Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, चैत २०, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । करातेकी एरिका गुरुङ र टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ २० औं एनएनआइपिए स्पोट्र्स अवार्डमा सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका स्थित चन्डेश्वरी मन्दिर परिसरमा भएको अवार्डमा टेबल टेनिसका स्यान्टुले ओलम्पिकको दक्षिण एसियाली छनोट जितेका थिए । उनी नेपालबाट टेबल टेनिसबाट ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी बन्दै इतिहास रचेका थिए । उनले पेरिस ओल्मपिक्समा नेपालको प्रतिनिधित्व गरेका थिए । यही सफलताको आधारमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड जिते ।

स्टार कराते खेलाडी एरिका वल्र्ड कराते वान युथ लिगमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । साथै अष्ट्रेलिन ओपन करातेमा पनि ऐतिहासिक स्वर्ण जितिन् ।

करातेमा अन्तराष्ट्रिय पदक जित्न सिपालु ऐरिका लगातार दोस्रो वर्ष सर्वोत्कृष्ट खेलाडी सफल भइन् । ऐरिका र स्यान्टुले सर्वोत्कृष्ट खेलाडी अवार्डसँगै एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिभावान पुरूषको अवार्ड तेक्वेन्दोका अभिषेक बराल र महिलाको अवार्ड बक्सिङकी स्वस्तिका तिरूवाले जिते । अभिषेकले छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका थिए । उनले ८० केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।

स्वस्तिकाले आइएसएफ जिम्नासाइड समर गेम्समा स्वर्ण पदक जितेकी थिइन् । यसअघि उनले सन् २०२१ मा दुबईमा सम्पन्न एसियाली जुनियर बक्सिङमा पनि कास्य पदक पनि जितेकी थिइन् ।

पारा खेलाडी सम्मानबाट एथलेटिक्सकी प्रभा आङ्गदाम्बे सम्मानित भएकी छिन् । प्रतिस्पर्धात्मक खेलमा प्रवेश गरेको एक वर्ष नपुग्दै उनले उल्लेखनीय उचाइ हासिल गरिन् । राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित विश्वविद्यालय खेलकुदमा १५ सय मिटर दौडपछि उनी पारा खेलतर्फ आकर्षित भएकी थिइन् ।

दुबई ग्रान्ड प्रिक्सबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी उनले नयाँदिल्लीमा ३ दशमलव ९६ मिटर जम्प गर्दै टी–४७ लङजम्पमा रजत जितिन् । जुन नेपाली पारा एथलेटिक्सकै सबैभन्दा ठूलो पदक हो ।

भलिबल प्रशिक्षक कुमार राईलाई गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मानित गरिएको छ । उनले सम्मान पत्रसहित ३५ हजार रुपैयाँ प्राप्त गरे ।

एनएनआइपिए पत्रकारिता पुरस्कारबाट सिनियर फोटो पत्रकार उदिप्त सिंह क्षेत्री सम्मानित भए । उनलाई नगद ३५ हजार रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरियो । उनीसँग दुई दशक लामो खेलकुद फोटो पत्रकारिताको अनुभव रहेको छ ।

त्यसअघि विभिन्न २६ खेलका खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडी– २०८२ बाट पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा एरिका गुरुङ (कराते), मीन कार्की (फेन्सिङ), तिलक पुन (आर्चरी), मौलिक महर्जन (ट्रायथलन), एर्विन श्रेष्ठ (पौडी), सुनिरा थापा (टेनिस), रशिला महर्जन (ब्याडमिन्टन), रविना चौधरी (कबड्डी), दीक्षा मगर (जुडो), प्रीति राई (फुटबल), अच्युटकृष्ण खरेल (साइक्लिङ),, सन्तोषी श्रेष्ठ (एथलेटिक्स), अमरेशकुमार यादव (कुस्ती), अभिषेक बराल (तेक्वान्दो), स्वस्तिका तिरुवा (बक्सिङ), शिवजी सिलवाल (उसु), सुमित्रा रेग्मी (भलिबल), निकेश रखाल मगर  (बास्केटबल), सद्भाव आचार्य (गल्फ), दिलिप यादव (भारोत्तोलन), रविन चेपाङ (¥याफ्टिङ एन्ड क्यानोइङ), निलिमा पाण्डे (हक्की), निशा राई (ह्यान्डबल), सुमित तमखु (जिम्न्याष्टिक), श्यान्टु श्रेष्ठ (टेबलटेनिस) र लक्ष्मी राई (स्की) रहेका छन् । उत्कृष्ट सबैले जनही १५ हजार नगद पुरस्कार पाए । यिनै २६ खेलाडी मध्येबाट सर्वोत्कृष्ट र प्रतिभाशाली खेलाडी छनोट गरिएको हो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, सुवर्ण श्रेष्ठ र भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी र जगत टमटा, बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य र उपमेयर विमला सापकोटा दाहाल, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव मेहताले विभिन्न खेलका उत्कृष्ट खेलाडीलाई एउटै मञ्चमा उपस्थित गराएर पुरस्कृत गर्ने कार्य प्रशंसनीय रहेको बताए । काठमाडौं उपत्यकाबाहिर पहिलोपटक अवार्ड आयोजना गरिएको हो ।


प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १९:३३
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
नेपाल कबड्डी लिगसँग  सहकार्य गर्दै नेपहपको श्रीपेच
नेपाल कबड्डी लिगसँग सहकार्य गर्दै नेपहपको श्रीपेच शुक्रबार, चैत २०, २०८२
एचजेएनबीएल : गोल्डेनगेट र आर्मीको जित, हाउण्ड्स र टाईम्स पराजित
एचजेएनबीएल : गोल्डेनगेट र आर्मीको जित, हाउण्ड्स र टाईम्स पराजित बिहीबार, चैत १९, २०८२
किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन
किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन बिहीबार, चैत १९, २०८२
कुस्ती टोलीको बिदाइ
कुस्ती टोलीको बिदाइ बिहीबार, चैत १९, २०८२
एचजेएनबीएल : प्लेबक्स र कीर्तिपुर विजयी
एचजेएनबीएल : प्लेबक्स र कीर्तिपुर विजयी बुधबार, चैत १८, २०८२
एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा
एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा बुधबार, चैत १८, २०८२
Navodit College Navodit College
ताजा समाचार
नेपाल कबड्डी लिगसँग  सहकार्य गर्दै नेपहपको श्रीपेच
नेपाल कबड्डी लिगसँग सहकार्य गर्दै नेपहपको श्रीपेच खेलकुद मञ्‍च
क्लाइम्बिङ टोली चीन जाने
क्लाइम्बिङ टोली चीन जाने खेलकुद मञ्‍च
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी खेलकुद मञ्‍च
एचजेएनबीएल : गोल्डेनगेट र आर्मीको जित, हाउण्ड्स र टाईम्स पराजित
एचजेएनबीएल : गोल्डेनगेट र आर्मीको जित, हाउण्ड्स र टाईम्स पराजित खेलकुद मञ्‍च
किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन
किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
एचजेएनबीएल : हाउण्ड्सको जित यात्रा जारी
एचजेएनबीएल : हाउण्ड्सको जित यात्रा जारी
किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन
किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन
किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन बिहीबार, चैत १९, २०८२
एचजेएनबीएल : गोल्डेनगेट र आर्मीको जित, हाउण्ड्स र टाईम्स पराजित
एचजेएनबीएल : गोल्डेनगेट र आर्मीको जित, हाउण्ड्स र टाईम्स पराजित बिहीबार, चैत १९, २०८२
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी शुक्रबार, चैत २०, २०८२
Photo Gallery
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्