काठमाडौं । चेल्सी वर्ल्ड स्कुलले अन्तरविद्यालय बास्केटबल र ब्रम्हकुञ्ज शिक्षा सदनले फुटसल प्रतियोगिताको उपाधि जितेको छ । चेल्सी वर्ल्ड स्कुलको आयोजनामा चौथो अन्तरविद्यालय फुटसल र बास्केटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।
गोकर्णेश्वरको अत्तरखेलमा माघ ७ गतेबाट प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा ब्रम्हकुञ्ज शिक्षा सदनले फुटसलतर्फ यु–१० र यु–१३ उमेर समूहमा चेल्सी वर्ल्ड स्कुललाई पराजित गर्दै च्याम्पियन बन्यो । निस्ट स्कुलले फेयरप्ले अवार्ड पायो ।

फाइनलमा चेल्सीका नर्बु साङबो म्यान अफ द म्याच हुँदा ब्रम्हकुञ्जका विश्वास गिरी प्रतियोगिताको उच्च स्कोरर, चेल्सीका समृद्ध कुँवर उत्कृष्ट गोलकिपर र चेल्सीकै रेयन श्रेष्ठ प्लेयर अफ द टुर्नामेन्ट बने। यु–१० मा ड्याफोडिलले फेयरप्ले पायो ।

त्यस्तै फाइभभीफाइभ बास्केटबलमा चेल्सीले चान्दबाघ स्कुललाई हराएर च्याम्पियन बन्यो । नेमोनिक स्कुल फेयर प्ले अवार्ड पायो । चेल्सीका तेन्जिङ खुसाङ शेर्पा फाइनलको म्यान अफ द म्याच बन्दा डेनिसा थापा मोस्ट भ्यालुएबल खेलाडी बनिन् ।

थ्री बाइ थ्री बास्केटबलमा भने बाल दीक्षा सदनलाई हराउँदै बौद्ध इन्टरनेशनल स्कुलले बाजी मार्यो । त्यस्तै थ्री बाइ थ्री बास्केटबलमा मिल्स बेरी स्कुलले चेल्सीलाई हराउँदै च्याम्पियन बन्यो ।

यसै गरी छात्रातर्फको बास्केटबल प्रतियोगितामा चेल्सी वर्ल्ड स्कुलले चाँदबाग स्कुललाई फाइनल खेल हराउँदै उपाधि चुमेको थियो । प्रतियोगिताको सामापनका नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरु, फुटबल प्रशिक्षक चक्र लामा, गोकर्णेश्वर नगरपालिका वडा ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ, चेल्सी वर्ल्डी प्रिन्सिपल छन्दा डोल्मा लगायतको उपस्थिति थियो ।
