Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • शङ्खरापुरमा प्याराग्लाइडिङको आकर्षण बढ्दो
शङ्खरापुरमा प्याराग्लाइडिङको आकर्षण बढ्दो
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, असोज ५, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

देउराली, काठमाडौँ, ५ असोज —पर्यटन पूर्वाधारको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) मा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएपछि यहाँ प्याराग्लाइडिङ खेल यसै वर्षदेखि व्यावसायिकरुपमा शुरु गरिएको हो । 

हिमाली शृंखलाका साथै काठमाडौंँ, भक्तपुर र मेलम्चीको समेत दृश्यावलोकन गर्न मिल्ने गरी व्यावसायिक उडान शुरु भएको शङ्खरापुर प्याराग्लाइडिङ प्रालिका प्रबन्ध निर्देशक कुशल थापाले बताउनुभयो । विसं २०७० मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र स्थानीय प्रशासनको अनुमतिमा परीक्षण उडान शुरु गरेको प्रालिले यस वर्षदेखि व्यावसायिक उडान शुरु गरेको हो । 

समुद्र सतहबाट एक हजार ९०५ मिटरको उचाइमा रहेको उक्त स्थानबाट उडान भरेपछि करीब ३० मिनेटको उडानपछि शङ्खरापुर नगरपालिका–२ पटापमा अवतरण हुन्छ । 

अहिले शङ्खरापुर प्याराग्लाइडिङ प्रालि नेपालसँग १२ जना सोलो (एक्लै) र चारजना व्यावसायिक पाइलट रहेका छन् । विदेशीका लागि प्रतिव्यक्ति एकसय अमेरिकी डलर र नेपालीका लागि रु पाँच हजार ५०० शुल्क निर्धारण गरिएको छ । 

राजधानीबाट नजीकै भएका कारण पनि साहसिक खेल मानिएको ‘प्याराग्लाइडिङ’ गर्ने पर्यटक दिनप्रतिदिन बढ्दै गइरहेको शङ्खरापुर ‘प्याराग्लाइडिङ’का पाइलट अजय चौलागाईंले बताउनुभयो । 

“दैनिक छवटा ग्लाइडरमा २० भन्दा बढी उडान गराउँछौँ, आन्तरिक भन्दा बाह्य पर्यटकको चाप झनै बढ्दै गएको छ,” चौलागाईंले भन्नुभयो – “यहाँको प्राकृतिक सुन्दरताका कारण पनि यस क्षेत्रमा ‘प्याराग्लाइडिङ’ फस्टाउँदै गएको छ ।” 

प्याराग्लाइडिङबाट सुन्दर दोर्जेलाक्पा, जुगल, गणेशजस्ता हिमशृंखलाको दृश्यावलोकन गर्दै इन्द्रावती नदी भेगका वस्तीको सौन्दर्यसमेत देख्न सकिन्छ । हालैका दिनमा पर्यटकको चाप बढ्दै गएपछि ‘प्यारासुट बुकिङ’ प्रक्रिया शुरु गरिएको उहाँको भनाइ छ । यहाँ सातामा झन्डै दुई सयभन्दा बढी पर्यटक ‘प्याराग्लाइडिङ’ गर्न आउने गरेका छन् । 

देशकै पर्यटकीय शोभा बनेको पोखरापछि यस भेगको ‘प्याराग्लाइडिङ’ पर्यटकको रोजाइमा पर्न थालेको छ । अमेरिकी र युरोपेली मुलुकहरुबाट समेत राजधानी हँुदै उक्त स्थानमा प्याराग्लाइडिङ गर्न आउनेको संख्या दैनिक बढिरहेको चौलागाईंको भनाइ छ । उहाँका अनुसार पछिल्लो छ महिनामा करीब ३०० विदेशी तथा १०० आन्तरिक पर्यटकले उडान भरेका छन् । 

राजधानीबाट करीब २५ किलोमिरटको दूरीमा रहेको उक्त स्थानमा जान यातायातको सहज सुविधा हुने हो भने यो सङ्ख्या अझै बढ्ने उहाँको विश्वास छ । 

बिहानीपख मौसम खुलेको अवस्थामा विश्वको अग्लो शिखर सगरमाथाको चुचुरोसमेत यहाँबाट नियाल्न सकिन्छ । सुरक्षित अवतरणका लागि ११ पाइलटले समुद्री सतहदेखि एक हजार ९०५ मिटर माथि उडान गराउने प्रणाली प्याराग्लाइडिङमा रहेको पाइलट चौलागाईंले बताउनुभयो । सोलो र ‘टेन्डम’ (पाइलट र पर्यटक) बसेर उड्ने फ्लाइटको सुविधालाई स्थानीय बासिन्दा र तालीम प्राप्त पाइलटले ‘ह्यान्डलिङ’ गर्ने गरेका छन् । 

