काठमाडाैं, ११ असार – नेपाली राष्ट्रिय पुरुष रग्बी टिमका लागि अन्तिम १६ खेलाडी सार्वजनिक गरिएको छ। सिंगापुरमा हुने एसियन रग्बी सेभेन्स ट्रफीका लागि पुरुष खेलाडी सार्वजनिक गरिएको हो।
पहिलो चरणमा छनोट भएका ३२ खेलाडीबाट अन्तिम १६ खेलाडी छनोट गरिएको हो श्रीलंकन प्रशिक्षक राधिका हेत्तिराच्चीले एक महिनाको प्रशिक्षणबाट खेलाडी छनोट गरेका थिए।
छनोट भएका कुल १६ खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने प्रशिक्षक राधिकाले जानकारी दिए। १ महिनाको बन्द प्रशिक्षण बाट १२ सदस्यीय राष्ट्रिय टिम घोषणा गरिने नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए।
छनोट हुने खेलाडीमा कृष्ण क्षेत्री, विराटजंग एडी, निर्मल तामाङ, कृष्ण धमला, प्रेम कोइराला, श्रीराम श्रेष्ठ, विक्रम पुरी, जनक वाइबा, विराट श्रेष्ठ, हुत्रराज प्रधान, झुकेन्द्र राई, रामकिशोर चौधरी, सन्जय श्रेष्ठ, सिकिन्दर अधिकारी, सौगात राई र तुलाराम खत्री छनोट भएका छन्।
एसिया रग्बीको आयोजनामा अगामी ४ र ५ अगस्टमा हुने ट्रफीका लागि नेपाली पुरुष टोलीले २ महिनादेखि तयारी गरिरहेको संघका महासचिव चेतनराज गिरीलै जानकारी दिए। सोही ट्रफीका लागि रग्बी संघले विदेशी प्रशिक्षक राधिकालाई १ जुनदेखि नेपाली राष्ट्रिय टोलीमा नियुक्त गरिएको थियो।