काठमाडाैं, ३ भदाै — हंगेरीको बुढापेस्टमा आयोजना हुने आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका लागि दुई सदस्यीय नेपाली टोली आइतबार साँझ हंगेरी प्रस्थान गरेको छन् ।
एक खेलाडी र एक व्यवस्थापक लाई राष्ट्रिय खेलकुद परिषद्का खेलकुद बिकास बिभागिय प्रमुख कुलबहादुर थापा, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले लगायत संघका पदाधिकारीले बिदाई गरे । नेपाली युवा महिला बक्सिङ खेलाडी कुसुम तामाङले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन ।
नेपाल बक्सिङ संघले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कुसुमले हंगेरीको बुढापेस्टमा आयोजना हुने आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप खेल्ने बताएको हो ।
चार महिना अघि थाइल्यान्डमा भएको एएसबीसी युथ बक्सिङ च्याम्पियनसिपको दोस्रो चरणमा भियतनाकी खेलाडी डो होन जोकसग पराजित भएकी थिईन् । तर डो होन जोकले स्वर्ण जितेका करण कुसुमले र्याङकङिको आधारमा च्याम्पियनसिप खेल्ने मौका पाएको संघका सदस्य श्याम अवालेले बताए ।
कुसुम राखेप च्याम्पियनसिपको च्याम्पियन पनि हुन् । खेलाडी कुसुमले निरन्तर प्रशिक्षण भएका कारण नेपालका लागि पदक जित्ने लक्ष्य रहेको बताए ।
खेलाडीलाई बिदाई गर्दै संघका अध्यक्ष राम अवालेले पदक आफ्नो ठाउमा रहेको र सकेसम्म राम्रो खेल्दै दुई÷चार बाउट जितको लागि शुभकामना दिए । उनले एसियाडका लागि नेपाली बक्सिङ टोली भोलि जाकर्ता पुग्ने बताए ।
‘एसियाडमा बक्सिङबाट नेपालले पदकको अपेक्षा गरेको छ । नेपाली टोलीले करिव दुई महिना वैदेशिक प्रशिक्षणको मौका पाएको छ । म थाइल्यान्ड बक्सिङ एसोसिएसनलाई विशेष धन्यवाद दिन चाहान्छु, किनभने एसोसिएसनले नेपाल बक्सिङलाई धेरै सहयोग गरेको छ ।’ अध्यक्ष अवालेले भने, ‘एसियाड पछि १३ औं सागमा स्वर्णपदक र टोकियो ओलम्पिकका लागि छनोट भएर ओलम्पिक खेल्ने तयारीमा लाग्नेछौं ।’
कुसुम र टिम व्यवस्थापक पुस्कर राज पन्त आज साँझ हंगेरी प्रस्थान गर्नेछ । च्याम्पियनसिप २२ अगस्टबाट ३१ सम्म हुनेछ । कुसुमले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछ । उनको तौलसमूहमा २० भन्दा बढी राष्ट्रको सहभागिता रहने जनाएको छ ।