काठमाडाैं ९ - असार नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालमा जुनियर ग्रेडिंग (पेटी परिक्षा) शनिवार एक विशेष कार्यक्रम बिच सम्पन्न भएको छ।
उक्त ग्रेडिंगमा ह्वाईट बेल्ट देखि जुनियर ब्राउन बेल्ट सम्मका खेलाडीहरुको ग्रेडिंग भएको थियो। उक्त ग्रेडिंगमा ह्वाईट बेल्ट देखि अरेन्ज बेल्टमा उत्तीर्ण हुन सफल हुनेहरुमा लुजा घुन्जु श्रेष्ठ,पुजन घुन्जु श्रेष्ठ,निशिथ श्रेष्ठ ,मौलिक डंगोल,सुशान्त चौधरी,बिबोध कार्की र बिबोन कार्की रहेका छन।
त्यसैगरी अरेन्ज बेल्ट देखि हाफ ग्रीन तर्फ अमृत गौतम उत्तीर्ण भएकाछन भने हाफ ग्रीन देखि ग्रीन बेल्टमा उत्तीर्ण हुनेहरुमा बिकाश लामा,पृथ्वी अग्रवाल,प्रशन्न बस्नेत,अशोक तामाँग,निशान श्रेष्ठ र अभय खपाँगी रहेका छन्।
त्यसैगरी ग्रीन बेल्ट देखि स्टेप ब्राउन तर्फ रेहन जावेद र मनीषा सिंह सफल भए। स्टेप ब्राउन देखि जुनियर ब्राउन बेल्टमा सोहन गौतम,बिवेश बस्नेत र कृतिका श्रेष्ठ उत्तीर्ण हुन सफल भए।
२७ जना खेलाडी सहभागी रहेको उक्त ग्रेडिंग नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता गजेन्द्र बहादुर खपाँगी 'ईश्वर' ले लिएका थिए।
राष्टिय खेलकुद परिषदका सदस्य अर्जुन बहादुर केसी को प्रमुख अातिथ्यमा सम्पन्न उक्त ग्रेडिगं कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका महासचिव काली बहादुर घर्ती मगर,राखेप पूर्ब सदस्य नारायण पौडेल, शाखाडोजो नक्सालका सहायक प्रशिक्षकहरु सुकलाल मोक्तान,रश्मिता श्रेष्ठ,आकाश पाल ,खेलाडीअभिभावक पत्रकार लगायत खेलप्रेमी महानुभावहरुको उल्लेख्य उपस्थिती रहेको थियो।
उक्त समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले खेलकुद क्षेत्रमा कराते खेलले अग्रणी भूमिका निर्वाह गरेको सबै सामु छर्लंग रहेको बताउँदै उत्तीर्ण हुन सफल खेलाडीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए।