काठमाडौं । मार्वलस र इनोभेटिभ १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मार्वलसले एसियन पब्लिकलाई ३३–३१ ले पराजित गर्यो । मार्वलसको जितमा रोशन कुश्वाहले १० अंक योगदान गरे । फदिन्द्र सुनवारको ६ अंक सहयोगमा इनोभेटिभले श्रृजनशीललाई २१-१३ ले हरायो ।
सिनियर ब्वाइजमै एभरेष्ट फ्लोरिडाले सुप्रिम इन्टरनेसनललाई ३८-१९, चैतन्यले स्पाङगललाई ३८-१६, सनसाइनले सुप्रिमलाई २२-१२ र हेम्सले सेवा सदनलाई ४९-२९ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । एभरेष्टका एलिश थापाले २८, चैतन्यका विप्लव भाटले ९, सनसाइनका विशाल खड्काले ९ र हेम्सका जोनस शाहले २१ स्कोर गरे ।
जुनियर ब्वाइजमा अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) ले एसियन पब्लिकलाई २८-१६, स्पाङगलले चैतन्यलाई २१-१५, सनसाइनले अक्षरलाई २९-८ र काठमाडौं इङलिस स्कुल (केइएस) ले काठमाडौं जेभियर्स पब्लिक स्कुललाई ३०-१८ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए । एआईएका आदित्य बुढाले १४, स्पाङगलका विराज तिमल्सिनाले १३, सनसाइनका प्रशान्तले १३ र केइएसका विपुल भुजेलले १८ अंक जोडे ।
सिनियर गर्ल्स सनसाइनले एसियन पब्लिकलाई १५-१२ तथा लिभरपुलले चैतन्यलाई १७-१० ले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरे । सनसाइनकी निलिमा मगर र जस्तिना कार्कीले समान ४-४ तथा लिभरपुलकी भूमिका लिम्बूले १० अंक जोडे ।