काठमाडौं । बसुन्धरा नेसनल एकेडेमी (बीएनए) र भक्ति सिमोन स्मृति दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बीएनएले ज्ञान संस्कारलाई २०–१६ ले पराजित गर्यो । बीएनएका आयुश गौतमले ६ अंक जोडे । भक्तिले ग्रिनल्यान्डलाई २१–१९ ले हरायो । भक्तिका आदिप श्रेष्ठले ८ स्कोर गरे ।
जुनियर ब्वाइजमै ज्ञानभूमिले न्युटनलाई २२–१६ तथा हिमशिलाले बीएमसीएलाई २१–२० ले पाखा लगायो । ज्ञानभूमिका जेनिश भुसालले ७ तथा हिमशिलाका रेमोन कार्कीले ६ अंक जोडे ।
क्वाटरफाइनल ज्ञानभूमि र भक्ति, एन्जल्स हार्ट र हिमशिला, जेबी स्कुल र गोल्डेनपिक तथा फेरिल्यान्ड र बीएनएबीच हुनेछ । जुनियर गर्ल्समा आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल ‘बी’ ले एनसीसीएसलाई २५–१७, भ्याली पब्लिकले सेन्ट जोसेफलाई २३–१८, बीएनएले मन्जरीलाई १८–१५ र क्यान्भास बसन्त ऋतुले भक्तिलाई २३–२१ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
फेरिल्यान्ड ‘बी’ की सायाना माझीले ८, भ्याली पब्लिककी आकृति बमले ९, बीएनएकी आङछेन शेर्पाले ६ र क्यान्भासकी सोनिया तामाङले ७ स्कोर गरे ।
फेरिल्यान्ड ‘ए’ ले जेबी, न्युटनले हिमशिला, क्यान्भासले भ्याली पब्लिक र फेरिल्यान्ड ‘बी’ ले बीएनए विरुद्ध क्वाटरफाइनल खेल्ने छन् ।