दाजु कृष्णप्रसाद रोकायको प्रेरणाले खेलकुदतर्फ आकर्षित भएका उनले चौध वर्षको उमेरवाट खेल्न थालेका थिए । कलिलो मस्तिष्क कुन खेल रोज्ने कुराको ंिंद्वविधा भएपनि उनले दाजु एथलेटिक्स खेल्ने भएकोले एथलेटिक्सलाइ नै आत्मसात गरेका थिए । विद्यालयवाट आफ्नो खेलकुदको भविष्य शुभारम्भ गरेका उनले विद्यालयस्तरका प्रतियोगितामा एकछत्र राज गर्न सफल भएका थिए। विद्यालयस्तरमा पाएको अकल्पनिय सफलताले सानो उमेरमै उनलाइ कर्णाली जिल्लामा परिचित गराउनुको साथै जिल्लाको हिरो समेत बनेका थिए। यसरी सानो उमेरमा पाएको सफलताले उनमा नयाँ जोस जागर भरिदिएको थियो । यो भन्दा उत्कृष्ट प्रदर्शन गर्ने प्रेरणा मिलेको थियो । जस्लाइ उनले वास्तविकतामा बदल्न अथक मेहनत गरेका थिए । त्यही अथक मेहनत र परिश्रमका कारण आज उनी नेपालका चर्चित राष्ट्रिय खेलाडी मात्र नभै किर्तिमानी पुस्तक गिनिज बुक अफ द वल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन । उनी हुन विकट कर्णालीका नेपाली ‘हिरो’ हरिबहादुर रोकाय । एथलेटिक्स एकल खेल भएकोले आफ्नो प्रतिभा देखाउन पाइने कुरालाइ आत्मसात गर्दै हरिको पहिलो रोजाइमा एथलेटिक्स परेको थियो । एथलेटिक्समा केही गरेर देखाउने मनभित्रको चाहनालाइ पुरा गर्न उनले सर्वप्रथम आफुलाइ वीरेन्द्र शिल्ड प्रतियोगितामा होमिका थिए । शुभारम्भमा नै ४ सय, ८ सय र १५ सय मिटरमा सहभागिता दिएका हरिले उक्त तिनै समुहमा प्रथम स्थान हासिल गर्न सफल भएका थिए । स्कुले जीवनमा तीन पटक वीरेन्द्र शिल्ड खेल्न भ्याएका हरिले तिनै पटक आफुले सहभागिता जनाएका प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरेर किर्तिमान समेत कायम गरेका थिए । यसरी जिल्लास्तरिय प्रतियोगितामा पाएको सफलताले उनको जिवनमा नौंलो तरङ्ग उत्पन्न भएको थियो । हरिलाइ अब जिल्लामा नभै राष्ट्रियस्तरमा तहल्का मच्चाउने सोच पलाएको थियो । यही कुरालाइ लक्ष्य बनाउँदै हरिले निकै रगत पसिना सुकाएका थिए ।
कर्णालीवाट विसं २०३९ सालमा काठमाण्डौं झर्ने क्रममा हरिले पहिलो पटक एथलेटिक्सको राष्ट्रिय जुनियर च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने मौका पाएका थिए । जिल्लावाट पहिलो पटक काठमाण्डौं आएको र राजधानीको सम्पन्नताले उनको मन निकै चंचल बन्न पुगेको थियो । सपनामा पनि नदेखेको रंगिन दुनियामा प्रबेश गर्दा उनले निकै अफठेरोको अनुभव गरेका थिए । गृह जिल्ला जुम्लाको सानो मैदानमा दौडिरहेका उनलाइ दशरथ रंगशाला निकै बिशाल लागेको थियो । दशरथ रंगशालामा दौडिदा उनको मन अशान्त हुनुको साथै खुट्टा काँपेका थिए, र पनि, उनले हिम्मत नहारि १५ सय मिटरको दौडमा प्रतिस्पर्धा गरेका थिए । राष्ट्रियस्तरको पहिलो प्रतिस्पर्धामा हरिले कुनै चमत्कार देखाउन नसकेपनि चौथो स्थान प्राप्त गरेर भविष्यको ढोका खोल्न भने सफल भएका थिए ।
