Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • ऐतिहासिक रजत विजेता करातेकी एरिकालाई सम्मान
ऐतिहासिक रजत विजेता करातेकी एरिकालाई सम्मान
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च सोमबार, असोज २९, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई सोमबार २ लाख नगदसहित सम्मान गरेका छन् ।

चीनको हाङझावमा भएको एसियाली खेलकुदमा कराते टोलीका व्यवस्थापक समेत रहेका वैद्यले हाङझाव एसियाडमा कारते खेलाडीले पदक जिते व्यक्तिगत नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए । पूर्व घोषणा बमोजिम वैद्यले एरिकालाई पाटनस्थित अशोक हलमा आयोजित एक कार्यक्रमबीच नगद पुरस्कार प्रदान गरेका हुन् ।

एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाएकी हुन् । एसियाली खेलकुदमा नेपालले करातेमा पहिलोपटक रजत पदक जितेको हो । हाङझाव एसियाडमै नेपालले दुई पदक जितेको थियो । महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो ।

एरिकाले सेमिफाइनलमा हङकङकी यानकाई होलाई ८–४ अंकले हराउँदै स्वर्ण भिडन्त पक्का गरेकी थिइन् । फाइनलमा भने एरिका काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अंकले पराजित भइन् । त्यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् ।

एसियाडको इतिहासमा एरिकाकोसहित नेपालको समग्रमा तेस्रो रजत पदक हो । एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई पहिलो रजत पदक दिलाएकी थिइन् । सविताले सन् १९९८ को बैंकक एसियाडमा व्यक्तिगत स्पर्धामा रजत जितेकी थिइन् ।

त्यस्तै इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदको प्याराग्लाइडिङमा नेपाली पुरुष टोलीले टिम स्पर्धामा रजत पदक जितेको थियो । एसियाडको कारतेमा एरिकाअघि समरबहादुर गोले, सीताकुमारी राई र विमला तामाङले कांस्य पदक जितेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जन, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र वैद्यले एरिकालाई नगद, प्रशंसा पत्र र पुष्पगुच्छा प्रदान गरी सम्मान गरेका थिए । सो अवसरमा एसियाडको करातेमा सहभागी खेलाडी र प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रमको अवसरमा सदस्य–सचिव घिसिङले यो सम्मान सुरुआत मात्र भएको बताउदै सरकारले दिने नगद पुरस्कार पनि छिट्टै प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । ‘आजको यो सम्मान सुरुआत मात्र हो । व्यवस्थापकबाटै सुरुआत भएको छ । यसलाई शुभ मान्नु पर्छ । एसियाडमा रजत जित्ने खेलाडीलाई कानूनमा व्यवस्था भए बमोजिमको १९ लाख ५० हजार नगद पुरस्कार पनि सरकारबाट छिट्टै एरिकाले पाउनु हुनेछ ।’ सदस्य–सचिव घिसिङले भने– ‘पुरस्कारले खेलाडीलाई उर्जा त थप्छ नै । खेलाडीले पुरस्कारलाई उर्जाका साथै जिम्मेवारी पनि थपिएको छ भन्ने महशुस गर्नु पर्छ ।’

बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जनले एरिकाले हासिल गरेको सफलताले सिंगो राष्ट्रलाई खुशी तुल्याएको धारणा व्यक्त गरे । कराते महासंघका अध्यक्ष युवराज लामाले यदि थप सफलता हासिल गर्ने हो भने २० औं एसियाली खेलकुदको तयारीका लागि अहिलेदेखि तयारीमा जुट्नु पर्नेमा जोड दिए ।

ऐतिहासिक रजत विजेता १९ वर्षीया एरिकाले सम्मानित भएपछि भनिन्– ‘मैलै जितेको पदक मेरो भन्दा पनि पहिले राष्ट्रको हो । राष्ट्रिय खेलकुद परिषद्को हो । नेपाल कराते महासंघको हो । सारा नेपालीको हो । मेरो टिमको  हो । अनि त्यसपछि मात्र मेरो पदक हो । सहयोगका लागि राष्ट्रिय खेलकुद परिषद् र कराते महासंघलाई धन्यवाद । सम्मानले थप खुशी बनाएको छ । आगामी दिनमा अझ सफलता हात पार्न प्रेरित गरेको छ ।’ एरिकाले व्यवस्थापक वैद्यको सहयोगको पनि खुलेरै प्रशंसा गरिन् ।

नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले एरिकाको सफलताले नयाँ खेलाडीलाई पनि खेलमा लाग्न अभिप्रेरित गर्ने बताउदै नेपाली खेलाडीले पनि अवसर पाए सफलता हासिल गर्न सक्छन् भन्ने उदहारण एरिकाले प्रस्तुत गरेको बताए ।


प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १९:१०
#Karate
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
रसिलाद्वारा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी रक्षा
रसिलाद्वारा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी रक्षा शनिबार, पुस २६, २०८२
खुशी, प्रतिभा र सोयालाई स्वर्ण
खुशी, प्रतिभा र सोयालाई स्वर्ण शनिबार, पुस २६, २०८२
पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन शनिबार, पुस २६, २०८२
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित शुक्रबार, पुस २५, २०८२
जुडोको रेफ्री सेमिनार सम्पन्न
जुडोको रेफ्री सेमिनार सम्पन्न बिहीबार, पुस २४, २०८२
अन्तर वडा टेबलटेनिस : सुर्जलाई स्वर्ण
अन्तर वडा टेबलटेनिस : सुर्जलाई स्वर्ण बिहीबार, पुस २४, २०८२
बिष्णु र भोज अन्तिम आठमा
बिष्णु र भोज अन्तिम आठमा बिहीबार, पुस २४, २०८२
Navodit College Navodit College
ताजा समाचार
रसिलाद्वारा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी रक्षा
रसिलाद्वारा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी रक्षा खेलकुद मञ्‍च
खुशी, प्रतिभा र सोयालाई स्वर्ण
खुशी, प्रतिभा र सोयालाई स्वर्ण खेलकुद मञ्‍च
पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन खेलकुद मञ्‍च
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित खेलकुद मञ्‍च
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा
आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा
महिला सिंगल्समा ममतालाई स्वर्ण
महिला सिंगल्समा ममतालाई स्वर्ण
ओप्स खेलकुद महोत्सव बिहीबारदेखि
ओप्स खेलकुद महोत्सव बिहीबारदेखि
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन शुक्रबार, पुस २५, २०८२
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित शुक्रबार, पुस २५, २०८२
केएमसी बास्केटबल आइतबारदेखि
केएमसी बास्केटबल आइतबारदेखि शुक्रबार, पुस २५, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्