काठमाडौं । १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकले हिमशिला, बोधीसदनले क्यान्भास, हेम्सले ग्रिनल्यान्ड, जेनियस वल्र्डले राजन मेमोरियल, न्युटनले रेडियन्ट, बागमतीले स्कोलर्स होम, टीआईएले किङडम हिमालय र हेराल्डले जेबी स्कुलको सामना गर्ने छन् ।
सिनियर गर्ल्समा भ्याली पब्लिक ‘ए’ ले क्यान्भास, बागमतीले एन्जल्स नेसनल, हिमशिलाले केभीकेएसस, त्रिज्योतिले विद्या विकास, साम्तेनले सेब, फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए), न्युटनले जेबी स्कुल र भ्याली पब्लिक ‘बी’ ले सत्यसाइ विरुद्ध खेल्ने छन् ।
जुनियर ब्वाइजमा त्रिज्योतिले गण्डकी, इबीएले फेरिल्यान्ड, ग्रिनफिल्डले सेब, गोल्डेनपिकले किङडम, ओडिसीले न्युटन, एन्जल्स हार्टले बसुन्धरा नेसनल एकेडेमी (बीएनए), लालीगुराँस नेसनल एकेडेमीले तेजस्वी र पारामाउन्टले भ्याली पब्लिकसंग प्रतिस्पर्धा गर्ने छन् ।