काठमाडौं । लिटिल एन्जल्स (एलए)ले ३१औँ ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा बिहीबार जित हात पारेको छ । एलएले मल्पीलाई ६–१ गोलले पराजित गर्यो ।
विजयी टिमका लागि स्मिथ रावतले ३ तथा सौगात मगर र राइडुहाङ राईले समान १–१ गोल गरे । एक गोल आत्माघाती रह्यो । मल्पीका स्पन्डन खड्काले सान्त्वना गरे । आयोजक ज्ञानोदय र द एक्सेल्सियर स्कुले १–१ गोलको बराबरी खेले । गर्ल्स बास्केटबलमा आयोजक ज्ञानोदय, दीक्षालय, केएमसी, रिब्स, बौद्ध इन्टरनेसनल, मल्पी सिटी र रेडियन्ट पब्लिक क्वाटरफाइनलमा पुगे ।
ब्वाइज बास्केटबलमा ज्ञानोदय, जेम्स, ज्ञान निकेतन, पुष्पसदन, बाल दीक्षा सदन, भ्याली भ्यु, ओएसिस् इङलिस स्कुल, टीआईए, आईडियल मोडेल, मल्पी सिटी, एलए, हिमालय, मल्पी इन्टरनेसनल र रातो बंगलाले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।