डिएन घिसिङ, काठमाडाैं, १७ भदाै – वि.सं. २०३९ साल तिरको कुरा हो, राजधानीको कमलपोखरीस्थित आफ्नै बुबाको गाडी ग्यारेजमा जल्दो बल्दो ठिठो मानिने उमेश कटवाल काम गर्थे, त्यही ग्यारेजमा सधै जसो आउने नेपाली बक्सिङका भीष्म पिताह लक्षम्ण शम्सेर थापाले तिम्रो ज्यान ठिक छ, बक्सिङ खेल्छाै भन्ने एक उक्तिले उमेशको खेलजिबनको कायपलट गरिदियो ।
स्वदेशमा क्षेत्रीय तथा राष्ट्रियस्तरका प्रतियोगितामा वैल्डर वैटमा दर्जनौं स्वर्ण पदक हात पारे । उनको स्टेन्ट पञ्चले धेरै प्रतिस्पर्धी ठाउको ठाउमा नकआउट हुन्थे । अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताहरु रुस, भारत, पिलिपिन्स, सिङ्गापुरमा खेलिसकेका छन् । उनको सबै भन्दा उत्कृष्ट खेल सन १०९४मा थाइल्यान्डमा भएको विश्व बक्सिङ च्याम्पिनसिप अन्तर्गत ताइवानका खेलाडीलाई पराजित गर्दा पाएको वाइ वाइ थियो ।
पाँचौं साग गेम्श पाकिस्तान बाट मुलुकको लागि काश्य पदक भित्र्याए पछि तत्कालीन बक्सिङ सघ र खेलकुद परिषदले उनको खेलबारे चासो लिइसकेको थियो । छैठाैं साग गेम्श बंगलादेशमा लगभग स्वर्ण पाइसकेका उनले निर्णायकहरुको गलत निर्णयले रजतमा चित्त बुझाउनु परेको थियो ।
उनी सम्झदै "गोल्ड जित्यो भनेर लक्षमन गुरुले रिङ भित्रै आएर मलाई उठाएर खुशियालीमा उठाउनु भयो तर खै तेहि बेला मेन रेफ्रीलाई चित्त बुझेन छ त्यही भएर अर्को प्रतिस्पर्धीलाई स्वर्ण घोषना गर्यो।" सो कुरा मिडियाले पनि अन फेयर डिसिजन बारे खबरप्रकाशित गरेको थियो । उनले ११औ एसियाली गेम्श चाइना र १२औ एसियाली गेम्श जापानमा समेत सहभागी जनाईसकेका हुन् ।
बुबा हरिबहादुर कटवाल र माता कृष्ण कुमारी कट्वालको कोख बाट २०२६ सालमा कीर्तिपुरको भाजगलमा जन्मेका उमेश नेपाली बक्सिङका निडर खेलाडीको रूपमा चिनिन्छन् । एक कुशल खेलाडी हुँदै प्रशिक्षक र निर्णायकको रूपमा स्थापित भएका उमेश प्रतिभाशाली खेलाडी उत्पादनमा सक्रिय छन् ।
हाल नेपाली सेनाको विभागिय टिमको कोचको रुपमा रहेका प्रशिक्षक उमेश गत हप्ता सम्पन्न एशियाली खेल भन्छन् "नेपाली खेलाडीहरुले पदक ल्याउन नसक्नु प्राविधिक तयारीको कमजोरी हो" अगाडि भन्छन् "नेपाली बक्सरहरु प्रतिद्वन्दीको मुम्भमेन्टलाई फलो गर्न सकेन त्यस कारण पदकबाट बञ्चित भए ।" नेपाली खेलकुदमा उमेश जस्ता प्रभावशाली प्रशिक्षकहरु आबद्द गर्न सके मुलुकले पदकको खडेरी बेहोर्नु नपर्नेमा आशा गर्न सकिन्छ ।