काठमाडाैं, १९ भदाै — राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको नेपाल कुराश संघ विवादमा मुछिएको छ । गत सातामात्र इण्डोनेशियामा सम्पन्न एसियाली गेम्शमा जुडो खेलका खेलाडी र प्रशिक्षक समावेश गरिएकोमा पनि विवाद चुलिएको थियो ।
यहि सेप्टेम्बर ६ तारिखमा उज्जेवेक्स्थािनको राजधानी तास्केन्टमा आयोजना हुने बृहत अन्तर्राष्ट्रिय कुराश प्रतियोगितामा खेलाडी छनौट नगरी एसियाली खेलमा प्रशिक्षकको रूपमा भाग लिएका दिपक श्रेष्ठलाई खेलाडीको रूपमा सहभागी गराए पछि कुराश सघ पुन विवादमा तानिएको हो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदा राष्ट्रिय संघले निस्पक्ष छनौट गर्नु पर्ने परिषदको नियमवालीमा प्रष्ट प्रावधान रहेको छ । सो नियमवालीलाई समेत धज्जी उडाएर कुराश संघका अध्यक्ष धुर्बराज न्यौपानेले व्यक्तिगत तबरले सञ्चालन गर्दै आएको आरोप समेत खेलाडीहरुले लगाएका छन् ।
नेपाली कुराश खेलका खेलाडीहरु प्रविणकाजी श्रेष्ठ, प्रताप घिसिङ, सनमान गोले, जयन्ती श्रेष्ठ, अस्मिला छन्त्याल, कृति शर्मा, लगाएत दर्जनौं राष्ट्रिय खेलाडीलाई बाइपास गरेको आरोप छ ।
यदि राष्ट्रिय खेलकुद परिषदले समयमै निगरानी नगर्ने हो भने स्वदेशमा भन्दा विदेशको प्रतियोगितामा सहभागी गराएर राखेप एवम् अन्तर्राष्ट्रिय मुख्यालयबाट आएको सुबिधालाई भोग गर्दै एनजीअोको रूपमा कुराश खेल चिनिने खतरा रहेको पनि खेलबृतमा चर्चा हुने गरेको छ ।