काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा केभिसी हाउण्ड्सले थेस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबाबार भएको खेलमा हाउण्ड्सले सोलो बास्केटबल क्लबफाई १०६-७३ को स्कोरमा पराजपत गरेको हो ।
सुरुवाती तीन खेल हारेपछि हाउण्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन खेल जितेको छ । हाउण्ड्सले ६ खेलबाट ९ अंक जोडेको छ । हाउण्ड्सले पहिलो क्वाटर २०-१३ र दोस्रो क्वाटर ३७-१६ ले आफ्नो पक्षमा पार्दै हाफ टाईमसम्म ५७-२९ को अग्रता बनाएको थियो ।
तेस्रो क्वाटरमा ३६-१६ को अग्रता बनाएको हाउण्ड्सले चाैथो क्वाटरअघि ९३-४५ को फराकिलो अग्रता बनाएको थियो । अन्तिम क्वाटर सोलोले २७-१३ ले आफ्नो पक्षमा पारेपनि हाउण्ड्सलाई फराकिलो जितबाट रोक्न सकेन । हाउण्ड्सका कप्तान विजय बुर्जाले सर्वाधिक ३५ अंक स्कोर गरे । उनी प्लेअर अफ दि म्याच घोषित भए ।
बिहीबार राती भएको खेलमा गोल्डेनगेट इन्टरनेसनल क्लबले सोलो बास्केटबल क्लबलाई ८७-७० ले पराजित गरेको थियो । गोल्डेनगेटका विकास गुरुङले १८ अंक स्कोर गरे । गोलडेनगेटका निकेश मगर प्लेअर अफ दप म्याच घोषित भए । गोल्डेनगेटको यो चाैथो जित हो । उसले ५ खेलबाट ९ अंक जोडेको छ ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।