Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • एमेच्योर गल्फर राहुलद्वारा सेन्ट्रल ओपनको उपाधि रक्षा, प्रो जयराम १४ स्ट्रोकले पराजित
एमेच्योर गल्फर राहुलद्वारा सेन्ट्रल ओपनको उपाधि रक्षा, प्रो जयराम १४ स्ट्रोकले पराजित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, पुस १७, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्माले जितेका छन् । उनी प्रो र एमेच्योर दुवै तर्फको उपाधि जित्न सफल भए । यो उनको करियरको तेस्रो उपाधि हो ।

प्रोफेसनल खेलाडी जयराम श्रेष्ठलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै राहुल उपाधि रक्षा गर्न सफल भएका हुन् । प्रतियोगिताको अन्तिम दिन आज  ४–अन्डर ६८ स्कोर गरेका राहुलले समग्रमा १४–अन्डर २ सय ७४ सहित उपाधि जितेका हुन् ।

जयराम श्रेष्ठले खराब प्रदर्शन गर्दै ५–ओभर ७७ स्कोर गर्दा समग्रमा इभन–पार २ सय ८८ सहित दोस्रो स्थान प्राप्त गरे । प्रोतर्फ पहिलो भएका जयरामले १ लाख ७० हजार पुरस्कार प्राप्त गरे ।

समग्रमा २–ओभर २ सय ९० को स्कोरमा तोरणविक्रम शाही र भुवन नगरकोटीले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त  गरे । तोरणले इभन–पार ७२ र भुवनले ४–अन्डर ६८ मा चौथो दिनको खेल सकाए। उनीहरूले १ लाख १२ हजार ५ सय नगद पुरस्कार हात पारे ।

नेपाल नम्बर एक प्रो निरज तामाङले समग्रमा ३–ओभर २ सय ९१ को स्कोरमा पाँचौं स्थान हात पारे। उनले आज ३–अन्डर ६९ मा खेल सकाए । उनले ८२ हजार नगद पुरस्कार प्राप्त गरे ।

समग्रमा ४–ओभर २ सय ९२ को स्कोरमा भुवन कुमार रोक्का, शुक्रबहादुर राई, दिनेश प्रजापति र एमेच्योर रूबेन थापा संयुक्तरुपमा छैटौं भए । भुवनले ४–ओभर ७६ खेल्दा शुक्र र दिनेशले २–ओभर ७४ मा खेल पुरा गरे। उनीहरूले ६४ हजार ३ सय ३३ नगद पुरस्कार प्राप्त गरे ।

एमेच्योर रूबेनले २–अन्डर ७० स्कोर गरे। रुबेन एमेच्योरतर्फ दोस्रो भए । अर्का एमेच्योर साम डोबलार्ड दशौं भए । उनले आज १–ओभर ७३ को स्कोर सहित समग्रमा ८–ओभर २ सय ९६ स्कोर गरे ।

अन्तिम १८ होलको सुरूआत गर्दा ५ स्ट्रोकको अग्रता रहेको राहुललाई अन्य खेलाडीले चुनौती दिन सकेनन् । फ्रन्ट नाइन ३–अन्डर ३३ खेलेसँगै राहुलले उपाधि जित्ने लगभग निश्चित भएको थियो । राहुलले दोस्रो, तेस्रो, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। पाँचौ होलमा एक सट खेर फाले। यसपछि १७ औं होलको बोगीका विरूद्ध १२औं र १५औं होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए ।

जयरामले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाउने क्रममा पहिलो र दोस्रो होलमा लगातार दुई बर्डी प्रहार गरे । तर तेस्रो र सातौं होलमा एक–एक सट खेर फाले। यसपछि उनले ब्याक नाइन बिर्सनलायक खेले । १०औं र १२औं तथा १४ देखि १६ सम्म लगातार तीन गरी कुल ५ बोगी प्रहार गरे। यो खराब प्रदर्शनमा ब्याक नाइन ५–ओभर ४१ मा सकाए ।

तोरणले फ्रन्ट र ब्याक नाइन दुवै इभन–पार ३६ मा सकाए। फ्रन्ट नाइनमा उनले सबै होलमा पार बचाए । ब्याक नाइनमा १०औं, १२औं र १४औं होलमा बर्डी प्रहार गरे । तर ५–पारको १५औं होलमा डबल बोगीको समान गर्दा १८औं होलमा बोगी प्रहार गरे ।

भुवनले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ मा सकाए। उनले पहिलो, तेस्रो, चौथो तथा १६ देखि १८ होलमा लगातार तीन गरी कुल ६ बर्डी प्रहार गरे। आठौं र चौधौं होलमा एक–एक सट खेर फाले ।

७२ होलको प्रतिस्पर्धामा ३७ प्रोफेसनल र २५ एमेच्योर गरी कुल ६२ खेलाडीको सहभागिता रहेको थियो। जहाँ कट बनाउने १८ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे। सिजनको पहिलो प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको थियो ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेप्युटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार प्रदान गरे ।


प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १९:१०
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
भियतनाम जाने टेनिस टोलीको बिदाइ
भियतनाम जाने टेनिस टोलीको बिदाइ बिहीबार, फागुन १४, २०८२
बुदोकैदो टोली रुस जाने
बुदोकैदो टोली रुस जाने मंगलबार, फागुन १२, २०८२
सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि
सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि शनिबार, फागुन ९, २०८२
सुदूरपश्चिमलाई दोश्रो राष्ट्रिय हक्कीको उपाधि
सुदूरपश्चिमलाई दोश्रो राष्ट्रिय हक्कीको उपाधि शनिबार, फागुन ९, २०८२
टेनिस खेलाडी छनोट
टेनिस खेलाडी छनोट शनिबार, फागुन ९, २०८२
नेपालकी दिलिका भ्लोनलाई स्वर्ण
नेपालकी दिलिका भ्लोनलाई स्वर्ण शुक्रबार, फागुन ८, २०८२
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण बिहीबार, फागुन ७, २०८२
Navodit College Navodit College
ताजा समाचार
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि खेलकुद मञ्‍च
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न खेलकुद मञ्‍च
एलआरआई च्याम्पियन
एलआरआई च्याम्पियन खेलकुद मञ्‍च
जेम्स र विश्वज्ञान सेमिफाइनलमा
जेम्स र विश्वज्ञान सेमिफाइनलमा खेलकुद मञ्‍च
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
सुदूरपश्चिमलाई दोश्रो राष्ट्रिय हक्कीको उपाधि
सुदूरपश्चिमलाई दोश्रो राष्ट्रिय हक्कीको उपाधि
मानसिंह र बेलमोन्टको विजयी सुरुआत
मानसिंह र बेलमोन्टको विजयी सुरुआत
हिमालय र संस्कृति सेमिफाइनलमा
हिमालय र संस्कृति सेमिफाइनलमा
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप शुक्रबार, फागुन १५, २०८२
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न शुक्रबार, फागुन १५, २०८२
जेम्स र विश्वज्ञान सेमिफाइनलमा
जेम्स र विश्वज्ञान सेमिफाइनलमा शुक्रबार, फागुन १५, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्