Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Alishan Furniture World Alishan Furniture World
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
विविध खेल
  • Home
  • विविध खेल
  • शहीद स्मारक ए डिभिजन लिगः पहिलो खेलमा एनआरटी र आर्मी भिड्ने
शहीद स्मारक ए डिभिजन लिगः पहिलो खेलमा एनआरटी र आर्मी भिड्ने
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, असोज ३, २०७५
Chelsea World School Chelsea World School

काठमाडौँ, ३ असोज - यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग कमिटीले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा असोज १३ गते शनिबार दिउँसो ३ बजे हुनेछ । 

तेह्र चरणसम्म खेलाइने लिगको सबै खेल तालिका सार्वजनिक गरिएको छ । सो अवसरमा ए डिभिजनका १४ वटै क्लबका प्रतिनिधि सहभागी थिए । गोला प्रथाद्वारा सार्वजनिक गरिएको तालिकामा पहिलो राउन्डमा सातवटा खेल हुनेछन् । 

खेल तालिकाअनुसार पहिलो चरणको खेलमा यही असोज १३ एनआरटी क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । १४ गते दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मनाङ–मस्र्याङ्दी क्लबसँग खेल्नेछ । १४ गतेको दोसो खेलमा मछिन्द्र क्लबले च्यासल युथ क्लबसँग सशस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा सामना गर्नेछ । 

असोज १५ हुने पहिलो खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबसँग र दोस्रो खेलमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । 
असोज १६ गते हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरीको विभागीय क्लब एपिएफ क्लबसँग एन्फा मैदानमा खेल्नेछ भने दोस्रो खेलमा हलचोक मैदानमा सरस्वती युथ क्लबले सङ्कटा युथ क्लबको सामना गर्नेछ । 

पहिलो चरणका खेलहरू सकिएपछि तीन कुनै पनि खेल हुँदैनन् भने १९ गतेदेखि दोस्रो चरणका खेलहरू हुनेछन् । दोस्रो चरणको पहिलो खेल असोज १९ गते एनआरटीले मनाङ–मस्र्याङ्दी क्लबसँग, दोस्रो खेल सोही दिन त्रिभुवन आर्मीले च्यासल युथ क्लबसँग खेल्नेछ । २० गते ब्रिगेड ब्वाइजले थ्री स्टार क्लबसँग खेल्नेछ । सोही दिन हुने दोस्रो खेलमा मछिन्द्र क्लबले नेपाल पुलिसको सामना गर्नेछ । 

त्यसैगरी २१ गते फ्रेन्डस क्लबले एपिएफसँग र सोही दिन दोस्रो खेलमा हिमालयन शेर्पाले सरस्वती युथ क्लबसँग तेस्रो खेलमा जावलाखेल युथ क्लबले सङ्कटासँग खेल्नेछ । असोज २४ गतेदेखि तेस्रो चरणका खेलहरू हुनेछन् । तेस्रो चरणपछि चाडपर्व शुरु हुने भएकाले एक महिना लिग स्थगित हुनेछ । महत्वपूर्ण चाडपछि आगामी मङ्सिर २ गतेदेखि पुनः लिगका खेलहरू हुनेछन् । 

लिगमा १४ ’ए’ डिभिजन क्लबहरू थ्री स्टार, मनाङ मस्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउने छन् । 

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउने छन् । फेयर प्ले टिमले रु एक लाख पाउनेछ । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ । 

यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लोपटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । 

‘रेलिगेसनबिना’को लिग 

एन्फा अध्यक्ष शेर्पाले नियमित ‘रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपटक फुटबलको रौनक ल्याउन रेलिगेसनबिनाको लिग गर्न लागेको बताउनुभयो । चार वर्षदेखि ‘मोफसल’का खेलले नेपाली फुटबल धानेको बताउँदै उहाँले समय अभाव र क्लब मानसिकरूपमा तयार नभएका कारण यसपालि यस्तो निर्णय लिन बाध्य भएको दाबी गर्नुभयो । 

नियमित रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपालि फुटबलको रौनक ल्याउन रेलिगेसनबिनाको लिग गर्न लागेको हो । 
संयोजक शर्माले रेलिगेसन नहुँदैमा यो वर्ष केही फरक नपर्ने बताउँदै अर्को वर्षदेखि नियमित ‘रेलिगेसन’ सहितको लिग गर्ने बताउनुभयो । एशियाली फुटलब सङ्घ (एफसी) र विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले नेपालमा फुटबलको रौनक सिर्जना गर्न रेलिगेसनबिनाको लिग गर्न अनुमति दिएको छ । 


प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १८:०९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा
एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा शुक्रबार, साउन ३१, २०८२
हक्कीको पूर्वाधारका लागि धुलिखेल नगरपालिकाले २ सय रोपनी जग्गा दिने
हक्कीको पूर्वाधारका लागि धुलिखेल नगरपालिकाले २ सय रोपनी जग्गा दिने शुक्रबार, साउन ३१, २०८२
काजखस्तानकी अलेनाले एभरेष्ट महिला भलिबल लिग खेल्ने
काजखस्तानकी अलेनाले एभरेष्ट महिला भलिबल लिग खेल्ने बिहीबार, साउन ३०, २०८२
टेबटेनिसको स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
टेबटेनिसको स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा बिहीबार, साउन ३०, २०८२
मधेश युनाईटेडद्वारा नयाँ लोगो सार्वजनिक
मधेश युनाईटेडद्वारा नयाँ लोगो सार्वजनिक शनिबार, साउन २५, २०८२
अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता तेक्वान्दोको निर्णायकमा अशोक
अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता तेक्वान्दोको निर्णायकमा अशोक शनिबार, साउन २५, २०८२
विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव
विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव सोमबार, साउन २०, २०८२
Navodit College Navodit College
ताजा समाचार
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन खेलकुद मञ्‍च
केन्पोकाइ टोलीको स्वागत
केन्पोकाइ टोलीको स्वागत खेलकुद मञ्‍च
एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा
एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा खेलकुद मञ्‍च
हक्कीको पूर्वाधारका लागि धुलिखेल नगरपालिकाले २ सय रोपनी जग्गा दिने
हक्कीको पूर्वाधारका लागि धुलिखेल नगरपालिकाले २ सय रोपनी जग्गा दिने खेलकुद मञ्‍च
अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर
अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर खेलकुद मञ्‍च
Notice
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि
आरआरए क्रिकेट सोमबारदेखि
आरआरए क्रिकेट सोमबारदेखि
राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ मंसिरमा हुने
राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ मंसिरमा हुने
साउथ वेस्टर्नका पुरुषोत्तमलाई बुद्धिचालको उपाधि
साउथ वेस्टर्नका पुरुषोत्तमलाई बुद्धिचालको उपाधि
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि बिहीबार, साउन ३०, २०८२
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि बिहीबार, साउन ३०, २०८२
साउथ वेस्टर्नका पुरुषोत्तमलाई बुद्धिचालको उपाधि
साउथ वेस्टर्नका पुरुषोत्तमलाई बुद्धिचालको उपाधि बिहीबार, साउन ३०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्