काठमाडौं, वर्षाका कारण निर्धारित समयमा सुरु हुन नसकेको एसीसी एसिया कप छनोट अन्तरगत नेपाल र मलेसियाबीचको खेल सुरु भएको छ । वर्षाले प्रभावित भई ३० ओभरमा झारिएको खेलमा मलेसियामा टस जितेर नेपाललाई पहिले ब्याटिङ निम्ता दिएपछि नेपाल ब्याटिङ गरिरहेको छ ।
अपडेट : दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ८२ बलमा ८७ रनको पार्टनसिप गर्र्दै नेपालको स्कोर सम्मानजनक अवस्थामा पु¥याएका छन् । २६ ओभर सकिँदा नेपालको स्कोर १४१ रन रन छ । अहिले ऐरी ४९ रन र आरिफ ३२ रन बनाएर खेले रहेका छन् ।
नेपालको १०० रन पूरा भएको छ । लगातर विकेट गुमिरहेका बेला दीपेन्द्र ऐरी र आरिफ शेखले सम्मालिएर ब्याटिङ गर्दै २१.२ ओभरमा नेपालका लागि १०० रन पूरा गरेका हुन् ।
-नेपालको लगातार विकेट पतन भएको छ । ८ बल खेल्दा नेपालले ३ विकेट गुमाएको छ । पारस खड्का(१३) अनील शाह(१६), सागर पुन(२) लगातार आउट भएका छन् । यो सँगै नेपालको ५ विकेट पतन भएको छ । नेपाल कठीन स्थितिमा पुगेको छ । १४ ओभरको खेल सकिँदा नेपालले ५ विकेट गुमाएर ६० रन बनाएको छ ।
-नेपाललार्इ ठूलो झड्का लागेको छ । तेस्रो विकेटको रुपमा कप्तान पारस खड्का आउट भएका छन् । उनले ११ बलमा १३ रन बनाए । ब्याटिङ गर्न दीपेन्द्र ऐरी आएका छन् । १२ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर ५६ रन बनाएको छ ।
-११ औ ओभरमा नेपाललाई ११ रन प्राप्त भएको छ । यस ओभरमा पारस खड्काले २ चौका प्रहार गरेका छन् । ११ ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर ५४ रन बनाएको छ ।
-नेपालको दोस्रो विकेट पतन भएको छ । ज्ञानेन्द्र मल्ल २० बलमा ११ रन बनाएर आउट भएका छन् । ब्याटिङमा पारस खड्का आएका छन् । १० ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर ४३ रन बनाएको छ ।
नेपाली समय अनुसार बिहान ७ः१५ बजे खेल सुरु हुने तालिका रहेका भएपनि वर्षाका कारण ११ बजे मात्रै खेल सुरु भएका हो । ५ ओभरको खेल सकिँदा नेपालले १ विकेट गुमाएर २० रन बनाएको छ । ओपनर सुवास खकुरेल ८ बलमा ९ रन बनाएर आउट भएका छन् । अहिले अनील शाह र ज्ञानेन्द्र मल्ल क्रिजमा छन् ।
ओमान र युएईसँग खेलेका एसिया कप छनोटका दुई खेल पराजय व्यहोरेको नेपाल एसिया कपमा छनोट हुने झिनो आशासहित आयोजक मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ ।