Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, जेठ ८, २०८३
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि भुवन नगरकोटीले जितेका छन् । शुक्रबार इभन–पार ६८ खेल्दै समग्रमा ११–अन्डर २६१ सहित दिनेश प्रजापति र एमेच्योर राहुल विश्वकर्मालाई दुई स्ट्रोकले हराउँदै सिजनको चौथो र करियरको १५औँ उपाधि हात पारे । उपाधिसँगै भुवनले एक लाख ३० हजार नगद हात पारे ।

एमेच्योर राहुल र प्रो दिनेशले आज समान ४–अन्डर ६४ सहित समग्रमा ९–अन्डर २६३ को स्कोरमा संयुक्त रूपमा दोस्रो स्थानमा रहे । दोस्रो भएका दिनेशले ९० हजार जिते । शुक्रबहादुर राईले इभन–पार ६८ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा ८–अन्डर २६४ सहित चौथो भए । उनले ७० हजार प्राप्त गरे । 

निरजले पनि इभन–पार ६८ खेल्दै समग्रमा ७–अन्डर २६५ को स्कोरमा पाँचौँ हुँदा ५५ हजार नगद पुरस्कार पाए । १–ओभर ६९ खेल्दा समग्रमा ६–अन्डर २६६ सहित धनबहादुर थापा छैटौँ भए । उनले ४६ हजार पाए । 

समग्रमा ५–अन्डर २६७ सहित रामे मगर सातौँ, समग्रमा ४–अन्डर २६८ सहित रवि खड्का आठौँ, समग्रमा २–अन्डर २७० सहित भुवनकुमार रोक्का र समग्रमा १–अन्डर २७१ सहित एमेच्योर स्वप्निल भट्टराई दशौँ भए । रामेले आज इभन–पार ६८, रविले २–अन्डर ६६, भुवनले १– अन्डर ६७ को कार्ड बनाए । उनीहरूले ३९ हजार, ३५ हजार र ३२ हजार प्राप्त गरे ।

एमेच्योरतर्फ समग्रमा ९–अन्डर २६३ सहित राहुलले उपाधि जित्ने क्रममा स्वप्निललाई ८ स्ट्रोकले पछि पारे । स्वप्निल दोस्रो भए । आज १–अन्डर ६७ खेल्दै उनले समग्रमा १–अन्डर २७१ को स्कोर निकाले । 

अन्तिम दिनको सुरुआत गर्दा भुवनसँग तीन स्ट्रोकको अग्रता रहेको थियो । यही अग्रतालाई जोगाउँदै च्याम्पियन हुने क्रममा उनले फ्रन्ट र ब्याक दुवै नाइन इभन–पार ३४ मा पूरा गरे । चौथो र पाँचौँ होलमा बर्डी प्रहार गरेका उनले नवौँ होलमा डबल बोगी खेपे । यसपछि ब्याक नाइनको सबै होलमा पार जोगाए ।

राहुलले चौथो र छैटौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २–अन्डर ३२ खेले । यसपछि १०औँ, ११औँ र १३औँ होलमा पनि बर्डी प्रहार गरे भने १५औँ होलमा एक सट खेर फाले । ब्याक नाइन पनि २–अन्डर ३४ मा सकाए । 

दिनेशले पनि फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३२ मा सकाए । तेस्रो होलमा एक सट खेर फाले पनि चौथो, छैटौँ र सातौँ होलमा बर्डी प्रहार गरे । यसपछि १०औँ र १६औँ होलमा पनि एक–एक सट बचाए ।

प्रतियोगिताको विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र पीजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरे । 

सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालद्वारा आयोजित ७२ होलको चार दिने प्रतियोगितामा कुल ५२ खेलाडी प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको कुल पुरस्कार राशी सात लाख १० हजार रहेको थियो । जहाँ उत्कृष्ट १८ प्रो गल्फरले नगद पुरस्कार प्राप्त गरे ।


प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  २१:४८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा बुधबार, वैशाख १६, २०८३
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने बुधबार, वैशाख १६, २०८३
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन आइतबार, वैशाख १३, २०८३
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस शनिबार, वैशाख १२, २०८३
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन शनिबार, वैशाख १२, २०८३
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित बुधबार, वैशाख ९, २०८३
Navodit College Navodit College
ताजा समाचार
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि खेलकुद मञ्‍च
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा खेलकुद मञ्‍च
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत खेलकुद मञ्‍च
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने खेलकुद मञ्‍च
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्