एजेन्सी २५ जेठ – फुटबलको महामेला फिफा विश्वकप २०१८ शुरु हुन अब ६ दिन मात्र बाँकी छ। विश्वकप खेल्ने कतिपय राष्ट्रहरु रूस पुुगिसकेका छन्।
त्यस्तै, कतिपय तयारीमा जुटेका छन् भने, कतिपय राष्ट्रहरु तयारी स्वरुप मैत्रीपूर्ण खेलमा व्यस्त छन्। यसैक्रममा बिहीबार राति भएका मैत्रीपूर्ण खेलहरुमा इंग्ल्याण्ड, पोर्चुगल र उरुग्वे विजयी हुँदा अाइसल्याण्ड र घाना बराबरीमा रोकिएका छन्।
इंग्ल्याण्डको एलान्ड रोड स्टेडियममा भएको खेलमा घरेलु टोली इग्ल्याण्डले कोस्टारिकाविरुद्ध २–० गोल अन्तरको जीत निकालेको छ। खेलको तेह्राैं मिनेटमा मार्कोस र्यासफोर्डको गोलबाट अग्रता लिएको इंग्ल्याण्डका लागि ड्यानी विलब्याकले दोश्रो गोल गरे।
त्यस्तै, उरुग्वेले उज्वेकिस्तानलार्इ ३–० गोलअन्तरले पराजित गर्यो। उरुग्वको जितमा जर्जियान डि अारास्केटा, जुइस स्वारेज र जोसे गिमिनेजले १–१ गोल गरे।
त्यस्तै, २०१६ को युरोकप विजेता पोर्चुगलले पनि अल्जेरियालार्इ ३–० गोल अन्तरले पराजित गरेको छ। पोर्चुगलको लिस्बोन स्थित स्टाडियो डा लुज स्टेडियममा भएको खेलमा अल्जेरियाविरुद्ध हाबी रहेको पोर्चुगलले खेलको १७ अाैं मिनेटमा गोन्कालो ग्वीडेजको गोलबाट अग्रता लिएको थियो।
त्यस्तै, घरेलु टोलीका लागि दोश्रो गोल पहिलोहाफ सकिन ८ मिनेट बाँकी हुँदा ब्रुनो फर्नान्डिजले गरे। पहिलो हाफ २–० गोलअन्तरमा टुंगिएको खेलको ५५ मिनेटमा गोन्कालो ग्वीडेजले व्यक्तिगत दोश्रो गोल गर्दै पोर्चुगलको जीत सुनिश्चित गरेका हुन्।
खेल सकिए पछि पोर्चुगलका प्रशिक्षक सान्तोसले टोलीले राम्रो प्रदर्शन गरेको तर, अझै विश्वकपमा अाफूलार्इ क्षमतावान् साबित गर्नुपर्ने टिप्पणी गरेका छन्।