Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Hotel Nova Nook Hotel Nova Nook
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
विविध खेल
  • Home
  • विविध खेल
  • एसियाडः ताराद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार
एसियाडः ताराद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, भदौ १०, २०७५
Chelsea World School Chelsea World School

काठमाडाैं, १० भदाै – इन्डोनेसियमा भइरहेको १८ औं एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आइतबार ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

जेआई एक्सपो हल एमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कुलमा १७५ केजीको भार वहन गरिन् । यसअघि स्न्याचमा ताराको नाममा ७३ केजीको कीर्तिमान थियो । ताराले स्न्याचमा तेश्रो लिफ्टमा कीर्तिमान रचेकी हुन् । पहिलो लिफ्टमा ७० केजी उठाएकी तारा दोश्रो लिफ्टमा ७४ केजी भार वहन असफल रहिन् । तेश्रो लिफ्टमा मात्र तारा ७४ केजी वजन उचाल्न सफल भएकी थिइन् ।

क्लिन एन्ड जर्कमा ९७ केजी र कुलमा १७० केजीको कीर्तिमान पनि ताराकै नाममा थियो । तीनै कीर्तिमान ताराले नेपालगन्जमा गत जेठमा भएको एसियाली खेलकुदको छनोटमा राखेकी थिइन् । क्लिन एन्ड जर्कमा ताराले तीन लिफ्टमा क्रमशः ९३ केजी, ९८ केजी र १०१ केजी भार वहन गरेकी थिइन् । ताराले दोश्रो लिफ्टमै आफ्नो ९७ केजीको कीर्तिमानमा सुधार गरिसकेकी थिइन् ।

भारोत्तोलनमा नेपालको प्रतिस्पर्धा सकिएको छ । तारासहित ४ खेलाडीले भारोत्तोलनमा प्रतिस्पर्धा गरेका थिए । त्यसमा सन्जु चौधरी र कमलबहादुर अधिकारीले पनि राष्ट्रिय कीर्तिमान बनाए भने विकास थापा राष्ट्रिय कीर्तिमान बनाउन असफल रहे ।

टेबलटेनिसः टिममा पराजय

टेबलटेनिसको पुरुष÷महिला दुवैको टिम इभेन्टमा नेपाल पराजित भएको छ । जेआई एक्सपो हल बीमा पुरुषमा नेपाल चीनसंग ३–० को सोझो सेटमा पराजित भयो । महिलामा नेपाल मलेसिया र सिंगापुरसंग समान ३–० को सीधा सेटमा हा¥यो ।
पुरुष टोलीमा नेपालबाट अमरलाल मल्ल, श्यान्टु श्रेष्ठ र दीप साउनले प्रतिस्पर्धा गरेका थिए । महिलामा नवीता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जनले खेलेका थिए ।

बक्सिङः विष्णु र प्रेम पराजित

बक्सिङको पुरुष ६९ केजीमा नेपालका विष्णुप्रसाद घले गुरुङ पराजित भएका छन् । विष्णुलाई कतारका थुलासिमारान थारुमालिङगमले ५–० ले पराजित गरे । पुरुष ५२ केजीमा नेपालका प्रेम चौधरीलाई फिलिपिन्सका रोगन लादोनले ५–० ले स्तब्ध पारे ।

करातेः पहिलो चरणमै हार

करातेमा आइतबार तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीनै खेलाडी पहिलो चरणमै पराजित भए । जेसीसी प्लेनरी हलमा भएको पुरुष ६० केजीमा नेपालका सोनाम लामा भियतनामका हाइभान नुयेनसंग ३–० तथा ६७ केजीमा नेपालका विजय लामा जापानका सिनोहारा हिरोतोसंग १–० ले पराजित भए । महिला ६१ केजीमा थाइल्यान्डकी आर्म सुक्कीआउले नेपालकी सुनीता महर्जनलाई ४–१ ले निराश पारिन् ।

सोमबार नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा दिवस श्रेष्ठ र महिलामा अनु अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पहिलो दिन शनिबार तीन नेपाली खेलाडी पराजित भइसकेका छन् ।

सेपाकताक्रोः

एसियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाएको सेपाकताक्रोको पुरुष रेगु स्पर्धामा नेपाल चीनसंग २–० ले पराजित भएको छ । जेएससी रनाउ हलमा चीन २१–४ र २१–९ ले विजयी भयो । यसअघि नेपाल मलेसिया र दक्षिण कोरियासंग समान २–० को नतिजामा पराजित भएको थियो । नेपालले सोमबार भारत विरुद्ध खेल्नेछ ।

