Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • खेल पर्यटनमार्फत मुलुक समृद्ध हुन्छ–मुख्यमन्त्री पौडेल
खेल पर्यटनमार्फत मुलुक समृद्ध हुन्छ–मुख्यमन्त्री पौडेल
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, साउन ३०, २०७५
फाइल तस्वीर
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

चितवन, ३० साउन – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को १७औँ विशेष साधारणसभा आजदेखि चितवनको सौराहामा शुरु भएको छ । विशेष साधारणसभाको उद्घाटन गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले खेल पर्यटनमार्फत नेपाललाई समृद्ध पार्न सकिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रियस्तरका ठूला खेलको आयोजनामार्फत नेपालमा लाखौँ पर्यटक भित्र्याउन सकिन्छ, खेल पर्यटनको प्रवद्र्धनका लागि प्रदेश सरकार क्रियाशील छ ।” खेल पर्यटन नेपालका लागि सबैभन्दा फाइदा पुग्ने क्षेत्र रहेको उहाँको भनाइ थियो । 

‘युवाको गौरव, जवानीमा पौरख र प्रदेशको सौरभ’ भन्ने मूल नाराका साथ प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशस्तरीय खेलकूद प्रतियोगिता आयोजना गर्ने नीति अघि सारेको उहाँले जानकारी दिनुभयो । 

उहाँले सरकारले देखेको समृद्धिको सपना पूरा गर्न खेलकूदको विकास अपरिहार्य रहेको बताउनुभयो । भूकम्पका कारण भत्किएको दशरथ रङ्गशाखा निर्माणको काम तीन वर्षसम्म गर्न नसक्नु खेल क्षेत्रकै दुःखदायी कुरा भएको उहाँले बताउनुभयो । 

प्रतिनिधिसभाका सांसद सुरेशकुमार राईले खेलकूदको विकासका लागि सरकारले नयाँनयाँ नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रङ्गशालाको आवश्यकता आैँल्याउनुभयो । 

कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवाल, मिलनबाबु श्रेष्ठ, मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य उपेन्द्र पौडेललगायतले फुटबलको विकासका लागि योजनाबद्ध ढङ्गबाट अघि बढ्नुपर्ने आवश्यकता आैँल्याउनुभयो ।एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फालाई सङ्घीय संरचनाअनुसार लैजाने बताउनुभयो । 

कार्यक्रममा खेलमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान दिलाएका फुटलबका पाँचजना पूर्वखेलाडीलाई जिल्ला फुटबल सङ्घ चितवनले सम्मान गरेको छ । सम्मानित हुनेमा सूर्यमान श्रेष्ठ, अरुणा गुरुङ, छन्नुराम चौधरी, ललित थापा र राजेन्द्रकुमार श्रेष्ठ हुनुहुन्छ । 

सङ्घीय संरचनाअनुसार विधान संशोधन हुँदै 

एन्फाको १७ औँ विशेष साधारण सभाले आर्थिक पारदर्शीताका लागि इतिहासमै पहिलोपटक आर्थिक नियमावलीसहित विधान संशोधन गर्दैछ । साधारणसभाले कार्यसञ्चालन नियमावली, कर्मचारी प्रशासन नियमावली, खेलाडी दर्ता नियमावलीसमेत पारित गर्ने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । नयाँ विधानअनुसार एन्फा अब प्रदेशस्तरीय संरचनामा जानेछ । 

यस्तै खेलाडी दर्ता अनलाइनमार्फत गरिने, छेलाडीको वृत्ति विकासका लागि अक्षयकोष स्थापना गरिने एन्फाले जनाएको छ । दर्तामा व्यावसायिक क्लब, गाउँस्तर र स्कुलका खेलाडीसमेत सहभागी हुन पाउनेछन् । 

परम्परागत लिग खेललाई व्यवस्थित गरी जिल्ला लिग खेलाउने, जिल्लाबाट छनोट भएकालाई प्रदेशमा, प्रदेशबाट उत्कृष्ट भएकालाई एन्फा प्रेसिडेन्ट कपमा सहभागी गराउँदै राष्ट्रिय लिग गर्ने योजना अघि सारिएको छ । 

एन्फाले रौतहटमा महिला टेक्निकल सेन्टर स्थापना निकट भविष्यमै गरिने सो अवसरमा जानकारी दिइयो । साधारणसभामा फुटबलको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनासमेत प्रस्तुत गरिँदैछ । 

विशेष साधारणसभामा ४५ जिल्ला सङ्घ, १४ ए डिभिजन क्लब, नौ बि डिभिजन क्लब, पाँच सी डिभिजन क्लबबाट चार समिति (महिला, खेलाडी, प्रशिक्षक, रेफ्री), एएफसीका प्रतिनिधि गरी ३०० जना प्रतिनिधि सहभागी छन् ।


प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५  १४:०८
#ANFA Conference #Chitawan #Souraha
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एचजेएनबीएल : कीर्तिपुरमाथि टाइम्सको रोमाञ्चक जित
एचजेएनबीएल : कीर्तिपुरमाथि टाइम्सको रोमाञ्चक जित मंगलबार, चैत १०, २०८२
टेनिस खेलाडी छनोट
टेनिस खेलाडी छनोट मंगलबार, चैत १०, २०८२
भूपेन्द्र र सुजन सम्मानित
भूपेन्द्र र सुजन सम्मानित मंगलबार, चैत १०, २०८२
एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित
एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित सोमबार, चैत ९, २०८२
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित आइतबार, चैत ८, २०८२
दिक्षा, महेश र रनोजलाई उपाधि
दिक्षा, महेश र रनोजलाई उपाधि आइतबार, चैत ८, २०८२
Navodit College Navodit College
ताजा समाचार
एचजेएनबीएल : कीर्तिपुरमाथि टाइम्सको रोमाञ्चक जित
एचजेएनबीएल : कीर्तिपुरमाथि टाइम्सको रोमाञ्चक जित खेलकुद मञ्‍च
टेनिस खेलाडी छनोट
टेनिस खेलाडी छनोट खेलकुद मञ्‍च
भूपेन्द्र र सुजन सम्मानित
भूपेन्द्र र सुजन सम्मानित खेलकुद मञ्‍च
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत खेलकुद मञ्‍च
एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित
एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित
एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित सोमबार, चैत ९, २०८२
भूपेन्द्र र सुजन सम्मानित
भूपेन्द्र र सुजन सम्मानित मंगलबार, चैत १०, २०८२
Photo Gallery
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्