पर्धी माथी पनि सजिलै जीत निकाल्न सक्छ ।
विश्व प्रसिद्ध खेल कराँतेकाे नामसँगै छुटाउन नमिल्ने नाम चीनका ब्रुस ली हुन् । उनले नै कराँतेमा आधुनिकतालाई जन्माएका थिए । सन् १९४० , नाेभेम्बर २७ मा चीनकाे अस्पतालमा जन्मिएका ली कराँते तथा मार्सल आर्टका प्रशिक्षकका साथै फिल्म निर्देशक पनि हुुन् । तर संसा र भर उनलाई कराँतेका महान् हस्तीका रूपमा चिनिन्छ । कराँतेलाई आधुनिकीकरण गर्न उनले दिएकाे याेगदानलाई संसारले सायदै भुल्नेछ । कराँते खेलकाे प्रतियाेगिता २ मिनेटसम्म चल्दछ । यसकाे प्रतियाेगितामा एक निर्णायक मण्डल हुन्छ । निर्णायक मण्डलले प्रहार , गति तथा बचावकाे आधारमा निर्णय दिने गर्छ । आज विश्वका अनेकाैं कराँते प्रशिक्षण संस्थाहरूले स्थापना भएका छन् ।
जापान तथा चीनमा कराँते जस्तै काेरियामा तेक्वान्दाे मार्सल आर्टको एक विधाकाे रूपमा खेलिन्छ । काेरियन भाषा अनुसार ते , क्वान र दाे काे अर्थ क्रमशः मुड्की, खुट्टा एवं उपाय हाे । यसकाे समग्र अर्थ हात वा खुट्टाबाट बच्ने उपाय हुन्छ । जापान तथा चीनमा कराँते जस्तै काेरियामा पनि मार्सल आर्टकाे उत्पत्ति धेरै पहिले भएकाे हाे । तेक्वान्दाेलाई काेरियाकाे संंस्कृतिसँग जाेडिएकाे प्रतिरक्षण कलाकाे रूपमा लिइने गरिन्छ । काेरियाली सरकारले विश्वमा सम्मान जनक स्थान हासिल गर्न हैपकिडाे र टैगशुडाेलाई पनि प्रस्तुत गर्याे । तर यी खेलहरूले तेक्वान्दाे जति लाेकप्रियता कमाउन सकेनन्।
मार्सल आर्टकै अर्काे रूपमा उसुलाई पनि लिइने गरिन्छ । चिनियाँ संस्कृति एवं परम्परासँग जाेडिएकाे खेल ' कुङ्गफु 'ले विश्वभर प्रभाव जमाइरहेकाे छ । चिनमा ' कुङ्गफु 'काे नामले परिचित खेललाई नै पश्चिम गाेलार्द्धमा उसुकाे नामले चिनिन्छ । यसका प्रमुख तीन रूप छन् । यसकाे पहिलाे रूप ' वाेडेंग उसु ' हाे । जसलाई ' नाइजिएकआन ' भनिन्छ । त्यसै गरी ' शाआलिन उसु ' लाई शैगशान पर्वत शृङ्खलाहरूकाे उत्तरी भागमा वाइजिएकआन नामले चिनिन्छ भने तेश्राे रूप ' उमी उसु ' लाई दक्षिण पश्चिम चीनमा ' सिचुआन ' काे नामले चिनिन्छ ।
नेपालमा पनि जुडाे , उसु , कराँते र तेक्वान्दाे निकै लाेकप्रिय खेल मानिन्छ । नेपाली खेलाडीहरू पनि यी चार विधामा पाेख्त छन् भन्ने कुरा आठाैं दक्षिण एसियाली खेलमा मार्सल आर्टमा नेपाली खेलाडीहरूले पाएकाे पदकले प्रस्ट पार्दछ । मार्सल आर्टमा नेपाल त्यस समय दक्षिण एसियाली देशमै सबैभन्दा सफल देशकाे रूपमा लिइन्थ्याे ।