काठमाडौं । वेस्टर्न रिजनल कलेज कमिटीको आयोजनामा वेस्टर्न रिजन अन्तरकलेज बास्केटबल प्रतियोगिता बुधबारदेखि कलंकीस्थित काठमाडौं भ्याली कलेज (केभीसी)मा सुरु भएको छ । प्रतियोगिताको केभीसीका अध्यक्ष एवं हिसानका केन्द्रीय उपाध्यक्ष डा.स्वागत श्रेष्ठ र केन्द्रीय प्याब्सनका सचिव पुरुषोत्तम अधिकारीले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
ब्वाइजमा १४ तथा गर्ल्समा ७ टिम सहभागी छन् । पहिलो दिन ब्वाइजको प्रतिस्पर्धामा ग्रिनफिल्डले कामनालाई ३२–१२, समृद्धिले हार्टल्यान्डलाई ४१–२८, मनासलुले केभीसीलाई ५४–३३, जुबिलियन्टले काष्ठमण्डपलाई २६–७, एडमार्कले क्यापिटल हिललाई २७–१९, राइजिङ स्टारले दिब्य ज्ञानलाई ५०–२२, लक्ष्मी शिक्षा सदनले एडमार्कलाई ३२–११, केसीसीएसले राइजिङ स्टारलाई ६२–४०, समृद्धिले काष्ठमण्डपलाई २८–१५, हार्टल्यान्डले जुबिलियन्टलाई ३४–२१, ग्रिनफिल्डले मनासलुलाई ४३–३४ र केभीसीले कामनालाई ६९–१० ले पराजित गरे ।
गर्ल्सको थ्री बाइ थ्रीमा समृद्धिले केभीसीलाई ७–३, जुबिलियन्टले केसीसीएसलाई १२–७, एडमार्कले कामनालाई ५–४, जेसिसले केभीसीलाई ५–३, समृद्धिले जेसिसलाई ८–६, केसीसीएसले एडमार्कलाई ७–२ र जुबिलियन्टले कामनालाई ९–२ ले हराए ।