Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • २२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, साउन ११, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित खेलाडी सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ आगामी भदौ २९ गते पोखरामा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हरेक वर्ष हुने अवार्ड कार्यक्रम २२औं संस्करणमा आएर पहिलो पटक काठमाडौं बाहिर हुन लागेको हो ।

अवार्डको आयोजनाका लागि शुक्रवार आयोजक मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबिच प्रायोजक सम्वन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे । विगत १७ वर्षदेखि नियमित रुपमा मुख्य प्रायोजन गर्दै आएको गोल्छा ग्रुपले ५ वर्षको सम्झौता थप गरेको हो ।

सम्झौता अनुसार गोल्छा ग्रुपले नगद र जिन्सी गरी ४० लाख रुपैयाँ बराबरको प्रायोजन गर्नेछ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले नेपाली खेलकुदको दायरा फराकिलो भइरहेको अवस्थामा स्पोर्ट्स अवार्डलाई देशव्यापी फैलाउने उद्देश्यले पर्यटनको राजधानी पोखरामा अवार्ड आयोजना गर्न लागेको जानकारी दिए । उनले भने, ‘काठमाडौँ बाहिर लैजाने तयारी केही वर्ष अगाडिदेखि नै भइरहेको थियो । सम्भावित केही शहरसँग कुराकानी गर्ने क्रममा पोखराले भ्रमण वर्ष २०२५ मनाइरहेको बेला सबै पक्ष अनुकुल बनेपछि यसपालीको स्पोर्ट्स पोखरा लान सफल भयौं ।’

एनएसजेएफका महासचिव अन्जन खड्काले यस वर्ष पनि स्पोर्ट्स अवार्डमा १० विधा समावेश गरिएको जानकारी दिए । स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ दि इयर विधा रहेको छ । जसमा उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ५ विधाका खेलाडीले पल्सर मोटर साइकल प्राप्त गर्ने छ । त्यस्तै स्पेशल, लाइफटाइम अचिभमेन्ट, टिम अफ द इयर र पारा एथलेट सम्मानका विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

महासचिव खड्काले भोटिङ मार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयनका साथै वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने जानकारी दिए ।

स्पोर्ट्स अवार्डमा पल्सरको निरन्तरता

नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा ग्रुप बिच अवार्डकै लागि सहकार्य भएको यो १७औं बर्ष हो । गोल्छा समूहका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले १७ वर्षको यो सहकार्य नेपालकै लामो साझेदारीमध्ये एक भएको बताए । उनले भने, “यसले दुई संस्थाबीचको प्रतिबद्धता र विश्वास देखाउँछ, त्यसैले पनि एनएसजेएफसँग आवद्ध हुन पाउँदा गर्व महसुस हुन्छ ।” कार्यकारी निर्देशक गोल्छाले फुटबल लिग, क्रिकेट लिग तथा विभिन्न ग्रासरुट प्रोजेक्टमा पनि सहकार्य गरेर गोल्छा समूहले नेपाली खेलकुदमा आफ्नो उपस्थिति देखाइरहेको बताए ।

सो कार्यक्रममा एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले कुनै पनि संस्थाले २२ वर्षसम्म एउटै कार्यक्रम गर्नु अझ एउटै प्रायोजकसँग १७ वर्षको सहकार्य दुलर्भ रहेको बताए । उनले खेलकुद पत्रकार मञ्चले यो अवार्ड कार्यक्रम गरेर खलाडीलाई सम्मान गरिरहँदा खेल पत्रकारहरु पनि सम्मानित भएको महुसस हुने गरेको बताए ।

गतवर्ष पुरुषतर्फ क्रिकेटका रोहित पौडेल, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ भारोत्तोलनका हेमन्त पाल र प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठले अवार्ड जितेका थिए । सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले हासिल गरेकी थिइन् ।

स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई, पारा एथलिट सम्मानबाट पारा ओलम्पिककी कांस्य विजेता पलेशा गोवर्धन, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट दक्षिण कोरियाका ही डोङ जोङ र लाइफटाइम एचिभमेन्ट अवार्डबाट नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डेलाई सम्मानित गरिएको थियो । एसियाली खेलकुदमा ऐतिहासिक कांस्य जितेको महिला कबड्डी टोलीलाई टिम अफ द इयरबाट सम्मानित गरिएको थियो ।


प्रकाशित मिति: शनिबार, साउन ११, २०८२  ०९:१५
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु बिहीबार, वैशाख ३, २०८३
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा बुधबार, वैशाख २, २०८३
क्लाइम्बिङ टोली चीन जाने
क्लाइम्बिङ टोली चीन जाने शुक्रबार, चैत २०, २०८२
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल मंगलबार, चैत १७, २०८२
पौडी पोखरीको निरीक्षण
पौडी पोखरीको निरीक्षण बुधबार, चैत ४, २०८२
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न आइतबार, चैत १, २०८२
राखेप सदस्य टमाटा सम्मानित
राखेप सदस्य टमाटा सम्मानित आइतबार, चैत १, २०८२
Navodit College Navodit College
ताजा समाचार
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन खेलकुद मञ्‍च
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित खेलकुद मञ्‍च
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस खेलकुद मञ्‍च
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन खेलकुद मञ्‍च
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रेल रेसको उपाधि
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रेल रेसको उपाधि
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन
आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
टेनिस टोली श्रीलंका प्रस्थान
टेनिस टोली श्रीलंका प्रस्थान
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन शनिबार, वैशाख १२, २०८३
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस शनिबार, वैशाख १२, २०८३
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित शनिबार, वैशाख १२, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्