Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • शहीद स्मारक ए डिभिजन लिगः पहिलो खेलमा एनआरटी र आर्मी भिड्ने
शहीद स्मारक ए डिभिजन लिगः पहिलो खेलमा एनआरटी र आर्मी भिड्ने
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, असोज ३, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौँ, ३ असोज - यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग कमिटीले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा असोज १३ गते शनिबार दिउँसो ३ बजे हुनेछ । 

तेह्र चरणसम्म खेलाइने लिगको सबै खेल तालिका सार्वजनिक गरिएको छ । सो अवसरमा ए डिभिजनका १४ वटै क्लबका प्रतिनिधि सहभागी थिए । गोला प्रथाद्वारा सार्वजनिक गरिएको तालिकामा पहिलो राउन्डमा सातवटा खेल हुनेछन् । 

खेल तालिकाअनुसार पहिलो चरणको खेलमा यही असोज १३ एनआरटी क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । १४ गते दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मनाङ–मस्र्याङ्दी क्लबसँग खेल्नेछ । १४ गतेको दोसो खेलमा मछिन्द्र क्लबले च्यासल युथ क्लबसँग सशस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा सामना गर्नेछ । 

असोज १५ हुने पहिलो खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबसँग र दोस्रो खेलमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । 
असोज १६ गते हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरीको विभागीय क्लब एपिएफ क्लबसँग एन्फा मैदानमा खेल्नेछ भने दोस्रो खेलमा हलचोक मैदानमा सरस्वती युथ क्लबले सङ्कटा युथ क्लबको सामना गर्नेछ । 

पहिलो चरणका खेलहरू सकिएपछि तीन कुनै पनि खेल हुँदैनन् भने १९ गतेदेखि दोस्रो चरणका खेलहरू हुनेछन् । दोस्रो चरणको पहिलो खेल असोज १९ गते एनआरटीले मनाङ–मस्र्याङ्दी क्लबसँग, दोस्रो खेल सोही दिन त्रिभुवन आर्मीले च्यासल युथ क्लबसँग खेल्नेछ । २० गते ब्रिगेड ब्वाइजले थ्री स्टार क्लबसँग खेल्नेछ । सोही दिन हुने दोस्रो खेलमा मछिन्द्र क्लबले नेपाल पुलिसको सामना गर्नेछ । 

त्यसैगरी २१ गते फ्रेन्डस क्लबले एपिएफसँग र सोही दिन दोस्रो खेलमा हिमालयन शेर्पाले सरस्वती युथ क्लबसँग तेस्रो खेलमा जावलाखेल युथ क्लबले सङ्कटासँग खेल्नेछ । असोज २४ गतेदेखि तेस्रो चरणका खेलहरू हुनेछन् । तेस्रो चरणपछि चाडपर्व शुरु हुने भएकाले एक महिना लिग स्थगित हुनेछ । महत्वपूर्ण चाडपछि आगामी मङ्सिर २ गतेदेखि पुनः लिगका खेलहरू हुनेछन् । 

लिगमा १४ ’ए’ डिभिजन क्लबहरू थ्री स्टार, मनाङ मस्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउने छन् । 

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउने छन् । फेयर प्ले टिमले रु एक लाख पाउनेछ । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ । 

यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लोपटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । 

‘रेलिगेसनबिना’को लिग 

एन्फा अध्यक्ष शेर्पाले नियमित ‘रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपटक फुटबलको रौनक ल्याउन रेलिगेसनबिनाको लिग गर्न लागेको बताउनुभयो । चार वर्षदेखि ‘मोफसल’का खेलले नेपाली फुटबल धानेको बताउँदै उहाँले समय अभाव र क्लब मानसिकरूपमा तयार नभएका कारण यसपालि यस्तो निर्णय लिन बाध्य भएको दाबी गर्नुभयो । 

नियमित रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपालि फुटबलको रौनक ल्याउन रेलिगेसनबिनाको लिग गर्न लागेको हो । 
संयोजक शर्माले रेलिगेसन नहुँदैमा यो वर्ष केही फरक नपर्ने बताउँदै अर्को वर्षदेखि नियमित ‘रेलिगेसन’ सहितको लिग गर्ने बताउनुभयो । एशियाली फुटलब सङ्घ (एफसी) र विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले नेपालमा फुटबलको रौनक सिर्जना गर्न रेलिगेसनबिनाको लिग गर्न अनुमति दिएको छ । 


प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १८:०९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप विविध खेल
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक सोमबार, असोज १२, २०८३
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि सोमबार, असोज १२, २०८३
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण सोमबार, असोज १२, २०८३
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक बुधबार, असोज ७, २०८३
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात बुधबार, असोज ७, २०८३
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित शुक्रबार, असोज २, २०८३
टेबलटेनिस टोली थाइल्यान्डमा
टेबलटेनिस टोली थाइल्यान्डमा बुधबार, भदौ २४, २०८३
Navodit College Navodit College
ताजा समाचार
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक खेलकुद मञ्‍च
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि खेलकुद मञ्‍च
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण खेलकुद मञ्‍च
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक खेलकुद मञ्‍च
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
माफ बास्केटबलमा ४४ टोली
माफ बास्केटबलमा ४४ टोली
चन्द्रागिरी टिम च्याम्पियन
चन्द्रागिरी टिम च्याम्पियन
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
एभीएमका प्रजित र वियंका च्याम्पियन
एभीएमका प्रजित र वियंका च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण सोमबार, असोज १२, २०८३
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि सोमबार, असोज १२, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्