काठमाडाैं, २७ जेठ – पायनीयर स्कुलका अंकीत भुजेल र स्नेहा बुढाथोकीले १४औं अन्नपूर्ण कप स्कुल चेस प्रतियोगिताको यु–१० स्पर्धाको उपाधि जितेका छन्।
शनिबार सम्पन्न ६ चरणको प्रतियोगितामा यी दुवैले ५.५ अंक जोडेका हुन्। छात्र स्पर्धामा अंकीत बराबर ५.५ अंक जोडेका दिपज्योती स्कुलका जसिम मिया दोश्रो तथा ५ अंक जोडेका बिन्ध्यबासीनीका जिवन बराइलीले तेश्रो स्थान प्राप्त गरेका छन्।
५ अंक नै प्राप्त गरेका निसर्ग बाटीकाका अनुष्ण गौतम चौथो भए। यसैगरी, बिन्ध्यबासीनीका निजोन डंगोल, तिलिङटार माबीका रुपक बजगाइ, पायनीयरका निराजन कटवाल,लोक आदर्शका सुहान प्रधान, दिपज्योतीका बिरबल घर्ती मगर र अन्नपूर्णका शिशिर खड्का शिर्ष १० मा समेटिएका छन्।
छात्रा स्पर्धामा ५ अंक भएकी बिन्ध्यबासीनीकी निरिसा मगर दोश्रो तथा तिलिङटारकी सलिना तामाङ तेश्रो भएकी छन्। ख्वप्रीङकी प्रीज्मा प्रजापती, पुष्पसदनकी सिवानी रिजाल, ख्वप्रीङकी अन्सुदील प्रजापती, बिन्ध्यबासीनीकी रोसनी तामाङ, अन्नपूर्णकी रिया श्रेष्ठ, पुष्पसदनकी सबनम रिजाल र लोक आदर्शका सुरक्षा अर्याल शिर्ष १०मा परेका छन्।
प्रतियोगिता अन्तरगत खुला तर्फ अन्नपूर्णा दिपेन्द्र गमाल, प्रसन्न विक्रम कुर्वर र प्रबेश लामाले ५ अंक सहित अग्रता कायम गरेका छन्। यी तीनै खेलाडीको ५ चरणको समाप्तीमा ५ अंक छ।
यसैगरी, छात्र यु–१२ मा त्रीज्योतीका सम्पूर्णराज न्यौपाने र लोक आदर्शका बुद्ध करण पण्डितको समान ५ अंक छ। छात्रा तर्फ जुगल स्कुलका प्रत्युसमान श्रेष्ठ र अन्नपूर्णका रोसरी डंगोलको समान ५ अंकसहित शीर्ष स्थानमा रहेका छन्।