सप्तरी । ‘मेरो हरेक रन, बालविवाह विरुद्धको रन’ नाराका साथ यहाँ सञ्चालित मेयरकप महिला क्रिकेट लिग प्रतियोगिताको दोश्रो संस्करको उपाधि राजविराज रोयल्सले जितेको छ ।
शनिवार स्थानीय पविमाविको खेलमैदानमा भएको फाइनल खेलमा खडक क्वीन्सलाई ५ विकेटले पराजित गर्दे राजविराज रोयल्सले उपाधि जितेको हो ।
टस जितेर व्याटिग रोजेको खडक क्वीनसले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । जसमा ममता चोधरीले ६२, टिका साहले ३७ तथा अलिसा यादवले १८ रनको योगदान दिए । बलिंग तर्फ राजविराज रोयल्सका लागि अपेक्षा यादवले २ तथा साक्षी यादव र शिवानी साहले १–१ विकेट लिए । एक आपसमा तालमेल बनाउन नसक्दा खडक क्वीन्सका तीन खेलाडी रन आउन भएका थिए ।
१ सय ३० रनको विजयी लक्ष्य लिएर मैदानमा ओर्लेको राजविराज रोयल्स ८ बल बाँकी छदै ५ विकेटको क्षतीमा लक्ष्य प्राप्त गर्न सफल भए । राजविराज रोयल्सका लागि चर्चित राष्ट्रिय खेलाडी अपसरी बेगमले ४२ बलको सामना गर्दै ११ चौका सहित सर्वधिक ६२ रनको योगदान दिए । यस्तै अपेक्षा यादवले ३३ र चाँदनी खातुनले १२ रनको योगदान दिए । बलिंग तर्फ खडक क्वीन्सकी भुमि सिंह २ तथा सुस्मिता यादव र मोनिका साहले समान १–१ विकेट लिए । एक जना खेलाडी भने रन आउट भए ।
फाइनल खेलको ओम्यान अफ द म्याच विजेता टिमकी अपसरी वेगम घोषित भईन् । प्रतियोगिता समाप्ति पछि आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीन, क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठ लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
राजविराज नगरपालिका, सवल नेपाल, सेभ द चिल्ड्रन, एमसिसी फाउन्डेशन, बेल्थ हगंर हिलफेको सहयोग तथा मधेश प्रदेश क्रिकेट संघ र सप्तरी क्रिकेट संघको प्राविधिक सहयोगमा संचालित प्रतियोागितामा राष्ट्रिय तथा प्रदेश स्तरका खेलाडी सम्मिलित ३ वटा टिमको सहभागिता रहेको थियो ।