Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • नेपाल इ–स्पोर्टस् च्याम्पियनसिप २०१८ हुँदै
नेपाल इ–स्पोर्टस् च्याम्पियनसिप २०१८ हुँदै
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, भदौ १, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं , १ भदाै – नेपाल इस्पोर्टस् संघ (नेसा)ले एनसेल प्राईभेट लिमिटेडसँगको सहकार्यमा यही भदौ १ र २ गते नेपालमा पहिलो पटक नेपाल ई–स्पोर्टस् च्याम्पियनसिप २०१८ को आयोजना गर्दैछ । देशमा रहेका इस्पोर्टस् खेलाडीहरुलाई आफ्नो कौशल प्रदर्शन गर्दै राष्ट्रिय उपाधि तथा विश्वमा हुने विभिन्न ईस्पोर्टस् प्रतिस्पर्धाहरुमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नु यस च्याम्पियनसिपको उद्देश्य रहेको छ । कार्यक्रम प्रदर्शनी मार्ग, भृकुटी मण्डपमा हुन गईरहेको छ ।


नेसा नेपालमा इस्पोर्टस्को प्रवर्धन गर्दै यसलाई मुलधारको खेलको रुपमा विकास गर्ने उदेश्य लिई स्थापना भएको गैर नाफा मुलक संस्था हो । यो नेपाल ओलम्पिक कमिटी र अन्तर्राष्ट्रिय इ–स्पोर्टस् महासंघसँग आवद्ध छ । साथै एसियन ई–स्पोर्टस् महासंघसँग पनि सम्बद्ध छ र वल्र्ड साइबर एरिना ९डब्लुसिए० को पनि पूर्ण सदस्य रहेको छ ।

नेपाल इ–स्पोर्टस् च्याम्पियनसिपमा यस वर्ष दुई विषेश भिडियो गेमहरु ‘डोटा टु’ र ‘काउन्टर स्ट्राइकःग्लोबल अफेन्सिभ (सिएसःजिओ)’ समावेश गरिएका छन् । डोटा टु दुई भन्दा बढि सहभागीहरुले अनलाइन खेल्न सक्ने भिडियो गेम हो । त्यसैगरी काउन्टर स्ट्राइकःग्लोबल अफेन्सिभ एक मल्टिप्लेयर फष्ट पर्सन सुटर भिडियो गेम हो । प्रत्येक गेममा ८ समुहले प्रतिस्पर्धा गर्र्देछन् र प्रत्येक गेमका विजयी समुहले पुरस्कार स्वरुप रु १५०,००० नगद प्राप्त गर्नेछन् । साथै विजयी समुहले अन्तर्राष्ट्रिय ई–स्पोर्टस् प्रतिस्पर्धाहरुमा सहभागी हुने मौका पनि पाउनेछन् ।

इ–स्पोर्टस् प्रेमीहरुले नेपाल ई–स्पोर्टस् च्याम्पियनसिपको लाईभ स्ट्रिमिङ्बाट पनि मजा लिन सक्नेछन् । विश्वका विकासशील बजारहरुमा अग्रणी मनोरञ्जन सेवा प्रदायक आइफिल्क्सले भदौ १ र २ गते यो च्याम्पियनसिपको लाईभ स्ट्रिमिङ् गर्नेछ । देश भित्र र बाहिर हुने विविध मुख्य कार्यक्रमहरु लाईभ स्ट्रिमिङ् गर्ने कार्यमा आइफिल्क्स सधै अग्रणी रहदै आएको छ ।

भल्भ कर्पोरेसनले विकास गरी प्रकाशन गरेको डोटा टु पाँच–पाँच जना सदस्य रहने दुई समुह बिच प्रतिस्पर्धा गरिने भिडियो गेम हो । प्रतिस्पर्धी समुहले नक्सामा आ–आफ्ना आधारको रक्षा गर्न र अर्काको आधारमा कब्जा जमाउन पहल गर्छन । समुहका प्रत्येक खेलाडीले स्वतन्त्ररुपमा एक शक्तिशाली चरित्र ‘हिरो’ को नियन्त्रण गर्दै प्रतिस्पर्धा गर्दछन् ।

