Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Kathmandu BernHardt College Kathmandu BernHardt College
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
WORLD CUP
  • Home
  • WORLD CUP
  • यी ११ शहरका १२ रंगशालामा हुँदैछन् विश्वकपका खेलहरु
यी ११ शहरका १२ रंगशालामा हुँदैछन् विश्वकपका खेलहरु
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, जेठ २७, २०७५
Chelsea World School Chelsea World School

एजेन्सी, २७ जेठ – खेलकुद जगतको सर्वाधिक लोकप्रिय खेल हो, फुटबल। फुटबलमध्ये पनि विश्व भरिकै खेलकुद प्रेमीहरु माझ सामुद्रिक अाँधि ल्याउने कार्य विश्वकप फुटबलले गर्दछ।

विश्वभरिका अाम मानिसहरुलार्इ प्रत्येक ४ वर्षमा एक पटक एकै ठाउँमा समेट्ने कार्य पनि विश्वकप फुटबलले नै गर्दछ। विश्वकप २०१८ को अायोजक रुसले गर्दैछ।

जुन १४ अर्थात् अाउँदो बिहीबार बाट शुरु हुने विश्वकप फुटबलको तयारी अन्तिम चरणमा पुगिसकेको छ। त्यसैबीच, अायोजक राष्ट्र रुसले विश्वकप फुटबलका खेलहरुका लागि कस्ता खेलमैदानहरु तयार गरेको छ? यस विषयमा तयार गरिएको विशेष रिपोर्ट तल प्रस्तुत गरिएको छ।

इतिहासमै प्रथम पटक अायोजना गर्न लागेको रुसले ११ शहरका १२ वटा रंगशालामा यो प्रतियोगिता खेलाइनेछ। ती १२ वटा रंगशाला निर्माणका लागि करिब १० बिलियन अमेरिकी डलर बराबरको रकम लगानी गरिएको बताइएको छ।

यस्ता छन् विश्वकप फुटवलका खेल हुने स्टेडियमहरुः  

लुज्निकी स्टेडियम

लुज्निकी स्टेडियम रुसको राजधानी मस्कोमा अवस्थित छ। विश्वकप फुटबल २०१८को उद्घाटन तथा समापनका लागि यसै स्टेडियमलार्इ निर्धारण गरिएको छ। युरोपकै सबैभन्दा ठूला रंगाशालामध्ये एक हो, लुज्निकी स्टेडियम। यो मोस्कभा नदीको किनारमा अवस्थित रहेको छ।

विश्वकपको खेल हेर्न रंगशाला जाने मार्गमा विश्व चर्चित कम्युनिस्ट नेता लेनिनको ठूलो कदको मूर्ति राखिएको हुनाले बाह्य पर्यटकका लागि यो स्टेडियमलार्इ अाकर्षकको केन्द्र विन्दुका रुपमा हेरिएको छ।

सन् १९८० को ओलम्पिक, १९९९ को यूएफए कप फाइनल, २००८ मा म्यानचेस्टर यूनाइटेड र चेल्सीबीचको च्याम्पियन्स लिगको फाइनल र २०१३ मा सम्पन्न विश्व एथ्लेटिक्स च्याम्पियनसिप यसै रंगशालामा भएको थियो।

पुनर्निर्माण गरिएपछि यो रंगशालाले ‘स्टेडियम अफ दि इयर २०१७’ को सम्मान पनि पाएको थियो। ४ करोड अमेरिकी डलर निर्माण खर्च रहेको यो रंगशालामा ८० हजार दर्शक क्षमता रहेको छ।

यो रंगशालामा विश्वकपको ७ वटा खेल हुनेछन्। जसमा उद्घाटन खेलमा रुस र साउदी अरेबियाले जुन १४ मा, जर्मनी र मेक्सिकोले जुन १७ मा, पोर्चुगल र मोरक्कोले जुन २० मा, डेनमार्क र फ्रान्सले २६ जुनमा, राउन्ड अफ १६ को १ जुलाईमा हुने खेल, ११ जुलाईमा हुने सेमिफाइनल र १५ जुलाईमा हुने फाइनल खेल हुनेछ।

कजान एरेना अर्थात कम्युनिस्ट एरा सेन्ट्रल स्टेडियम 

खेलकुद राजधानीको रुपमा परिचित स्थान हो, रुसको कजान। पछिल्ला बर्षहरुमा कजान एरेनाले आधुनिक, कलात्मक र महँगो खेल सुविधा सम्पन्नस्थलका रूपमा आफुलाई स्थापित गरेको छ। २०१३मा निर्मित यो रंगशाला इंग्ल्यान्डको वेम्ब्ली र इमिरेट्स रंगशालाको ढाँचामा निर्माण गरिएको छ।