त्यसको एक वर्षपछि हरिले विसं २०४० सालमा दोश्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने मौका पाएका थिए । लामो दुरी दौडन मन पराउने उनले उक्त प्रतियोगितामा पाँच हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय प्रतियोगितामा अलि निडर देखिएपनि उनले यहाँ पनि चौथो स्थानमै चित्त बुझाउनु परेको थियो । त्यसको एक वर्षपछि विसं २०४१ सालमा दाङमा भएको राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा हरिले १५ सय र पाँच हजार मिटरमा दौडेका थिए । उक्त दुबै समुहमा तेश्रो स्थान हासिल गरेर उनी कर्णाली अंचललाइ पहिलो पटक राष्ट्रियस्तरमा पदक दिलाउने पहिलो खेलाडी बन्न पुगेका थिए । यसरी राष्ट्रिय स्तरमा पहिलो पटक जितेपछि निकै उत्साहित बनेका हरिले विसं २०४३ सालमा बिरगंजमा भएको तेश्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए । कर्णाली अंचलवाट १ सय ७२ जना खेलाडीहरुले सहभागिता रहेको उक्त राष्ट्रिय प्रतियोगितामा हरिले पाँच हजार मिटरमा प्रतिस्पर्धा गरेका थिए । यो प्रतियोगितामा अन्य सवै खेलाडी पदक जित्न असफल भएपनि हरिले काश्य पदक जितेर कर्णाली अंचलको नाक काटिनबाट बचाएका थिए ।
यसरी राष्ट्रियस्तरमा पदक जित्ने क्रम दोहरिदा हरिको आत्मविश्वास निकै बढेर गएको थियो । उनलाइ यो भन्दा राम्रो गर्ने जोस जागर पलाएको थियो । तसर्थ उनले दिनरात एउटै बनाएर कडा अभ्यासमा जुटेका थिए । मेहनतको फल मीठो हुन्छ भने झैं सोही साल अर्थात विसं २०४३ मा काठमाण्डौंंमा भएको २७ औं एथलेटिक्स राष्ट्रिय प्रतियोगितामा हरिले पाँच हजार र दस हजार मिटरमा सहभागिता जनाएका थिए । हरिको जिवनमा निकै खुशी ल्याएको यो प्रतियोगितामा उनले पाँच हजारतर्फ स्वर्ण र दस हजारतर्फ रजत पदक जित्न सफल भएका थिए । यो जितसंगै हरि कर्णाली अंचललाइ स्वर्ण र रजत पदक दिलाउने पहिलो खेलाडी बनेका थिए । यसरी खारिदै गएको मेहनत र बढदै गएको आत्मविश्वासले हरिलाइ सफल खेलाडी बनाँउदै लगेको थियो ।सोही कुरालाइ आत्मसात गर्दै हरि नयाँ चुनौंति र केही गरेर देखाउनु पर्छ भन्ने भावनाका साथ विसं २०४४ सालमा बिरगंजमा भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा होमिएका थिए । उक्त प्रतियोगितामा हरिले पाँच हजार, दस हजार र ३५ किमी (हाप म्याराथन) मा प्रतिस्पर्धा गरेका थिए । हरिले उक्त तिनै विधामा स्वर्णपदक जितेर नौंलो किर्तिमान कायम गरेका थिए । यसरी यो प्रतियोगितामा पाएको सफलताले हरिको नाम कर्णाली अंचलमा मात्र नभै राष्ट्रियस्तरमा पनि गुन्जिन थालेको थियो । उनी राष्ट्रियस्तरमै एक सफल खेलाडीको रुपमा परिचित हुन पुगेका थिए ।
एथलेटिक्समा आफ्नो सशक्त पहिचान बनाउन सफल भएपछि हरिले राष्ट्रियस्तरका प्रतियोगिताहरुमा कहिल्यै दोश्रो हुनु परेन । विसं २०४५ सालमा महेन्द्रनगरमा आयोजना भएको एथलेटिक्स प्रतियोगितामा १५ सय, पाँच हजार र दस हजार मिटरमा स्वर्ण पदक जित्नुका साथै जावलाखेलमा प्रत्येक वर्ष आयोजना गर्ने २७ किमी दौडमा तीन पटक लगातार प्रथम स्थान हासिल गरेर किर्तिमान बनाउन पनि सफल भएका थिए । लामो दुरीका खेलमा पाएको लगातार सफलता पश्चात हरिले विसं २०४६ सालमा झापामा भएको एथलेटिक्स प्रतियोगिताको म्याराथनतर्फ पहिलो पटक सहभागिता जनाएका थिए । म्याराथनतर्फ पहिलो सहभागितामै प्रथम स्थान हात पारेपछि हरिले म्याराथनलाइ नै आफ्नो पहिलो रोजाइमा राखेका थिए । हरिले नेपालमा आयोजना भएको काठमाण्डौं म्याराथनमा तीन पटक दौडिने अवसर पाएका छन्। जस्मा प्रथम स्थान