काठमाडौं। दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप भलिबल प्रतियोगिता यहिँ जेठ ८ गतेबाट सुरु हुने भएको छ ।
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी नगर कमिटिले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ८ बाट ११ गतेसम्म हुने जानकारी गराएको छ ।
नैकापस्थित न्यू डायमण्ड एकेडमीको खेल मैदानमा हुने प्रतियोगितामा विभिन्न १० स्कुलका छात्रा टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक कुमार राईले जानकारी गराए । सहभागी १० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा न्यू डायमण्ड 'ए' र परोपकार आदर्स मा.बिबीच खेल हुनेछ । प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछ ।
यस्तै भलिबल दिवसको अवसरमा न्यू डायमण्ड एकेडमी र एक विभागीय टिमबीच सेलिब्रेसन खेल हुने पनि आयोजकले जनाएको छ ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको समूह चरण र क्वाटरफाइनल खेल बेस्ट अफ थ्री तथा सेमिफाइनल र फाइनल खेल बेस्ट अफ फाइभको आधारमा खेलाइनेछ।
प्रतियोगिताको विजेताले नगद ६० हजार हात पार्नेछन् भने उपविजेताले ३० हजार पाउनेछन्। यस्तै तेस्रोले १५ तथा चौथोले १० हजार हात पार्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय र विधागत उत्कृष्टहरुले समान १/१ हजार पाउने छन् ।
भलिबलले नेपालको राष्ट्रिय खेलको मान्यता पाएको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी नगर कमिटिले गत वर्षबाट यस प्रतियोगिता गर्न थालेको हो ।
सरकारले भलिबललाई बिस २०७४ साल जेठ ८ गते राष्ट्रिय खेलको मान्यता दिएको थियो ।
खेल तालिका :