डिएन घिसिङ, काठमाडाैं, २८ भदाै — अन्तर्राष्ट्रिय जगतमा बहुप्रतिष्ठित निकाय संयुक्त राष्ट्रसंघको कार्यक्रममा सम्बोधन गर्नै साैभाग्य प्राप्त गर्नु धेरैको लागि सपनामा सिमीत हुने गरेको छ ।
तर, नेपाली चेली रोमी गिरी भने संयुक्त राष्ट्रसंघको कार्यक्रममा सम्बोधन गर्न पाउने पहिलो नेपाली तेक्वान्दो खेलाडी मात्र नभर्इ भाग्यमानी नेपाली साबित भएकी थिइन् ।
जेनेभामा भएको युएनडिपीले आयोजना गरेको अन्तराष्ट्रिय शान्ति र खेलकुद विकासको अवसरमा सन २०१६ आयोजना भएको गृष्मकालीन ओलम्पिकको पुर्वसन्ध्यमा ओलम्पिक फ्लेमको दीप समारोहमा उनले नेपालमा शान्तिको अवस्था र खेलकुदबारे गर्बिलो मन्तव्य राखेकी थिइन्, संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बिच र ४० राष्ट्रका खेलकुदमन्त्रीको अगाडी मन्तव्य राख्नु ठुलो अवसर छँदै थियो अर्को तर्फ मुलुकको फरक पहिचान दिलाउनु नेपाल र नेपालीले गर्व गर्न लायक मन्तव्य राखेर देशको शिर ठाडो पार्ने काम समेत उनले गरेकी थिइन् ।
जोरपाटी स्थायी निवासी रोमी, नेपाली तेक्वान्दो खेलबाट ब्ल्याक बेल्ट चौँथाै डान उपाधि हासिल गरिसकेकी छिन् । संयुक्त राज्य अमेरिकाको नेपालस्थित दूतावासकी युथ काउन्सिल मेम्बर समेत हुन् । एमबिए तहमा अध्ययन गरिरहेकी रोमी हाल खेलकुदको इनटर्नसीप प्रोग्राम अन्तर्गत दक्षिण कोरियामा अध्ययन गरिरहेकी छिन् । नेपाल भइरहेको महिला हिंसा बारेमा उनले चासो लिएकी छिन् ।
रोमी भन्छिन् "विभिन्न किसिमका हाम्रा समाजमा रहेका विकृतिहरुलाई आफ्नो दैनिक जीवन भोगाईमा आइपरेका त्यही समाजसँग हटेर हैन, डटेर सामना गर्दै जानुपर्छ ।" उनी अगाडी भन्छिन् "महिला प्रति हेर्ने कुदृस्ठ बोकेका पुरुष प्रति प्रत्येक नारीले सेल्फ डिफेन्स लिनसके समाजका अध्यारो पाटो बिस्तारै कम हुनेछ ।"
हुनपनि आजको समयमा हरेक क्षेत्रमा विभिन्न स्वार्थमा लिप्त समाज एउटा कु-संस्कारलाई कोल्टो फेर्नका निम्ति हरेक कठिनाई मोडको बाटोमा सधै आफू दरिलो स्तम्भको रुपमा आफूलाई मात्र नभई सम्पूर्ण समाजका समस्याहरुसँग कहिले पनि नहडबड्याई सदैव महिला हकहितका निम्ति आवाजलाई गुञ्जयमान बनाउनका लागि महिला अधिकारकर्मीहरु सगै रोमी गिरी पनि अग्रपंक्तिमा उभिएकी छिन् । रोमि जस्तै बहुप्रतिभाशाली नागरिकको राज्यले साथ लिनसके भविष्यमा मुलुकको समृद्ध विकास र सुन्दर समाज निर्माण गर्ने कतै टाढा छैन ।