यो रंगशाला रुसी प्रिमियर लिग अन्तर्गतको क्लब रुबिन कजानको घरेलु रंगशाला हो।

जुन कम्युनिस्ट एरा सेन्ट्रल स्टेडियमका रुपमा पनि चिनिन्छ। कजानका नदीको छेउमा रहेको यो रंगशालामा ४५ हजार ३ सय ७९ सिट क्षमता रहेको छ।

यो रंगशाला वाटर लिलीको आकारमा अमेरिकी कम्पनी पोपुलोसले निर्माण गरेको हो। जसको लागत झण्डै ४४ करोड अमेरिकी डलर थियो। 

यो रंगशालामा फ्रान्स र अस्ट्रेलियाले जुन १६ मा, इरान र स्पेनले जुन २० मा, पोल्यान्ड र कोलम्बियाले जुन २४ मा, दक्षिण कोरिया र जर्मनीले जुन २७ मा खेल्नेछन्।  यस्तै, राउन्ड अफ १६ को जुन ३० मा हुने खेल र ६ जुलाईमा हुने क्वार्टरफाइनल पनि यो रंगशालामा हुने तय भइसकेको छ।

निज्नी नोभ्गोरोड स्टेडियम 

गोलो आकारको निज्नी नोभोगोरोड रंगशाला स्टर्लकामा रहेको छ। दुईवटा नदीको छेउमा रहेकाले यो रंगशाला प्राकृतिक सुन्दरताले मनमोहक छ। २९ करोड अमेरिकी डलर लागत रहेको यो रंगशालामा ४४ हजार ८ सय ९९ दर्शक अटाउन सक्छन्।

यो रंगशालामा स्विडेन र दक्षिण कोरियाले १८ जुनमा, अर्जेन्टिना र क्रोएसियाले २१ जुनमा, इंग्ल्यान्ड र पानामाले २४ जुनमा, स्विजरल्यान्ड र कोस्टारिकाले २७ जुनमा तथा राउन्ड अफ १६ र क्वार्टरफाइनलका एक–एक खेल हुनेछन्।

फिस्ट ओलम्पिक स्टेडियम

फिस्ट ओलम्पिक रंगशालाको आकार अण्डाको जस्तो छ। रंगशालानजिकै रहेको फिस्ट माउन्टेनको नामबाट यो रंगशालाको नाम फिस्ट ओलम्पिक स्टेडियम राखिएको हो।

झण्डै ५२ करोड अमेरिकी डलर निर्माण लागत रहेको यो रंगशालाको निर्माण सन् २०१४ मा सोचीमा भएको हिउँदे ओलम्पिकका लागि गरिएको थियो।

हिउँदे ओलम्पिक र फिफा विश्वकप फुटबल दुवै आयोजना गर्ने भाग्यमानी रंगशालाका रुपमा फिस्ट इटालीको टुरिन रंगशालापछि दोस्रो रंगशाला बन्नेछ।

४७ हजार ६ सय ५९ दर्शक क्षमता रहेको यो रंगशालामा पोर्चुगल र स्पेनले जुन १५ मा, बेल्जियम र पानामाले जुन १८ मा, जर्मनी र स्विडेनले २३ जुनमा, अस्ट्रेलियामा र पेरुले जुन २६ मा तथा राउण्ड अफ १६ र क्वार्टरफाइनलको एक खेल खेल्नेछन्।

सेन्ट पिटर्सबर्ग स्टेडियम

रुसका सुन्दर मध्येको एक शहर सेण्ट पिटर्सबर्गमा रहेको यो रंगशालालाई क्रेस्टभेस्की स्टेडियम भनेर पनि चिनिन्छ। रुसी राष्ट्रपति भ्लादमिर पुटिनको गृहनगरमा रहेको यो रंगशालामा ६४ हजार २ सय ८७ दर्शक अटाउन सक्छन्।

यो रंगशालाको निर्माण लागत १ बिलियन अमेरिकी डलर लगानी रहेको यो रंगशाला विश्वकै महँगा रंगशालामध्येको एक हो।

यो रंगशालाबाट पिनल्याण्डको खाडी अवलोकन गर्न सकिन्छ। यो रंगशालामा मोरोक्को र इरानले जुन १५ मा, रुस र इजिप्टले १९ जुनमा, ब्राजिल र कोस्टारिकाले २२ जुनमा, नाइजेरिया र अर्जेन्टिनाले २६ जुनमा खेल्नेछन्। 

यस्तै, राउण्ड अफ १६ र सेमिफाइनलको खेल पनि यो रंगशालामा हुनेछ। 

इकाटेरिनबर्ग एरिना

लुज्निकी स्टेडियमभन्दा झण्डै १ हजार माइल टाढा छ, इकाटेरिनबर्ग एरेना। यो इकाटेरिनबर्ग शहरमा अवस्थित पुरानो तथा केन्द्रीय रंगशाला हो।