प्लाराग्लाइडिङः 

प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको दोस्रो चरण सकिँदा नेपाली पुरुष टिम तेस्रो स्थानमा रहेको छ । नेपाली टिमले दोस्रो चरणसम्म २९ सय ४९ अंक जोडेको छ । नेपाली टिमबाट विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले खेलिरहेका छन् । ३८ सय १८ अंक जोडेर इन्डोनेसिया शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको दक्षिण कोरियाको ३१ सय ३९ अंक छ । २७ सय ७५ अंक जोडेर चौथो स्थानमा रहेको जापानले नेपाललाई पछ्याइरहेको छ ।

महिलातर्फ दोस्रो चरणको खेल सकिँदा नेपाली टिम पाँचौ स्थानमा झरेको छ । अघिल्लो दिन नेपाली महिला टिम चौथो स्थानमा थियो । नेपाली महिला टिमले अहिलेसम्म ६ सय ३८ अंक जोडेको छ । नेपाली टिममा प्रतिभा भुजेल, त्रिसा श्रेष्ठ बम्जन तामाङ र सविता तामाङ छन् । यो इभेन्टमा दक्षिण कोरिया पहिलो, जापान दोस्रो, इन्डोनेसिया तेस्रो र थाइल्यान्ड चौथोमा छन् ।
प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्ट पाँच राउन्डसम्म चल्नेछ । बुधबार यो इभेन्टको पदकको टुंगो लाग्नेछ ।

गल्फः

गल्फको व्यक्तिगत स्पर्धामा नेपालका शुक्रबहादुर राई ५७ औं, टंकबहादुर कार्की ६० औं, पृथ्वी मल्ल संयुक्त रुपमा ७४ औं र अजित विक संयुक्त रुपमा ७८ औं स्थानमा रहे । यो स्पर्धामा ७८ खेलाडीले भाग लिएका थिए । जापानले स्वर्ण, दक्षिण कोरियाले रजत र चीनले कास्य पदक जिते ।

गल्फको टिम स्पर्धामा नेपाल १७ औं भएको छ । यो स्पर्धामा २० टिम सहभागी थिए । टिम स्पर्धाको स्वर्ण पनि जापानले जितेको छ । चीन दोस्रो तथा दक्षिण कोरिया तेस्रो भए ।


प्रकाशित मिति: आइतबार, भदौ १०, २०७५  १०:०८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार साउन १७ देखि
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार साउन १७ देखि मंगलबार, साउन १४, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ, साउन १६ गते प्रतिस्पर्धा गर्ने
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ, साउन १६ गते प्रतिस्पर्धा गर्ने आइतबार, साउन १२, २०८२
भदौं १ देखि स्टयाग गोल्बल च्याम्पियन्स लिग-सिजन थ्री हुने
भदौं १ देखि स्टयाग गोल्बल च्याम्पियन्स लिग-सिजन थ्री हुने शुक्रबार, साउन १०, २०८२
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला शुक्रबार, साउन १०, २०८२
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक शुक्रबार, साउन १०, २०८२
जिम्न्याष्टिकमा प्रधानको निरन्तरता
जिम्न्याष्टिकमा प्रधानको निरन्तरता बुधबार, साउन ८, २०८२
उमा कुङफु खेलाडी सरिना यूकेमा सम्मानित
उमा कुङफु खेलाडी सरिना यूकेमा सम्मानित बुधबार, साउन ८, २०८२
Navodit College Navodit College
ताजा समाचार
प्रथम अन्तरविद्यालय पौडीमा जेम्स स्कुल च्याम्पियन
प्रथम अन्तरविद्यालय पौडीमा जेम्स स्कुल च्याम्पियन खेलकुद मञ्‍च
अन्तरविद्यालय पौडी शनिबार, एक सय ५० खेलाडीको सहभागिता हुने
अन्तरविद्यालय पौडी शनिबार, एक सय ५० खेलाडीको सहभागिता हुने खेलकुद मञ्‍च
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार साउन १७ देखि
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार साउन १७ देखि खेलकुद मञ्‍च
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै  खेलकुद मञ्‍च
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी खेलकुद मञ्‍च
Notice
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६  हो: सदस्य-सचिव घिसिङ
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६ हो: सदस्य-सचिव घिसिङ
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
कराते टोली श्रीलंका प्रस्थान
कराते टोली श्रीलंका प्रस्थान
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार साउन १७ देखि
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार साउन १७ देखि मंगलबार, साउन १४, २०८२
अन्तरविद्यालय पौडी शनिबार, एक सय ५० खेलाडीको सहभागिता हुने
अन्तरविद्यालय पौडी शनिबार, एक सय ५० खेलाडीको सहभागिता हुने मंगलबार, साउन १४, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्