काठमाडाैं, ८ असार – अन्तर्राष्ट्रिय ओलोम्पिक दिवश मनाउने क्रममा पोखरामा स्केटबोर्ड प्रतियोगिता सम्पन्न भएको छ।
सम्पन्न प्रतियोगिता सिनिअर तथा जुनिअर क्याटागोरी अन्तर्गत विभिन्न विधा ९ स्ट्रीट स्केटबोर्ड, पार्क स्केटबोर्ड, बेस्ट रन, गेम अफ स्केट० मा क्रमशस् सुनिल गुरुङ, उगेन राई, बिज़न सप्कोट्टा र सन्तोष पुन विजयी भएका छन्।
प्रतियोगितामा १०० जना खेलाडीहरुको सहभागिता रहेकको थियो, १०० जना मध्ये बाट २० जना अन्तिम लिस्टमा पर्न सफल भएका थिए, सो २० जना मध्येबाट गरिएको फाइनल बाट प्रथम, दुत्तिये, त्रित्तिये तथा सान्तवना छनोट गरिएको थियो।
प्रतियोगितामा बिजयी खेलाडीले मेडल, शिल्ड प्रमाण पत्र तथा एक(एक थान स्केटबोर्ड प्राप्त गरेका छन्। प्रतियोगितामा पोखराका अशिम तुलाचन अनुशासित खेलाडी घोषित भए भने पोखराकै सन्तोष गुरुङ उत्कृष्ट खेलाडी भएका थिए।
यस अघि प्रतियोगिताको उद्दघाटन प्रदेश नं. २ कि संसद मंजु यादव पश्चिमान्चल खेलकुद बिकास समिति अध्यक्ष खगराज पौडेल ले संयुक्त रुपमा गरेका थिए।
विजयी खेलाडीहरु लाई नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब श्री रेम बहादुर बिश्वोकर्मा, नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंग संघका राष्ट्रिय अध्यक्ष अच्युत खनाल, सचिब रामचन्द्र कोइराला, कास्की जिल्ला स्केटिङ्ग तथा स्केटबोर्डिंग संघका अध्यक्ष सुनिल छेत्री, सचिब तारानाथ अधिकारी र सहसचिब दिबेन भट्टराईले , ट्रफी, प्रमाणपत्र र स्केटबोर्ड प्रदान गरेका थिए।
समापन कार्यक्रम प्रतियोगिता संयोजक रामचन्द्र कोइरालाको अध्यक्षतामा भएको थियो। प्रतियोगिता पोखरा रंगशालामा रहेको अन्नपुर्ण स्केटपार्कमा सम्पन्न भएको थियो।
कार्यक्रममा आगामी एसियन गेम तथा टोकीयो ओलम्पिक २०२० लाई लक्षित गर्दै एस्ता प्रकारका धेरै प्रतियोगिताहरु आयोजना गर्दै जाने संघका अध्यक्ष खनाल ले प्रतिवद्धता व्यक्त गरेका थिए।