हासिल गर्न नसकेपनि काठमाण्डौं म्याराथनमा एक पटक दोश्रो र दुइ पटक तेश्रो स्थान भने हात पारेका छन । राष्ट्रियस्तरमा पाएको सफलताले हरिको अन्तराष्ट्रियस्तरमा साइनो गाँसिनु स्वभाविकै थियो । सो क्रममा उनले सन १९८५ मा इन्डोनेसियामा आयोजना भएको एसिया एथलेटिक्स प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन पाएका थिए । उक्त प्रतियोगिताको पाँच हजार मिटरमा प्रतिस्पर्धा गरेका हरिले २८ जनामा १५ औं स्थान हासिल गरेका थिए । त्यसपछि बंगलादेशको ढाकामा भएको एसियन एथलेटिक्स प्रतियोगितामा पाँच हजार मिटरमा सहभागिता जनाएका हरिले चौथो स्थान हासिल गरेका थिए । अन्तराष्ट्रिय सहभागिता बाक्लिदै गएपछि हरिले थाइल्याण्डको बैङ्ककमा भएको अन्तरक्लब आमन्त्रण एथलेटिक्समा उत्कृष्ट प्रदर्शन गर्दै मुलुकको मान सम्मान र प्रतिष्ठा अन्तराष्ट्रमा स्तरमा उच्च पार्न सफल भएका थिए । हरिले उक्त प्रतियोगिताको पाँच हजार, दस हजार र १६ सय रिलेमा सहभागिता जनाएकोमा पाँच र दस हजार तर्फ स्वर्ण र रिलेमा काँश्य पदक जितेका थिए । त्यस्तै सिंगापुरमा भएको आमन्त्रण एथलेटिक्स प्रतियोगितामा पनि हरिले पाँच र दसहजारतर्फ क्रमसः दोश्रो र तेश्रो स्थान हासिल गरेका थिए । यसैगरि भारतको कोलकोतामा भएको तेश्रो साफ गेममा पाँच हजार मिटरतर्फ काँश्य पदक जितेका हरिले पाकिस्तानमा भएको चौथो साफमा भने चौथो स्थानमै चित्त बुझाउनु परेको थियो ।
सन १९८६ मा दक्षिण कोरियाको सिउलमा आयोजना भएको एसियाली खेलकुदमा १० हजार मिटरमा सहभागिता जनाएका हरिले उक्त प्रतियोगितामा कुनै चमत्कार देखाउन सकेनन् । एसियन गेममा उनको सहभागितानै ठूलो उपलब्धि बन्यो । तर सन १९८८ मा सिउलमै आयोजना भएको ओलम्पिकमा भने उनले १० हजार मिटरमा राष्ट्रिय किर्तिमान तोड्न सफल भएका थिए । त्यसपछि सन १९९२ मा स्पेनको बार्सिलोनामा आयोजना भएको ओलम्पिक खेलकुदमा हरिले म्याराथनमा सहभागिता जनाउन पाएका थिए । पदक जित्नुभन्दा पनि राष्ट्रिय किर्तिमान तोडने उद्देश्य लिएका हरिले उक्त ओलम्पिकमा ७० औं स्थान भने हासिल गर्न सफल भएका थिए । त्यसपछि उनले आफ्नो सारा ध्यान म्याराथनतर्फ नै केन्द्रित गरेका थिए ।
विसं २०२२ सालमा बुवा कर्णबहादुर र आमा उमादेवी रोकायका कोखवाट जन्मिएका हरिले सन १९८७ मा पहिलो पटक अन्तराष्ट्रिय सिङ्गापुर म्याराथन दौडिने अवसर पाएका थिए । जस्मा उनी नवौं स्थान रहन सफल भएका थिए । पहिलो म्याराथनवाट हौसिएका हरिले सन १९८९ मा मलेसियामा भएको मलेसिया म्याराथनमा तेश्रो स्थान हात पार्न सफल भएका थिए । यो म्याराथनमा तेश्रो स्थान हासिल गरेवापत उनले सात सय अमेरिकि डलर पनि पुरस्कार स्वरुप हात पारेका थिए । तर विडम्वना अन्तराष्ट्रिय म्याराथनमा पदक जित्दा पनि खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले कुनै सम्मान नगर्दा हरिले निकै कुठाराघात भएको बताए । त्यसपछि सन १९९३ मा नेपालमा भएको एभरेष्ट म्याराथनमा हरिले सहभागिता जनाएका थिए । जस्मा उनले दाश्रो स्थान हासिल गर्न सफल भएका थिए । पहिलो सहभागितामै एभरेष्ट म्याराथनमा दोश्रो स्थान हासिल गरेपछि हरिलाइ यो म्याराथन आफुले जित्नसक्ने आत्मविश्वास पलाएको