काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यता तथा नेपाल बक्सिङ महासंघका अधक्ष्य राम अवालेको अध्यक्षतामा नेपाल बक्सिंङ महासंघको विशेस साधारण सभा ललितपुरमा सम्पन्न भएको छ ।
देश भरिका विभिन्न प्रदेश र जिल्ला बक्सिङ संघका १२४ प्रतिनिधिहरूले भाग लिएको उक्त बिशेष साधारण सभाको समुद्घाटन गर्दै सदस्य सचिव घिसिंङले आफ्नो कार्यकालमा नजकिबाट बक्सिङलाई हेर्ने अवसर पाएको कुरा बताउदै गर्विलो ईतिहास बोकेको बक्सिङले अझै एकताबद्धका साथ योजनाबद्ध भएर अगाडी अझै ठूलो सफलता हासिल गर्नु पर्ने जानकारी गराएका थिए ।
अधिवेशनको पहिलो सत्र उद्घाटनमा बक्सिंग खेलका पुर्व अध्यक्षहरू तथा विभिन्न बिशीष्ट अतिथिहरूलाई पनि आमन्त्रित गरिएको थियो। त्यसैगरी विशेष अतिथिहरूमा पूर्व अध्यक्ष विष्णु गोपाल श्रेष्ठ, उमेश मास्के, रवि राज थापा, खेलकुद परिषद्का प्रशिक्षण तथा कोचिङ विभाग निर्देशक विष्णु बहादुर सिंह, राष्ट्रिय टोली तयारी विभाग निर्देशक दीपक बिष्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, पूर्व प्रमुख प्रशिक्षक प्रचण्ड शर्मा, प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, बक्सिङ ओलम्पियन मान बहादुर श्रेष्ठ रहेका थिए ।
देश भरिका नेपाल बक्सिङ महासंघका साधारण सभा सदस्यहरू, खेलाडीहरू, विभिन्न क्लबहरूका संचालकहरू, खेल पत्रकारहरू उक्त साधारण महासभामा सहभागी भए । महासंघको उदघाटन सत्रमा महासचिव मान भण्डारीले पछिल्लो २ वर्षमा महासंघले गरेका विभिन्न गतिबिधिहरू तथा आगामी योजनाहरूका विषयमा आफ्नो कार्यपत्र प्रस्तूत गर्नु भएको थियो भने कोषाध्यक्ष गौतम सुजखुले पछिल्ला २४ महिनाका आर्थिक प्रतिवेदन प्रस्तूत गर्नु भएको थियो ।
वल्र्ड बक्सिंगको सदस्यताका लागि बिधान संसोधनको मुख्य एजेन्डामा केन्द्रित रहेर आयोजित उक्त बिशेष साधारण संभाका सम्पूर्ण सहभागी सदस्यहरुले उक्त प्रस्तावलाई समर्थन गरेका थिए । सहभागी प्रतिनिधीहरुका तर्फबाट बक्सिङ्ग बिकासका लागि प्राप्त लिखित तथा मौखिक सुझावहरुलाई टिपोट गरि कार्यान्वयनमा ल्याउने कुरा जानकारी महासंघका सूचना अधिकारी तथा सचिव पुष्करराज पन्तले जानकारी गराउनु भयो ।
अन्तमा महासंघका अध्यक्ष राम अवालेले सहभागी सवै जनालाई छोटो समयको आमन्त्रणमा पनि बक्सिङ विकासका लागि एकता देखाएर उपस्थित भई कार्यक्रम सफल बनाएकोमा धन्यबाद ज्ञापन गरेका थिए ।