२० वर्षीय एमबाप्पे लिग वानको प्लेयर अफ दि इयर र योङ प्लेयर अफ दि इयरको अवार्ड जितेका हुन् । एमबाप्पे यो सिजनको लिग वानमा ३० गोल गर्दै शीर्षस्थानमा रहेका छन् । उनले सन् २०१७ मा मोनाकोलाई लिग वान च्याम्पियन बनाउने क्रममा पनि योङ प्लेयर अवार्ड जितेका थिए ।
एमबाप्पेसँगै आफ्नै टिमका पाँच सहयात्री थियागो सिल्भा, मार्कुन्योस, एन्जल डि मारिया, मार्काे भेराटी, नेयमार, निकोलस पेपे, मिके मेइगनन, फरल्यान्ड मेन्डी, टनगे एडोम्वेले र केन्नी लाला लिग वानको टिम अफ दि इयर घोषित भए ।
अवार्ड कार्यक्रम दौरान नै विमान दुर्घटनामा ज्यान गुमाएका इमिमिलियानो सालालाई विशेष सम्मान गरिएको थियो । उनको नयाँ क्लब कार्डिफमा जाने क्रममा दुर्घटनामा परि मृत्यु भएको थियो ।
करिम बेन्जिमाले फ्रान्सभन्दा बाहिर खेल्ने उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । उनी स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध छन् । आइतबार राति भएको अवार्ड कार्यक्रममा आर्सनलका पुर्व प्रशिक्षक आर्सेनी विङ्गर र चेल्सीका पुर्व फरवार्ड ड्रिडियर ड्रोग्वालगायतको उपस्थिति रहेको थियो ।
लिग वानतर्फका अवार्डका विजेताहरु
उत्कृष्ट खेलाडी– केलियन एमबाप्पे (पीएसजी)
वेस्ट होप – केलियन एमबाप्पे (पीएसजी)
गोलरक्षक – मिके मेइगनान (लिले)
प्रशिक्षक – क्रिस्टोफे गाल्टिरर (लिले)
उत्कृष्ट गोल –लाइक रेमी (लिले)
रेफ्री – क्लेमेन्ट टर्पिन
सहायक – मिचेल एनोनिर
लिग टु तर्फका विजेताहरु
उत्कृष्ट खेलाडी – गेइटान चार्वाेनिर (ब्रेस्ट)
गोलरक्षक – भिन्सेन्ट डिमारकोन्ने (पेरिस)
कोच – पास्कल गास्टिन (क्लेरमोन्ट)
गोल – वेलफ्रेड मोइमवे (नान्सी
रेफ्री – विलियम लाभिस
सहायक – लुडोभिक रेयर