Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • क्रिकेट र स्वच्छतामा जोड: पारस खड्कासँगै ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु
क्रिकेट र स्वच्छतामा जोड: पारस खड्कासँगै ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, माघ २, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडाैं । खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी जनचेतना प्रवाह गर्ने उद्देश्यले बुधबार मधेश प्रदेशमा क्रिकेट फर वास कार्यक्रमको उद्घाटन गरिएको छ।

मधेश प्रदेश खेलकुद परिषद्, जनकपुरधामको कभर्ड हलमा सम्पन्न कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालयका मन्त्री बसन्त कुमार कुशवाहा र नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका हुन्।

वेल्थङ्गरहिल्फे र सबल नेपालको साझेदारीमा सञ्चालित ‘तराई–मधेश क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण परियोजना’ अन्तर्गत महिनाव्यापी स्वास्थ्य, सामुदायिक तथा व्यक्तिगत सरसफाइ सचेतना प्रवर्द्धनका लागि क्रिकेट खेलको माध्यमबाट किशोरीहरूको सहभागिता र सामाजिक सक्रियता बढाउने उद्देश्यले तयार गरिएको खेल मार्गदर्शन पुस्तिका समेत सोही कार्यक्रममा लोकार्पण गरिएको थियो।

कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले कोभिड–१९ महामारीको समयमा स्वास्थ्य र सरसफाइप्रति हामी जति सचेत थियौँ, अहिले त्यसलाई क्रिकेटको माध्यमबाट अझ प्रभावकारी रूपमा जोडिएको उल्लेख गरे। यस पहलले विशेषगरी महिला क्रिकेट र नयाँ खेलाडीहरूलाई मार्गदर्शन गर्ने अवसर प्रदान गरेको भन्दै उनले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री बसन्त कुमार कुशवाहाले खानेपानी, सरसफाइ र स्वच्छता अभियानमा क्रिकेट खेलमार्फत युवाको सहभागिता प्रवर्द्धन गर्नु सन्देशमूलक र प्रभावकारी रहेको बताए। साथै आगामी दिनमा नेपाल क्रिकेट संघ मातहत प्रदेश तथा जिल्ला संघहरूसँग समन्वय गरी यस्ता कार्यक्रमहरू आयोजना गरिने जानकारी दिए।

प्रदेशस्तरीय उद्घाटनसँगै सिरहा जिल्लाको कर्जन्हा नगरपालिकास्थित फूलकुमारी महतो माध्यमिक विद्यालय, बन्दीपुरमा पनि कार्यक्रम औपचारिक रूपमा सञ्चालन गरिएको थियो। सो अवसरमा मार्गदर्शन पुस्तिकाको आधारमा किशोरीहरूसँग प्रदर्शनी अभ्यास खेल खेल्दै कार्यक्रमको उद्घाटन गरिएको थियो।

कार्यक्रममा सबल नेपालले मधेश प्रदेश क्रिकेट संघसँग ५ लाख रुपैयाँ बराबरको सम्झौता समेत गरेको छ। सम्झौतापत्रमा सबल नेपालका कार्यकारी निर्देशक दीपक कुमार झा र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनील महासेठले हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार क्रिकेट फर वास कार्यक्रम प्रवर्द्धन गरिने उल्लेख छ।

कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान सदस्य एवं एनपीएल गभर्निङ काउन्सिल सदस्य सुदीप शर्मा, क्यान सदस्य तथा मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठ, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डे, पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष मनिष सिंह, क्यानको राष्ट्रिय क्रिकेट टिमका छनोटकर्ता सदस्य मुर्तुजा हवारी लगायतको उपस्थिति रहेको थियो।

क्रिकेटको माध्यमबाट मधेशका किशोरीहरूले सामाजिक सचेतनामा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै प्रमुख अतिथि पारस खड्काले यस अभियानले भविष्यमा राष्ट्रिय क्रिकेट टोलीका लागि सक्षम खेलाडी उत्पादन गर्ने सम्भावना बढाउने बताए।

कार्यक्रममा मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनील महतोले यस कार्यक्रमले विशेषगरी महिला क्रिकेट प्रवर्द्धनका लागि प्रदेशस्तरीय गतिविधिहरू समेटिएको उल्लेख गर्दै मधेश प्रदेशमा महिला क्रिकेट खेलाडी उत्पादनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

क्रिकेटलाई सरसफाइसँग जोडेर यसको विकासका लागि गरिएको यस पहलका लागि सबै सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै क्यान सचिव पारस खड्काले कार्यक्रममा सहभागी किशोरीहरू भविष्यमा नेपाली राष्ट्रिय टोलीसम्म पुग्न सक्ने आत्मविश्वास बढेको बताए।

स्थानीय स्तरमै उपस्थिति जनाई युवा खेलाडीहरूलाई उत्साह प्रदान गरेकोप्रति सहभागी किशोरी तथा खेलाडीहरूले खुसी र उत्साह व्यक्त गरेका सबल नेपालका कार्यकारी निर्देशक दीपक कुमार झाले बताए।


प्रकाशित मिति: बिहीबार, माघ २, २०८२  १९:३३
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
राखेप सदस्य टमाटा सम्मानित
राखेप सदस्य टमाटा सम्मानित आइतबार, चैत १, २०८२
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि शनिबार, फागुन १६, २०८२
एलआरआई च्याम्पियन
एलआरआई च्याम्पियन शुक्रबार, फागुन १५, २०८२
जेम्स र विश्वज्ञान सेमिफाइनलमा
जेम्स र विश्वज्ञान सेमिफाइनलमा शुक्रबार, फागुन १५, २०८२
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा बिहीबार, फागुन १४, २०८२
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन बुधबार, फागुन १३, २०८२
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित मंगलबार, फागुन ५, २०८२
Navodit College Navodit College
ताजा समाचार
एचजेएनबीएल : टाईम्सको लगातार पाँचौ जित
एचजेएनबीएल : टाईम्सको लगातार पाँचौ जित खेलकुद मञ्‍च
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण खेलकुद मञ्‍च
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु खेलकुद मञ्‍च
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि खेलकुद मञ्‍च
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
मिलन, रोशनी र सामीलाई स्वर्ण
मिलन, रोशनी र सामीलाई स्वर्ण
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण शुक्रबार, चैत ६, २०८२
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने शुक्रबार, चैत ६, २०८२
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित शुक्रबार, चैत ६, २०८२
Photo Gallery
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्