सन् १९५७ मा बनेको यो सोभियत युनियनकालीन रंगशालाको पुनर्निर्माण गर्न २१ करोड ५० लाख अमेरिकी डलर लागेको थियो।

सन् १९५९ मा भएको विश्व अलअराउण्ड स्पिड स्केटिङ च्याम्पियनसिपको आयोजना यहि रंगशालामा गरिएको थियो। पुनर्निर्माण अघि झण्डै २३ हजार दर्शक क्षमता रहेको यस रंगशालालाई अहिले ३५ हजार ६ सय ९६ सिट क्षमताको बनाइएको छ।

यो रंगशालामा इजिप्ट र उरुग्वेले जुन १५ मा, फ्रान्स र पेरुले जुन २१ मा, जापान र सेनेगलले जुन २४ मा र मेक्सिको र स्विडेनले जुन २७ मा खेल्नेछन्।

कालिनिन्ग्राड स्टेडियम

यो रंगशाला पश्चिममा पोल्यान्ड र पूर्वमा लिथुआनियाको भू–भागले घेरिएको छ। यो क्षेत्रको पूर्वतिर मुख्य शहर अवस्थित छ। पुनर्निर्माणपछि २५ हजारबाट ३५ हजार २ सय १२ सिट क्षमता बढाइएको यो रंगशालाको लागत खर्च ३० करोड अमेरिकी डलर बराबर रहेको छ।

यो रंगशालामा क्रोएसिया र नाइजेरियाले जुन १६ मा, सर्बिया र स्विजरल्यान्डले जुन २२ मा, स्पेन र मोरोक्कोले जुन २५ मा तथा इंग्ल्यान्ड र बेल्जियमले २८ जुनमा खेल्नेछन्।

स्पार्टक स्टेडियम

स्पार्टक रंगशाला ओटक्रिएटिए एरेनाका नामले समेत चर्चित छ। यो रंगशाला सन् २००० अघिसम्म जर्जर अवस्थामा पुगिसकेको थियो। ४३ करोड अमेरिकी डलर बराबरको लागतमा सन २०१४ सम्म यो आधुनिकीकरण भएको थियो।

यो रंगशालाको अघिल्तिर थ्रेसियन तरवारबाज स्पार्टकसको ठूलो कदको मूर्ति कुँदिएको छ।

रँगशालामा अर्जेन्टिना र आइसल्यान्डले जुन १६ मा, पोल्याण्ड र सेनेगलले जुन १९ मा, बेल्जियम र ट्युनिसियाले जुन २३ मा, ब्राजिल र सर्बियाले जुन २७ मा खेल्नेछन् भने जुलाई ३ मा राउण्ड अफ १६ को एक खेल हुनेछ। 

रोस्टोभ एरिना

डोन नदीको किनारमा रहेको यो रंगशाला सन् २०१४ मा निर्माण गरिएको हो। बगिरहेको नदीको आकृतिमा निर्माण गरिएको यसको छतले सबैको ध्यान तान्ने अनुमान गरिएको छ। यहाँबाट दक्षिण पश्चिममा रहेको रुसको ठूलो शहर सजिलै देख्न सकिन्छ।

४५ हजार १ सय ४५ जना दर्शक अट्ने यस रंगशाला निर्माण गर्न ३३ करोड अमेरिकी डलर लागेको थियो।

यो रंगशालामा ब्राजिल र स्विजरल्यान्डले जुन १७ मा, उरुग्वे र साउदी अरेबियाले जुन २० मा, दक्षिण कोरिया र मेक्सिकोले २३ जुनमा, आइसल्यान्ड र क्रोएसियाले २६ जुनमा खेल्नेछन् भने जुलाई २ तारिखमा राउण्ड अफ १६ को एक खेल हुनेछ।

समारा एरिना

भोल्गा नदीको किनारमा रहेको यस रंगशालालाई कसमस एरेनाको नामबाट समेत सम्बोधन गरिन्छ। समारा तत्कालीन सोभियत संघको अन्तरिक्ष अभियानको उद्गमस्थल पनि हो। तुलानात्मक रूपमा अन्य स्थानमा भन्दा यहाँ रंगशाला निर्माण असहज बनेको थियो।

यसपटकको विश्वकपका लागि ढिलो निर्माण भएका रंगशाला मध्ये यो पनि एक हो। जसको निर्माण यसै वर्ष मात्र सकिएको हो। ४४ हजार ८ सय ७ सिट क्षमता रहेको यो रंगशालाको कुल निर्माण लागत ३२ करोड अमेरिकी डलर हो।

