एजेन्सी, २७ जेठ – समग्र विश्व नै अहिले फुटबलमय भएको छ, जस्को कारण हो फुटबलको महाकुम्भ विश्वकप २०१८। नेेपाली मिति अनुसार जेठ ३१ गतेबाट शुरु हुने विश्वकपले संसारलार्इ नै एकै ठाउँमा समेटेको छ।
यस्तै नेपालमा पनि भित्री सडकहरुदेखि चोक–चोकमा अर्जेन्टिना, ब्राजिल, स्पेन, पोर्चुगललगायतका राष्ट्रका जर्सी लगाएर हिँड्ने मानिसहरु प्रशस्तै देखिन थालेका छन्। रूसको अायोजनामा हुन लागेको विश्वकप फुटबल २०१८मा सहभागी हुने राष्ट्रहरुमध्ये केही रुस पुगिसकेका छन्। त्यस्तै, केही राष्ट्रहरु अभ्यास स्वरुप मैत्रिपूर्ण खेलमा व्यस्त रहेका छन्।
यसैबीच, शनिबार राति सम्पन्न मैत्रिपूर्ण खेलहरुमा अजरवैजान, अस्ट्रेलिया, मोरक्को, फिनल्याण्ड, सर्विया, डेनमार्क र स्पेन विजयी भएका छन्। त्यस्तै, फ्रान्स र अमेरिका तथा स्वीडेन र पेरू बराबरीमा रोकिएका छन्।
विश्वकप २०१८ दाबेदारको रुपमा हेरिएको स्पेनले शनिबार राति भएको खेलमा ट्युनिशियालार्इ पराजित गरेको छ। स्पेनको जितमा इयागो अासपासले गरेको गोल निर्णायक बनेको हो।
शुरुवाती ११ मा नपरेका अासपास खेलको ७६अाैं मिनेटमा जोर्डी अल्बाको स्थानमा मैदान प्रवेश गरेका थिए। निर्धारित समयको खेल सकिन ५ मिनेटबाँकी हुँदा डिएगो कोस्टाको पासलार्इ पोष्टको दिशा देखाउँदै अासपासले स्पनेका लागि निर्णायक गोल गरेका हुन्।
शनिबार राति सम्पन्न अन्य खेलहरुमा अजरवैजानले लात्भियालार्इ ३–१, अस्ट्रेलियाले हंगेरीलार्इ २–१, मोरक्कोले इस्टोनियालार्इ ३–१ र फिनल्याण्डले बेलारुसलार्इ २–० गोल अन्तरले पराजित गरेको छ। त्सस्तै, अलेक्सेण्डर मिट्रोभिचको ह्याट्रिक मद्दतमा सर्वियाले बोलिभियालार्इ ५–१ गोल अन्तरले पराजित गरेको हो। त्यस्तै, डेनमार्कले मेक्सिकोलार्इ २–० गोलअन्तरले निराश पारेको हो।