“उडान शुरु गर्दा एक हजार ९०५ फिटमाथि हुन्छौं भने पटापमा ओर्लिंदा एक हजार ३७० मिटरको उचाइमा हुने गर्छौं” – उहाँले भन्नुभयो । 

स्थानीय बासिन्दा र केही पाइलटको पहलमा थालिएको ‘प्याराग्लाइडिङ’ अहिले मेलम्ची र शङ्खरापुर नगरको शान बनेको छ । 

“प्याराग्लाइडिङ गर्दा खुशी भएकी छु , यहाँको सुन्दरता अद्भुत छ, प्याराग्लाइडिङमा उडेर हेर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु” – चिनिया नागरिक आङ हुङ छानले भनिन् । 

यहाँ आउने पर्यटकको प्याराग्लाइडिङसँगै सिन्धुपाल्चोकको ह्योल्मो क्षेत्र, हेलम्बु गाउँपालिकाको हेलम्बुस्थित गुम्बा, माने छोर्तेन, गुफा छिर्ने लक्ष्य हुन्छ । हेलम्बु पदमार्गको अनुभवपछि फर्कंदा राजधानी चाँडै पुगिने सडक भएकाले पनि यहाँको प्याराग्लाइड पर्यटनको सम्भावना थप बढेको छ । 

कम लगानी र तुरुन्तै बढी लाभ पाइने भएकाले यसको व्यावसायिक आकर्षण बढ्दो छ । करीब डेढ दशकअघि पोखराको सराङ्कोटबाट शुरु भएको प्याराग्लाइडिङ सेवा अहिले देशका विभिन्न स्थानमा फैलिसकेको छ । 

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हाल नेपालमा अनुमति प्राप्त करीब ६५ प्याराग्लाइडिङ कम्पनी छन् । तीमध्ये ४० जति सञ्चालनमा छन् । अरु सञ्चालनको प्रक्रियामा छन् । अहिले धरान, पोखरा, स्याङ्जा, तनहुँ (बन्दीपुर) र पाल्पामा प्याराग्लाइडिङ उडान भइरहेको छ । प्याराग्लाइडिङको मुख्य केन्द्र कास्कीको पोखरा हो । 

एक हजार ५०२ मिटर उचाइमा रहेको कास्कीको सराङ्कोटबाट प्याराग्लाइडिङ गरेर फेवाताल किनार खपौदीमा अवतरण गर्ने गरिन्छ । धौलागिरि, अन्नपूर्ण, मनास्लु हिमालदेखि कोरचनको डाँडा, सराङ्कोटको चुली, पाल्पाको श्रीनगर, तनहँँुको बन्दीपुर, कास्कीकै मट्टीखानजस्ता पहाडमा सिधै अवतरण गर्न सकिने प्याराग्लाइडिङ हिमाल, पहाड, गाउँशहर र तालतलैयाको अनुपम सङ्गमलाई कैद गर्न सकिने साहसिक पर्यटन हो । 

प्रथम विश्व युद्धमा पहिलो पटक जल सेनाले प्यारासुटको प्रयोग गरेको इतिहास पाइन्छ । सन् १९५० ताका प्याराकमाण्डरले यसको प्रयोग गरे । क्रमिक रुपमा विकास हुँदै सन् १९६४ मा अमेरिकाका डेमिना जाल्बर्टले यसलाई अहिलेको स्वरुप दिएका हुन् । 

प्याराग्लाइडिङ चरा (चील) को खुट्टा र पखेटाले च्यापेर पछाडिको हावालाई दवाव दिएर जीउको अघिल्लो भाग अघि बढाउने सिद्धान्तमा आधारित छ । पछिल्लो पटक एशियाली खेलकूदमा रजत पदक जित्न सफल भएपछि नेपालमा यस लोकप्रियता अझ चुलिएको छ ।


प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १६:०९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन
आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन आइतबार, वैशाख ६, २०८३
हक्की टोलीको विदाई
हक्की टोलीको विदाई आइतबार, वैशाख ६, २०८३
स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित
स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित शनिबार, वैशाख ५, २०८३
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि शनिबार, वैशाख ५, २०८३
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि बिहीबार, वैशाख ३, २०८३
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा बुधबार, वैशाख २, २०८३
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी मंगलबार, वैशाख १, २०८३
Navodit College Navodit College
ताजा समाचार
आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन
आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन खेलकुद मञ्‍च
हक्की टोलीको विदाई
हक्की टोलीको विदाई खेलकुद मञ्‍च
स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित
स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित खेलकुद मञ्‍च
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि खेलकुद मञ्‍च
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि शनिबार, वैशाख ५, २०८३
स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित
स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित शनिबार, वैशाख ५, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्