एजेन्सी, २९ जेठ – सन् १९३०मा उरुग्वेबाट शुुरु भएको फुटबलको महामेला विश्वकप फुटबलको २०१८को संस्करण अाउँदो बिहीबारबाट रुसमा शुरु हुँदैछ।
विश्वकपले प्रत्येक ४ वर्ष पछि समग्र विश्वलार्इ खेलको माध्यमबाट एकै ठाउँमा समेट्ने गरेको छ। विश्वकप फुटबलका लागि रुसले ११ शहरमा १२ रंगशाला निर्माण गरिसकेको छ। त्यस्तै, पोर्चुगल, पेरू, साउदी अरब लगायता अाधा भन्दा बढी सहभागी हुने राष्ट्रहरुले रुसको बाटो तताइसकेका छन्।
त्यस्तै, केही राष्ट्रहरु विश्वकप फुटबलको अगाडी अभ्यास खेलहरुमा व्यस्त रहेका छन्। सोही अनुरुप अाइतबार राति सम्पन्न मैत्रीपूर्ण खेलमा विश्वकप २०१८ को दाबेदार मानिएको टोली बेल्जियम विजयी भएको छ।
बेल्जियमको घरेलु मैदान हेशल स्टेडियममा कोस्टारिकाविरुद्ध भएको खेलमा घरेलु टोली ४–१ गोल अन्तरले विजयी भएको हो। खेलको २४अाैं मिनेटमा रायन रुर्इजको गोलबाट अग्रता लिएको पाहुना टोली कोस्टारिकाले त्यसको ६ मिनेटमै उक्त अग्रता गुमाएको हो। घरेलु टोलीका लागि ड्राइज मर्टेन्सले खेलको ३१अाैं मिनेटमा गोल गर्दै टिमलार्इ खेलमा फर्काएका थिए।
पहिलो हाफको खेलसकिन ३ मिनेट बाँकी हुँदा फरवार्ड रोमेलु लुकाकुले बेल्जियमका लागि दोश्रो गोल गरे। पहिलो हाफको खेल २–१ गोलअन्तरको बराबरीमा टुंगिएको थियो। त्यस्तै, दोश्रो हाफको पाँचाैं मिनेटमा रोमेलु लुकाकुले व्यक्तिगत दोश्रो गोल गर्दै टिमको अग्रता ३–१ को स्थितिमा पुर्याएका थिए। त्यस्तै, खेलको अन्तिम गोल ५२अाैं मिनेटमा मैदान प्रवेश गरेका मिची बाट्सुवाइले खेलको ६४अाैं मिनेटमा गरेका हुन्।
त्यस्तै, सोमबार राति नै भएको अर्को खेलमा अफ्रिकी राष्ट्र सेनेगल विजयी भएको छ। दक्षिण कोरियाविरुद्ध भएको खेलमा सेनेगल २–० गोलअन्तरले विजयी भएको हो। सेनेगलको जितका लागि दक्षिण कोरियाका योङ ग्वान किमले अात्मघाती गोल गरेभने, दोश्रो गोल मोस्सा कोनाटेले पेनाल्टि मार्फत गरेका थिए।