थियो । यसरी दुइ वर्षको अन्तरालमा आयोजना हुने यो म्याराथनको लागि हरिले विशेष तयारी गरेका थिए । ‘तँ आँट म पुर्याउँछु’ भने झैं सन १९९५ को एभरेष्ट म्याराथनको दोश्रो संस्करणमा हरिले प्रथम हुने लक्ष्य लिएपनि यो पटक पनि दोश्रो स्थानमै चित्त बुझाउनु परेको थियो । तर हरिले हिम्मत हारेनन्, उनले आफ्नो लक्ष्यमाथि अर्जुनदृष्ट्रि लगाई रहे। फलस्वरुप सन १९९७ को तेश्रो संस्करणमा उनले प्रथम स्थान हासिल गर्दै बाजी मारिछाडे । त्यसपछि सन १९९९ मा आयोजना भएको एभरेष्ट म्याराथनमा हरिले लगातार चौथो पटक सहभागिता जनाउदै ऐतिहासिक उपलव्धि हासिल गर्न सफल भएका थिए । हरिले यो संस्करणमा विश्व किर्तिमान कायम गर्दै एभरेष्ट म्याराथन जित्न सफल भएका थिए । हरिले उक्त दुरी ३ घण्टा ५६ मिनेट १० सेकेण्डमा पार गरेका थिए । हरि भन्दा पहिले ब्रिटिस खेलाडीले ३ घण्टा ५९ मिनेट ३५ सेकेन्डमा यो दुरी पार गरेर विश्व रेकर्ड राखेका थिए । यो उपलब्धि संगै हरिको नाम गिनिज बुक अफ बल्र्ड रेकर्डमा दर्ता भएको थियो । जुन सन २००५ को संस्करणमा छापएिको छ ।
हरिले सफलतामाथि सफलता पाउँदा उनको खेल जीवनले पनि शिखर छोएको थियो । एभरेष्ट म्याराथनमा विश्व किर्तिमान कायम गरेपछि सबैको वाहवाही बटुलेका हरिले सन २००० मा पुनः आफ्नो विश्व किर्तिमान भंग गर्दै एभरेष्ट म्याराथनमा नौंलो विश्व किर्तिमान कायम गरेका थिए । यसपाली उनले ३ घण्टा ५० मिनेट २३ सेकेन्डमा दौड पुरा गर्न सफल भएका थिए । यो विजय संगै हरि एभरेष्ट म्याराथनमा ह्याट्रिक गरेका थिए । जुन किर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन । यसरी हरिले आफ्नो म्याराथनको यात्रा जारी राख्दै सन २००१ मा स्वीटजरल्याण्डमा भएको एङफ्रो म्याराथनमा सहभागिता जनाउदै आठौं स्थानमा आउन सफल भएका थिए । सन २००३ मा आयोजना भएको एभरेष्ट म्याराथन उनको अन्तिम म्याराथन बन्न पुगेको थियो । ४० वर्षभन्दा माथिको उक्त म्याराथनमा उनले प्रथम स्थान हासिल गरेर सक्रिय खेल जिवनलाइ विश्राम दिएका थिए।
हरिले आफु खेलकुदमा लागेर विश्वकिर्तिमान र राष्ट्रिय झण्डा अन्तराष्ट्रि स्तरमा फहराउन पाएकोमा निकै खुशी छन । उनले यस्तो सफलता सवै खेलाडीले चुम्न नपाउने भएकोले आफु यसमा भाग्यमानी भएको बताएका छन् । त्यसैले हरिले विश्वकिर्तिमानलाइ आफ्नो अविश्मरणीय क्षणको रुपमा आत्मसात गरेका छन् । त्यस्तै उनी पहिलो पटक कर्णाली अंचललाई पदक र स्वर्ण पदक दिलाउँदाको क्षणलाई पनि अविष्मणीय घटना मान्छन । एथलेटिक्स नेपाली खेलाडीहरुले पदक जित्नका लागि ाज्यले विशेष रुपमा पहल गनुपर्ने बताउने हरिले त्यसको लागि १६ वर्षभन्दा माथिका
खेलाडीहरुलाइ छनोंट गरेर निरन्तर चार वर्ष प्रशिक्षण गराउनु पर्ने सुझाव दिएका छन । उनले बुढा खेलाडीहरुमाथि लगानी गर्न बालुवामा पानी हालेसरि हुने बताउँदै त्यो बारेमा सम्वन्धित निकाय राखेपले बेलैमा सोच्नुपर्ने बताएका छन । वर्तमान अवस्थामा राखेपको एथलेटिक्स प्रशिक्षकको रुपमा कार्यरत हरि अहिले प्रतिभाशाली खेलाडी उत्पादन गर्न कठोर मेहनतका साथ लागेका छन । उनले उत्पादन गरेको महिला खेलाडी विश्वरुपा बुढाले राष्ट्रियस्तरमा स्वर्ण पदक जितिसकेकि छिन् ।