काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुलले नवौं एक्सेल्सियर कपको सिनियर ब्वाइज बास्केटबलमा शुक्रबार जित हात पारेको छ । स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पुष्पसदनलाई २९–२१ ले पराजित गर्यो ।
एक्सेल्सियरका रुसिब मुनिकरले ११ स्कोर गरे । सोही स्पर्धाको अन्य खेलमा जेनिथले ओएसिसलाई ३७–२६, रातो बंगलाले एलआरआईलाई १७–१२ र रेडिअन्ट पब्लिकले स्वर्णिमलाई ३०–९ ले हराए । जेनिथका सुशिल शाहीले २०, रातो बंगलाका जैबी आचार्यले १४ र रेडिअन्टका सुवास गौतमले २० अंक जोडे ।
गर्ल्स बास्केटबलमा द चाँदबागले न्यु जेनिथलाई १०–४, काष्ठमण्डपले स्वर्णिमलाई १७–७ र रेडिअन्टले रिब्सलाई ८–१ ले पन्छाए । चाँदबागकी इभ ठेबेले ४, काष्ठमण्डपकी रिया राईले ११ र रेडिअन्टकी दिब्यान्शा कार्कीले ६ अंक बटुले ।
यू-१२ ब्वाइज फुटबलमा आयोजक एक्सेल्सियरले दोहोरो जित निकाल्यो । एक्सेल्सियरले काभ्यालाई १–० तथा काष्ठमण्डपलाई ३–२ गोलले पाखा लगायो । काभ्या विरुद्ध एक्सेल्सियरका आयान महर्जनले निर्णायक गोल गरे । काष्ठमण्डप विरुद्ध एक्सेल्सियरका साहिलराज थापाले २ तथा कृष पाण्डेले १ गोल गरे । काष्ठमण्डपका सुप्रिम बोहरा र सहज ढकालले १–१ गोल फर्काए ।
यू–१६ ब्वाइज फुटबलमा एलआरआईले काभ्यालाई ४–१, हार्टल्यान्ड एकेडेमीले काष्ठमण्डपलाई ३–० र बृहस्पति विद्या सदनलाई १–०, एनआईसी एकेडेमीले विद्या संस्कारलाई ४–३, रिब्स ‘बी’ ले एक्सेल्सियर नीलोलाई ३–१ तथा होली भिजनले बृहस्पतिलाई ६–० गोलअन्तरले निराश पारे । न्यु इरा र ग्रिनफिल्डले गोलरहित बराबरी खेले ।