डिएन घिसिङ
काठमाडाैं, १२ साउन – चाइनिज मार्सल आर्ट्सका रुपमा सन्सारभर प्रख्यात रहेको छ, उसु खेल। चीनमा सप्पन्न सन १९९०को एसियन गेम्सबाट प्रवेश पाएको उसुखेलले १८औ एसियाली सस्करण सम्म आइपुग्दा नियमित पाएको छ ।
सन २००८ मा सम्पन्न बेजिङ्ग ओलम्पिकमा समेत चर्चा पाएको उसुले अन्तर्राष्ट्रिय उसु सघको प्राविधिक समस्या भएको भन्दै घरेलु मैदानमा प्राविधिक कारण दर्साउदै सहभागी गराउन सकेन।
एसियाली क्षेत्रीय महासघमा निक्कै राम्रो प्रभाव जमाउन सफल उसुले पश्चिमी मुलुकमा भने बिकासको रफतार बडाउँदै गैरहेको छ। नेपालको चुनौती र संभावना । स्थापनाको लगभग ३दशक भन्दा बडी भैसकेको नेपाली उसुको कहानि अलि फरक छ।
नेपाली उसुका प्रणेता प्रनिल ध्वज कार्किको पहलमा भित्रीएको उसुखेलले रास्ट्रीयस्तरमा दर्जनौ प्रतियोगिता आयोजना गर्नुका साथै नियमित अन्तर्राष्ट्रिय प्रतियोगिताक्षेत्रीय, एसियाली, विश्वप्रतियोगिता एवम् मल्टीस्पोट्समा जस्ता मह्त्वपुर्ण खेलमा समेत सहभागी जनाइसकेका छन् ।
उसुखेलको लोकप्रियता मुलुकभित्र मात्र नभई नेपाली प्रणेताकै पहलमा क्षेत्रीय सार्क समिति गठन गरेर सुरुवाती पहलमा नेपाल उसुखेलमा अब्बल साबित भएको प्रमाणित गरिसकेका छन्। एसियाली क्षेत्रीयस्तरमा साफ च्याम्पियनसिप र साग गेम्श खेलाडीहरुको स्तर मापन गर्ने प्रमुख आधार हो।
नेपाल उसुमा साग मुलुक मध्ये पहिला भित्रिएको खेल हो। भारत ,पाकिस्तान ,बगलादेश लगाएतले नेपाली प्रशिक्षक नै लगेर खेलाडी स्तर वृद्धि गर्न होड्बाजि गर्थे। अहिले उनिहरुले चाइनाका क श्रेणीका प्रशिक्षकहरुलाई प्रशिक्षकको रूपमा अनुबन्ध गर्द्छ।
पछिल्लो सस्करणमा साग गेस्म र अन्तर्राष्ट्रिय र्याकिङ्गमा मुलुक यति कम्जोर किन, सर्बत्र खेलबृतमा चर्चा हुने गरेको छ। नेपाल उसु सघ स्थापना देखिनै प्रमुख प्रशिक्षकको हाइ कमान्डमा संचालित थियो।
सघंका पदाधिकारी औपचारिकता मात्रै सिमित रहन्थ्यो।प्रजातन्त्रको उदयपश्चात् खेलकुदमा व्यापक हेरफेर सगै राखेपका सदस्यसचिबको सधै उसुखेललाई इन्ट्रेस्टको विषय बनाइन्थ्यो।
पहिलो पुस्ता र तेस्रो पुस्ता बिचको वाक युद्ध सबै भन्दा विडम्बना हुन्थ्यो उसुमा । दोस्रो पुस्ता अर्थात लगभग ३दर्जनको हाराहारीमा परिषदकै कर्मचारीको हैसियतमा कृयासिलता रहने गर्दछ। उसुका पहिलो पुस्ता अर्थात सस्थापकहरुलाई बायस गर्ने नितिअनुरुप राजनीतिको दाउपेज पछिल्लो दिनमा ब्यापकता पाएको थियो।
यसै मारमा थिल थिल बनेको उसुले १२औं साग गेम्समा मुलुक लागि स्वर्ण दिलाए।अन्यखेलको तुलनामा उसुखेल चर्चा हुन सकेन ।स्वर्ण पदकधारी निमा गर्ती मगर उमेर र प्राबिधिक हिसाबले समेत अब्बल हुदाहुदै उनलाई पर्याप्त वैदेशिक प्रशिक्षणको मौका दिलाउन सकिएन।आसन्न १८औ एसियाली खेलको तयारी कै लागि भनेर उसुखेलाडीहरुलाई चाइना प्रशिक्षणको ब्याबस्था मिलाएको छ।
११औ साग गेम्शबाट उसुको सान्सौ बिधामा स्वर्ण प्राप्त गरेका राजकुमार रसाइली भन्छन " खेलाडी राजनीति गर्न हुदैन भन्छ्न तर कहिलेकाही जबर्जस्त ट्याकले प्रशिक्षक र ब्याबस्थापकको अन्तरद्वन्दमा पर्दा खेलाडीलाई कठिन हुन्छ।" अन्तर्राष्ट्रिय पदकको संभावना कसरी भन्ने जिज्ञासमा उसुखेलका प्रशिक्षकहरु भन्छ्न अन्तर्राष्ट्रिय उसुको प्राविधिक नीति परिवर्तन भैरहने हुदा मुख्यालय कै प्राबिधिकहरुलाई अनुनय गरेर योजना मुताबिक तालिमको व्यवस्थापन गर्न सके पदकको खडेरी हुने थिएन।
नेपाल उसु सघको सयोजकमा राखेपका सदस्य सचीवको नेतृत्वमा ९सदस्यीय समिति रहेको छ। आगामी दिनमा हुने निबार्चनले उसु खेललाई नजिकबाट बुझ्ने र बिकासे निति अबलम्बन गर्न सक्ने पदाधिकारी भएमा उसुखेलको भबिस्य सुनौलो रहेको खेलबृदमा चर्चा हुने गरेको छ।