काठमाडौं, ८ साउन - एपीएफ क्लबका दिपेश धामी र जेष्ठ ब्याडमिन्टनका सुनिल जोशी अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलदकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा मंगलबार भएको खेलमा दिपेशले प्रदेश नम्बर ५ का निरन्ज्न चौधरीलाई २१–१०, २१–७ को सोझो सेटमा हराए । अर्को खेलमा सुनिलले पनि प्रदेश ५ कै शिव थापालाई २१–७, २१–६ को सेटमा स्तब्ध बनाए ।
सोही स्पर्धाको अर्को खेलमा नेपाल पुलिस क्ल्बका जीव्न आचार्यले भारतका उदय बहादुर भट्टाचार्यलाई २१–६, २१–९ को सेटमा हराए । बैकुण्ठ श्रेष्ठले प्रदेश ४ का भुगोल गुरुङसँग वाकओभर पाए । पुलिसका दिपक बोहोराले प्रदेश ६ का जित प्रसाद लामिछानेलाई २१–११, २१–८ ले हराए ।
अन्य खेलमा भारतका शुभ डेले प्रदेश १ का प्रनिशसिंह ठकुरीलाई २१–१६, २१–१९, एपीएफका विजित थापामगरले बाँकेका सरोज अन्सारीलाई २१–१४, २१–१७, बंगलादेशका महमद सलमान खानले भारतका राजदिप शर्मालई २१–१५, २१–११ र एपीएफका निरञ्जन देवकोटाले प्रदेश १ का सुजन श्रेष्ठलाई १३–२१, २१–१८, २३–२१ को सेटमा हराउँदै तेस्रो चरणमा पुगे ।
यसैगरी सोही स्प्र्धाको अर्को खेलमा त्रिभुवन आर्मी क्लबका प्रफुल मर्हजनले प्रदेश ७ का जेवी साउदसँग वाकओभर पाए । आर्मीकै रुकेश मर्हजनले एमआईबीसीका निरबिक्रम देवकोटालाई २१–१८, २१–११, भारतका शेख महमद रहिमले एपीएफका सुदिप सेढाईलाई २१–१६, २१–१८, नेपालका प्रिन्स दाहालले एपेक इन्टरनेशनलका अकिल श्रेष्ठलाई २१–९, २१–१५, आर्मीका प्रविन लिङथेपले प्रदेश ७ का देवराज रानालाई २१–१९, २१–१८ तथा पुलिसका विष्णु कटुवालले प्रदेश २ का राम कुमार श्रेष्ठसँग वाकओभर पाउँदै तेस्रो चरणमा स्थान बनाए ।