काठमाडाैं, २७ जेठ – आयोजक अन्नपूर्ण स्कुलले १४औं अन्नपूर्ण कप मैत्रीपूर्ण बुद्धीचाल प्रतियोगिताको उपाधि जितेको छ। प्रतियोगितामा अन्नपूर्णले विभिन्न स्पर्धामा कुल १४ पदक जितेको थियो। अन्तिम दिन भएको खुला स्पर्धामा दिपज्योती स्कुलका प्रसन्न विक्रम कुबँर पहिलो, महांकालका विजय टमाटा दोश्रो तथा अन्नपूर्णका प्रबेश लामा तेश्रो भएका छन्।
यी तीनै खेलाडी छात्र यु–१४ स्पर्धामा पनि शिर्ष ३ स्थानमा अटाएका हुन्। छात्रा यु–१४ स्पर्धामा ग्रीनल्यान्डका निर्जला पौडेल, कुसुम तामाङ र सम्बृद्धी पाण्डे शिर्ष तीन स्थानमा रहे।
छात्रा यु–१६ स्पर्धामा बिन्ध्यबासीनीकी अम्बृसा श्रेष्ठ पहिलो, सुप्रीमकी अस्मिता पुलामी मगर र बिन्ध्यबासीनीका रश्मी डंगोल शिर्ष तीन स्थानमा रहेका छन्। छात्र यु–१६ स्पर्धामा अन्नपूर्णका दिपेन्द्र गमाल, बिन्ध्यबासीनीका अनीस डंगोल र ल्याब स्कुलका विज्ञान घिमिरे शिर्ष तीन स्थानमा रहेका छन्।
छात्रा यु–१२ स्पर्धामा अन्नपूर्णकी रोसरी डंगोल,जुगल स्कुलकी प्रत्युम्सा श्रेष्ठ र त्रीयोगकी मार्सल तामाङ शिर्ष तीन स्थानमा रहेका हुन्। छात्र यु–१२ स्पर्धामा त्रीयोगका सम्पूर्ण न्यौपाने, लोक आदर्शका बुद्ध करण पण्डित र जुगलका आदर्श यादव शिर्ष तीन स्थानमा रहेका छन्।
प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी विद्यालय ब्यबस्थापन कमिटीका अध्यक्ष तथा नेपाल उद्धोग वाणिज्य महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष दिनेस श्रेष्ठ र विद्यालयका प्राचार्य चन्द्र प्रकास राजभण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए।