एजेन्सी । चेल्सीका फरवार्ड ईडेन हजार्डले भविष्यको बिषयमा आफुले निर्णय लिएको बताएका छन् । बेल्जियमका अन्तराष्ट्रिय फरवार्ड हजार्डले स्पेनिस क्लब रियल मड्रिडका लागि चेल्सी छाड्न लागेको बताएका हुन् ।
लण्डन क्लब र मड्रिडबीच केही समययता हजार्डको बिषयलाई लिएर छलफल चलिरहेको थियो । पश्चिम लण्डन क्लब चेल्सीले हजार्डले नयाँ सम्झौतामा हस्ताक्षर गर्ने आशा राखेको थियो । चेल्सीसंगको हजार्डको सम्झौता सन् २०२० को समरमा सकिदैछ ।
हजार्डलाई चेल्सीले बेच्न मानी राखेको छैन तर हजार्डको कारण १ सय ३० मिलियन युरोको माग गरिरहेको छ । आईतबार भएको खेलमा हजार्डले बेन्चबाट लेस्टर सिटीविरुद्वको खेल सुरु गरेका थिए । सोही खेलनै चेल्सीको जर्सीमा हजार्डको अन्तिम लिग खेल हुने अनुमान गरिएको छ ।
माउरिजियो सर्री नेतृत्वको चेल्सीले लेस्टरसंग बराबरी खेल्दै तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । जसले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको छ ।
तर हजार्डले चेल्सीमा प्राप्त उपलब्धिले भविष्यमा कुनै असर नहुने बताएका छन् । उनले अर्को सिजनको बिषय टुङ्गो लागिसकेको बताएका हुन् ।
'होईन, मलाई त्यस्तो लाग्दैन ।' चेल्सीका रहने पत्रकारको प्रश्नमा हजार्डले भने, 'मैले निर्णय गरिसकेको छु ।'
'मैले पर्खिरहेको थिए, बिषय कसरी विकसित हुन्छ भनेर । केही हप्ता अगाडी मैले क्लबलाई हुन्छ भनेको थिए ।' उनले थपे, 'मैले निर्णय गरेको छु । तर यो मेरो लागि मात्र होईन । पहिला फाईनल खेल्न आवश्यक छ । त्यसपछि अरु देखिनेछ । मैले चाहेको भईरहेको छैन । मैले प्रतिक्षा गरिरहेको छु ।'
हजार्डले यस सिजन १६ गोल र १५ गोलका लागि अवसर सिर्जना गरे । जसले उनलाई क्लबमा व्यक्तिगत ह्याट्रिक अवार्ड सहित प्रिमियर लिगमा उत्कृष्ट असिस्टको अवार्ड समेत दिलाउन सफल रह्यो ।