यो रंगशालामा कोस्टारिका र सर्बियाले जुन १७ मा, डेनमार्क र अस्ट्रेलियाले जुन २१ मा, उरुग्वे र रसियाले जुन २५ मा, सेनेगल र कोलम्बियाले जुन २८ मा खेल्नेछन भने जुलाई २ मा राउन्ड अफ १६ र जुलाई ७ मा क्वार्टरफाइनलका एक एक खेल हुनेछन्।

मोर्डाेभिया एरिना

विश्वकप आयोजना हुने शहरमध्येकै सानो शहर सारनस्कमा रहेको यो रंगशाला सन् २०१० मा निर्माण थालिएको र यसै बर्षमात्र निर्माण सम्पन्न भएको रंगशाला हो। इन्सार नदीको छेउमा अवस्थित ओभल आकार रहेको ५ तले यो रंगशालाको बेसमेन्ट दुई तला छ।

४४ हजार ४ सय ४२ दर्शक सिट क्षमता रहेको यो रंगशालाको निर्माण लागत ३० करोड अमेरिकी डलर छ।

यो रंगशालामा पेरु र डेनमार्कले जुन १६ मा, कोलम्बिया र जापानले जुन १९ मा, इरान र पोर्चुगलले जुन २५ मा र पानामा र ट्युनिसियाले जुन २८ मा खेल्नेछन्।

भोल्गोग्राड एरिना

यो रंगशाला रुसको भोल्गोग्राड शहरमा छ। जुन शहर रुसको कम विकसित शहर मध्येमा पर्दछ। सन् १९५८ मा नै निर्माण गरिएको यस रंगशालाको पुनर्निर्माण यसै वर्ष गरिएको हो। यो रंगशाला पुनर्निर्माण गर्ने क्रममा स्टालिनग्राडको युद्धताका विस्फोट नभएका बमहरू पनि भेटिएका थिए।

५५ हजार ६८ सिट क्षमताको यो रंगशालाको कुल लागत २८ करोड अमेरिकी डलर बराबर छ।

यो रंगशालामा ट्युनिसिया र इंग्ल्याण्डले जुन १८ मा, नाइजेरिया र आइसल्यान्डले जुन २२ मा, साउदी अरेबिया र इजिप्टले जुन २५ मा र जापान र पोल्यान्डले जुन २८ मा खेल्नेछन्। 


प्रकाशित मिति: आइतबार, जेठ २७, २०७५  १५:०६
#WorldCup2018 #RussiaFootball #FIFA #Stadiums
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप WORLD CUP
राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते भोलिदेखि
राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते भोलिदेखि 2079-5-23
फिफा पूर्वअध्यक्ष ब्लाटर र उपाध्यक्ष प्लाटिनीलाई सफाइ
फिफा पूर्वअध्यक्ष ब्लाटर र उपाध्यक्ष प्लाटिनीलाई सफाइ 2079-3-24
फर्नान्डिन्हो ब्राजिलियन क्लबमा अनुबन्धित
फर्नान्डिन्हो ब्राजिलियन क्लबमा अनुबन्धित 2079-3-14
लिभरपुलले जित्यो एफए कपको उपाधि
लिभरपुलले जित्यो एफए कपको उपाधि 2079-02-1
४६ वर्षीय विश्वकप विजेता साइमन्डको निधन
४६ वर्षीय विश्वकप विजेता साइमन्डको निधन 2079-02-1
टोकियो ओलम्पिक : सुटिङमा कल्पनाको राष्ट्रिय कीर्तिमान
टोकियो ओलम्पिक : सुटिङमा कल्पनाको राष्ट्रिय कीर्तिमान 2078-4-9
टोकियो ओलम्पिकः दक्षिण एसियाका २० राष्ट्रले जिते पदक
टोकियो ओलम्पिकः दक्षिण एसियाका २० राष्ट्रले जिते पदक 2078-4-9
Navodit College Navodit College
ताजा समाचार
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित खेलकुद मञ्‍च
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि खेलकुद मञ्‍च
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल खेलकुद मञ्‍च
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य खेलकुद मञ्‍च
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने
अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने
खेलाडीसहित १० सदस्यीय कराते टोली चीन जाने
खेलाडीसहित १० सदस्यीय कराते टोली चीन जाने
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
भक्त राना स्मृति चेसको तयारी
भक्त राना स्मृति चेसको तयारी
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट आइतबार, भदौ २२, २०८२
बिहानी कपको उपाधि सिद्धेश्वरलाई
बिहानी कपको उपाधि सिद्धेश्वरलाई आइतबार, भदौ २२, २०८२
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक 
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक  आइतबार, भदौ २२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्