यस्ता ‘हिरो’ का आफ्नै अद्वितीय क्षमता तथा खेल खेल्ने शैली हुन्छन् । प्रतिस्पर्धाका क्रममा सहभागी खेलाडीहरुले एक्सपिरियन्स प्वाइन्टस् र आइटमहरु जम्मा गर्दै जान्छन् र प्रतिद्वन्द्वी समुहका हिरोहरुसँग सफलता पूर्वक लड्न सक्ने हुन्छन् । दुई प्रतिस्पर्धी समुहहरु मध्ये जुन समुहले आफ्नो प्रतिद्वन्द्वी समुहको आधारमा रहेको ‘एन्सियन्ट’ भनेर चिनिने ठूलो संरचना भत्काउछ त्यो समुह विजयी घोषणा हुन्छ ।

त्यसैगरी हिडन पाथ इन्टरटेनमेन्ट र भल्भ कर्पोरेसनले विकास गरेको काउन्टर स्ट्राइकःग्लोबल अफेन्सिभ एक अर्को मल्टिप्लेयर भिडियो गेम हो । यसमा दुई समुहहरुले टेररिस्ट र काउन्टर टेररिस्ट समुहको रुपमा प्रतिस्पर्धा गर्दछन् । खेलमा एक समुहले अर्को समुहलाई निर्मुल पार्न प्रतिस्पर्धा गर्छन् । साथै उनीहरुले विभिन्न कार्यहरु पनि सम्पन्न गर्नुपर्ने हुन्छ । यो खेल विभिन्न ८ वटा तरीकामा खेल्न सकिन्छ र प्रत्येक तरीकामा आ–आफ्नै विशेषताहरु रहेका हुन्छन् ।

“देशमा पहिलो पटक नेपाल ई–स्पोर्टस् च्याम्पियनसिप आयोजना हुन लागेकोमा हामी खुसी छौं । यस च्याम्पियनसिपले ई–गेमर्सलाई आफ्नो नियमित सर्कलबाट बाहिर आई राष्ट्रिय प्रतिस्पर्धामा भाग लिई विश्वमा हुने विभिन्न ई–स्पोर्टस् टुर्नामेन्टहरुमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नेछ । च्याम्पियनसिपको आयोजनलाई संभव बनाउन उदार सहयोग प्रदान गरेकोमा हामी एनसेल प्रति आभारी छौं,” नेसाका अध्यक्ष सुरज डंगोलले भने ।

‘‘नेपालका गेमर्सलाई आफ्नो कौशल प्रदर्शन गर्न सुअवसर प्रदान गर्ने यो पहिलो राष्ट्रिय स्तरको ई–स्पोर्टस् प्रतिस्पर्धा आयोजनका लागि नेसासँग सहकार्य गर्न पाएकोमा हामी हर्षित छौं । विश्वव्यापी रुपमा लोकप्रिय भईरहेको ई–स्पोर्टसलाई आत्मसाथ गर्दै नेपालमा अझै यस्ता कार्यक्रम धेरै भएको हामी हेर्न चाहन्छौं,’’ एनसेलका प्रमुख कमर्सियल अधिकृत एन्डी चोङ्ले भने ।

यस च्याम्पियनसिपको व्यवस्थापन अडिया सर्भिसेज प्राईभेट लिमिटेडले गर्दैछ । दर्शकहरुको मनोरञ्जनका लागि च्याम्पियनसिप स्थलमा विभिन्न कार्यक्रमहरु पनि संचालन हुनेछ । च्याम्पियनसिपको उद्घाटन तथा समापन कार्यक्रममा युट्युबमा बहुचर्चित रहेका नेपाली कलाकार स्वप्न सुमन र टम्बलविड इङ्कको प्रस्तुती रहनेछ । कार्यक्रममा प्रवेश शुल्क रु १५० रहेको छ । च्याम्पियनसिपमा २०,००० भन्दा बढि दर्शकहरुले सहभागीता जनाउने नेसाले आशा लिएको छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५  १५:०८
#Nepal E–Sports #NESA #Ncell
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा बुधबार, वैशाख १६, २०८३
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने बुधबार, वैशाख १६, २०८३
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन आइतबार, वैशाख १३, २०८३
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस शनिबार, वैशाख १२, २०८३
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन शनिबार, वैशाख १२, २०८३
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित बुधबार, वैशाख ९, २०८३
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी मंगलबार, वैशाख ८, २०८३
Navodit College Navodit College
ताजा समाचार
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा खेलकुद मञ्‍च
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत खेलकुद मञ्‍च
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने खेलकुद मञ्‍च
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन खेलकुद मञ्‍च
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने बुधबार, वैशाख १६, २०८३
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा बुधबार, वैशाख १६, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्